मौलश्री लिम्बू जीका केस्राहरु
"निर्वाचन"
![]() |
- मौलश्री लिम्बू झापा,हाल-मलेसिया |
लु आऊ राष्ट्रको ढुकुटी सकाऔं
चुनाव गरि खुशियाली मनाऔं
हाम्रो लागि मर्ने मार्ने के कति छन्
जनता लडाई हिसाब लगाऔं
जे जसरी हुन्छ विवाद सकाऔं
नेता हामी जनतालाई खटाऔं।
२१-०९-२०१२
"संकेत"
प्रकृतिको झर्ना तेर्सो कहाँ झर्छ
बेमौसम कतै पानि कहाँ पर्छ
सत्ता शक्तिमा इशारा छैन भने
व्यर्थै संविधानसभा कहाँ सर्छ
सधैं तल्लो घरमा बिरालो झर्छ
यसरी घरको मुसा कहाँ मर्छ।
१२-०६-२०१२
"परिणाम"
बरु बाँस नुहेर भुँई छुँदा
फलिफाप होला कुकुर रुँदा
कठै ! कसरी पो जित्न सकिन्छ
घोडा ठानेर गधा दौडाउँदा
मनैले हिरा बन्छ ढुंगा छुँदा
खै के बन्ला र ! मैलो मन हुँदा।
१२-०६-२०१२
प्रकृतिको झर्ना तेर्सो कहाँ झर्छ
बेमौसम कतै पानि कहाँ पर्छ
सत्ता शक्तिमा इशारा छैन भने
व्यर्थै संविधानसभा कहाँ सर्छ
सधैं तल्लो घरमा बिरालो झर्छ
यसरी घरको मुसा कहाँ मर्छ।
१२-०६-२०१२
"परिणाम"
बरु बाँस नुहेर भुँई छुँदा
फलिफाप होला कुकुर रुँदा
कठै ! कसरी पो जित्न सकिन्छ
घोडा ठानेर गधा दौडाउँदा
मनैले हिरा बन्छ ढुंगा छुँदा
खै के बन्ला र ! मैलो मन हुँदा।
१२-०६-२०१२
"बन्द"
उस्तै उस्तै हो बन्द
लोग्ने स्वास्नीको द्वन्द
घर धन्दा नमिल्ने
भाउजू अनि नन्द
गर्छन् नेपाल बन्द
हुन्छ विकास मन्द।
२०-१२-२०११
"सिंहासन"
गुफा भित्रको खेल
हुन्छ जहिल्यै झेल
पस्ने बेलामा संधै
देखिन्छ वर्षा भेल
सिंहासनको खेल
गर्छन् ठेलमठेल।
०२-१२-२०११
"सिंहासन"
गुफा भित्रको खेल
हुन्छ जहिल्यै झेल
पस्ने बेलामा संधै
देखिन्छ वर्षा भेल
सिंहासनको खेल
गर्छन् ठेलमठेल।
०२-१२-२०११