- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Sunday 20 March 2016

शिर्षक एक केस्रा अनेक-९

      नवज्योति नेपाली साहित्य समाजको नियमित शृङखला "शीर्षक एक, केस्रा अनेक" भाग -९ अन्तर्गत  "प्रजातन्त्र दिवस" को अवसरमा "प्रजातन्त्र दिवस" शीर्षकमा लेखिएका केस्रा सर्जकहरुको केस्राहरु.......
-नवज्योति नेपाली साहित्य समाज
~~~~~*******~~~~~~
        "प्रजातन्त्र दिवस"
समस्त  प्रजाको  भएको  छ  जित
चिताउ    सबैले   दु:खियाको   हित
भाइचारा   बढाउ    प्रेम   भावले
घृणा  भुली  खुशीमा  लगाई मित
हुनेछ   सदैब   प्रजाको   नै   जित
साटौ खुशी मानी चली आ'को रित।
- बिष्णु कार्कि
****    ****    ****
     "प्रजातन्त्र दिवस"
छोरा राष्ट्रको स्वाभिमान बचाउ
देशकै लागि ज्यान बलि चढाउ
तिम्रै रातो रगत आहुती हालि
बिरताको चिनो छातिमा सजाउ।
आफू  मरेर  पनि   देश  बचाउ
र आत्मा बल कदापी न घटाउ।।
- शिब राज बि.सि यकल यात्री
**** ****    ****
     "प्रजातन्त्र दिवस"
वीर सहिदहरूको बलिदान
पायौं स्वतन्त्र नेपाली पहिचान
प्राण अर्पेर आर्जेको प्रजातन्त्र
जोगाइ सारा नेपाली स्वाभिमान
कयौं जीवनको भयो बलिदान
सबै खुसी भए निमुखा किसान।
- तारा दिप्साली
भोजपुर ,हाल धरान।
       (सह्रानिय केस्रा)
***    ****    ***
     "प्रजातन्त्र दिवस"
तन्त्र  र  नेताको मन्त्र उस्तै-उस्तै
रोगी  देश  नरेश  सधैको   रूष्टै
थिचो मिचो प्रथा  कहिले रोकिन्छ
पाईला होस् एकताको सुस्तै-सुस्तै
जुनै  जोगी  आईनी  भाषण  उस्तै
देश नै  खोक्रो  बनाई खाने दुष्टै ।
- बिनोद सेन पाल्पाली
****   ***    ***
      "प्रजातन्त्र दिवस"
यो फाल्गुन सात हुन छाड्यो खास
आज  किन   हुँदैछ  यस्तो आभास
बलिदानले  आर्जेको  नासो  थियो
जस्को  निम्ति  दिए  सहिदले  सास
जस्को लागि  प्राण  नि भएन खास
उसैको   आज    हुँदैछ     उपहास।
- प्रीन्स याक्खा प्यासी
     संखुवासभा
हाल अफगानिस्तान।
            (सर्वोत्कृष्ट केस्रा)
****    ****    ***
       "प्रजातन्त्र दिवस"
नेपाली रगत  विरताको  खानी  
दुई हजार ७ हो सुनौलो बिहानी
पारौ साकार सहिदको सपना
जय प्रजातन्त्र देशको निशानी
राष्ट्रिय सपूत राष्ट्रको नै खानी
बसालौ देशको हित गर्ने बानी।
- बिन्दा लामा"तृष्णा"
तिनकन्या६सिन्धुली,हाल:-बिरानो मुलुक।
****    ***   ***
       "प्रजा स्वतन्त्र "
२ हजार ७ साल भए प्रजा स्वतन्त्र
जहाँनिया  हट्यो आयो राजतन्त्र
राजा हुँदा देशमा लाए शाही कु
सधैँ ओरालो लाग्यो याँ अर्थतन्त्र
हत्या हिंसा गर्न प्रजा छन् स्वतन्त्र
आए पछि नेपालमा गणतन्त्र ।
- निस्चल आँसु घायल
होक्लाबारी~३,मोरङ् ,अचेल ~ मलेशिया।
****   ****    ****
      "प्रजातन्त्र दिवस"
प्रजाको जित दुई हजार  सात
सुनौलो दिनको भा'थ्यो सुरुवात
सदुपयोग यसको गरौँ  हामी
मधेसी पहाडी नछुट्याई जात
प्रत्येक बर्षको यो फाल्गुन सात
मनाऔँ दिवस प्रजाको सौगात।
- पेम्बा डोल्मा "प्रकृति"
सिन्धुपाल्चोक ,हाल:टर्की।
****        ***         ***
     "प्रजातन्त्र दिवस"
जनाताले गरेर ठूलो लडाई
ल्याए प्रजातन्त्र ती राणा भगाई
हाम्रो खुशि हो प्रजातन्त्र दिवस
आउनु  मानौ  है  हाँसेर  रमाई
निरकुंश बिरुद्दको त्यो लडाई
गए  सहिद  हामीलाई  हँसाई।
- रमेश रसिक
निजगढ।
        (उत्कृष्ट केस्रा)
****    ***   ***
         "प्रजातन्त्र"
बहुमुखी  प्रजातन्त्र  नेपालमा
आयो सात साल देखिको चालमा
प्रजातन्त्रमा  झनै  शोषक बढ्यो
त्यसैले  आवाज  उठ्यो हालमा
जनयुद्धले     गणतन्त्र     पालमा
आयो  भन्थेँ  भ्रम  मात्रै  सवालमा।
- गोबिन्द पुन भावुक रोल्पाली
जुगार 9 जावल, रोल्पा,हाल मलेसिया।
****    ***    ***
      "प्रजातन्त्र"
प्रजातन्त्र आयो देशमा
दौडे सबै आफ्नै रेसमा
छरपस्ट भए जनता
फकिरको जस्तै भेषमा
खुशियाली थियो देशमा
आँखा लाग्यो साँचै केसमा ।
- सावित्रा लुइँटेल घिमिरे
*****    ****   ***
             "प्रजातन्त्र"
          
हाम्रै निम्ति सहिदले त्यागे सास
प्रजातन्त्र ल्याई आफू भयो लास
राणा शासन तोडि प्रजाको लागी
हार नमानी  लडि  फर्कायो बास
प्रजातन्त्र आयो  फेर्न पायौं  सास
आज पाको छौं गाँस बास कपास।
- निश्चल तामाङ "आरम्भ"
सिन्धुली तिनकन्या- ८,हाल:- प्रवास।
            (उम्दा केस्रा)
****    ****   ***
     "प्रजातन्त्र दिवस"
घर घरमा  नि  खुसी छाएकोछ
प्रजातन्त्रले नै खुसी आएकोछ
सारा नेपाली  एक  जुट भएर
लौ प्रजातन्त्रकै गीत गाएको छ
सबैतिर खुसियाली छाएकोछ
आपसी मेल मिलाप पाएकोछ !
- सिमा कार्कि
इराक।
***     ****    ****
        "प्रजातन्त्र"
केवल नारामा सिमित नहोस्
व्यबहारमा पनि युगौ बचोस्
प्रजातन्त्र यस्तो यन्त्र बनोस् कि
जसले  गर्दा  अत्याचार  हटोस्
प्रजालाई  स्वतन्त्र दिन सकोस्
सबैको पक्षमा न्याय चै गरोस्।
- आर्य आयुषा
सिन्धुपाल्चोक।
***    ***    ***
        "प्रजातन्त्र"
गुमाएर ज्यान ल्याए प्रजातन्त्र
जनताको  ऐन  सहिदको  मन्त्र
चढाए  सहिदले  प्राण  आहुति
मेटाएर राणा शासनको जन्त्र
पुनः खोस्दै छ जनताको स्वतन्त्र
उठ प्रजा मासौ राज्यको षड्यन्त्र।
- बिना पाठक।

No comments:

Post a Comment