- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Wednesday 16 March 2016

सन्दिप संग्रौला 'दिलदु:खी'

    सन्दीप संग्रौला "दिलदु:खी"जीका केस्राहरु
    "अनाथ"
त्यो बाटोमा कोही रुँदैछ
बेला बेला मुर्छा हुँदैछ
भोको नाङ्गो हेर विचरा !
जुठो पुरो खाना छुँदैछ
छ कारण र त रुँदैछ
आँसु बनी दु:ख चुँदैछ।
****   ***    ****
      "टुकी"
अँध्यारोलाई चिर्दैछ टुकी
झुपडीको बन्दै ढुकढुकी
सलेदो र तेलको साथमा
उ स्वयं चाहिँ छाँयामा लुकी
जलाउदै आफैलाई टुकी
बढ्यो अघि बाटोमा नचुकी।
****  ***   ****
      "बाध्यता"
मैले घर छोड्नाको कुरो
चुलिएर ऋणको चुचुरो
परिवार साथैमा बस्ने
यो दु:खीको छैन पुर्पुरो
सँगै हुने प्यारीको कुरो
बाध्यताले बन्यो अधुरो।
***    ****   ***
      "परीवर्तन"
शहर पसेकी गाउकी ठुली
जिन्दगीको फेरि छे काचुली
हेर अचम्म कस्तो जमाना
टाउकोमा चस्मा नाइटो फुली
किन यसरी फेरीयौ ठुली
आफ्नो संस्कृति सभ्यता भुली।
****    ****  ***
      "माया"
हजारौं मरे लाखौं घाइते
धेरैले हारे थोरैले जीते
मायामा यस्तो शक्ति हुन्छ नी !
लैला मज्नुका कति रमीते
मायाको बाण लाग्दा घाइते
बन्यो सन्दीपे गीते कवीते।
- तेह्रथुम,हाल- मलेसिया ।

No comments:

Post a Comment