- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Tuesday 20 November 2012

भयको मात्रा

                                भयको मात्रा



          साधाराण/जन्म दुर्घटना/मृत्युचित्र नं. ३घरमा, जहाजमा जतापनि आगो लाग्न सक्छ । आगो लागेको थाहा पाउने बित्तिकै भयको पारो उच्चतम बिन्दूमा पुग्छ । निकैबेर त्यही बसिरहन्छ । त्यस अवस्थामा मान्छे आत्तिने, चिच्याउने, कराउने गर्छन् र बुझेर वा नबुझेर निर्णय गर्ने गर्दछन् । यो निर्णयले बचाउन पनि सक्छ अथवा अकालमै मार्न पनि सक्छ । तर निकैबेर पछि भने भयको मात्रा बढनुको बदला झर्दै जान्छ र सहजताको
उपायहरू अवलम्बन गर्न थालिन्छ । सर्प देख्नासाथ वा कुनै घटना देख्नासाथ मान्छे पहिला आत्तिने र बिस्तारै सामान्य हुँदैजान्छ । निश्चित अवस्थासम्म ऊ आत्तिरहन्छ नै । त्यसपछि उसले बुझछ, आतिएर मात्र हुदैन, बुद्धिले काम लिनुपर्छ । अनि उपायहरूको खोजी गर्न थाल्छ । खासगरी संक्रामक रोग लागेको रोगी, बढदो वृद्ध अवस्थामा यो उपयोगी सिद्ध हुन सक्छ । कतिपय मान्छेहरू यस विचारमा सहमत नहुन सक्छन् र तर्क गर्न सक्छन् । आफ्नो अन्तिम अवस्था थाहा पाएपछि मान्छे झन् झन् आत्तिन सक्छ । जन्मदेखि मृत्युसम्म वा साधारण अवस्थादेखि दुर्घटनाको अवस्थासम्म भय मण्डल हुन्छ । यही मण्डलमा हामी उपाय खोजिरहेका हुन्छौ । यही भयलाई कम गर्न दर्शन, विज्ञान र धर्म लागिपरेका छन् ।
                                                              - "भयवाद"प्रवर्तक :- देश सुब्बा