- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Friday 9 November 2012

भय कसरी हुन्छ ?

                भय कसरी हुन्छ ?
 
 
 
           माथिको पहिलो चित्रमा चेतना-चेत/ज्ञान-भय देखाइएको छ । सजीव प्राणीहरूमा चेतना भइ नै रहन्छ । तर त्यो चेतनाले सम्बन्धित समस्या, रोग, विषयको बारेमा ज्ञान नभइन्जेल भय पैदा नहुँदोरहेछ । उदाहरणको लागि कसैलाई रोग लागेको छ । तर उसलाई थाहा छैन । एकदिन ऊ डाक्टरकोमा जचाउँन जाँदा डाक्टरले रोग बारेमा बताइदिएपछि उसलाई रोगको बारेमा चेत/ज्ञान हुन्छ र ऊ त्यस रोगसँग डराउन थाल्छ । यस ज्ञानसँगै
उसको व्यवहार, चालचलन सबै परिवर्तन हुन थाल्छ । उसको मात्र होइन आफन्त, साथीभाइसितको व्यवहार पनि परिवर्तन हुन थाल्छ । ज्ञान नभइन्जेल ऊ निरोगी जस्तै साथीभाइसित खानेपिउने गर्दछ, हिँड्दछ, आफन्त, साथीभाइबाट कुनै किसिमको रोकावत हुँदैन । रोगको बारेमा ज्ञान भएपछि यो गर्नु हुँदैन, त्यो गर्नु हुँदैनको बन्देज शुरु हुन थाल्दछ । रोगी आफैले पनि केही अनुशासन, नियम बनाउनु पर्ने हुन्छ । अन्यथा उसको जीवनलाई जोखिम हुन्छ । यसरी मान्छेलाई जबदेखि जीवन, मृत्यु, आफन्त, सम्पत्तिजस्ता कुराहरूको ज्ञान हुन थाल्दछ तबदेखि भय पैदा हुन थाल्दछ र जीवनलाई प्रभाव पार्दछ । हामी जन्मिने बित्तिकै यी सबै कुराको जानकार हुँदैनौ । हामी जब ठूलो हुँदैजान्छौ, चेतना बढ्दै जान्छ र ज्ञात हुँदै जान्छ तबतब हामी यी सबै विषय, समस्याहरूसित भयभीत हुँदै जान्छौ र यी भयबाट बच्न अनेकौ भूमिकाहरूमा देखा पर्र्छौ । तर भयले लखेटिरहेका छौ भनेर कम्तिले मात्र स्वीकार गर्र्छौ ।
          कुनै मान्छेलाई डाक्टरले उसको रोगको कारणले "तीन महिनाको मात्र समय छ" भनेर बतायो र माया मार्‍यो । यस तीन महिनाको अवधिमा चिकित्सा विज्ञानले माया मार्‍यो भने कसले, कसरी उसलाई यस अवधिमा व्यवहार गर्ने ! यहाँ डाक्टरहरू मौन हुन्छन् । डाक्टरको मौनताको अवस्थामा उसको सबैभन्दा
नजिकको सहयोगी मनोविश्लेषक हुन सक्दछ । तर ऊसँग यही विचारले, यही औषधिले उपचार गर्ने भन्ने हुँदैन । यस्तो अवस्थामा भयवाद नै उपयुक्त विचार हो । यो रोगजस्तै जीवनको, मृत्युको बारेमा पनि उपचार हुन सक्दैन । ती उपचारविहिन अवस्थामा भयवाद नै विचार हुन सक्दछ । यस्ता घटनाहरू अनेकौ छन् जस्तै भूकम्पले घर भत्किन्दै गरेको अवस्था, हवाइजहाज, पानीजहाज डुब्दै गरेको अवस्था, उपचार हुन नसक्ने महामारी फैलिएको अवस्था, कुनै अप्रिय घटना हुन लागेको अवस्था, युद्ध घोषणा भैसकेको अवस्था, हत्या, हिंसा, आत्महत्या, आमहत्या र आतङ्कको अवस्थामा यो विचार उपयोगीसिद्ध हुन सक्दछ ।
         तल्लोचित्रमा पाँच इन्द्रियहरू देखाइएको छ । यी इन्द्रियहरूका आ-आफ्नै चेतना छन् । उदाहरणको लागि शरीरको कोषहरूको आफ्नै चेतना भएकोले नै बाहिरका किटाणुहरूसित युद्ध गर्दछ । त्यस्तै आँखाको नानी प्रकाश अनुसार सानोठूलो हुने गर्दछ । ती चेतनालाई केन्द्रिय चेतनाले नियन्त्रण, निर्देशन गरिरहेका हुदैनन् । त्यसैले हामी वेहोस भएको अवस्था, सुतेको अवस्था, पागल भएको अवस्थामा पनि हाम्रा इन्द्रियहरूको चेतना सक्रिय भएको हुन्छ । इन्द्रियबाट पैदा हुने चेतना गुणात्मक हुन्छन् र ती चेतनाले ज्ञात गरेपछि भय हुन्छ । हामीले बाटोमा हिँड्दाहिँड्दै र्सप देख्यौ, खाडल देख्यौ भने हाम्रा सबै चेतनाहरू सक्रिय हुन्छन् । सबै चेतना सक्रिय हुँदा कहिलेकहीँ हामी निर्णय विहिन हुन्छौ र अक्कनबक्क भएर उभिन्छौ । यो बेला निर्णय जे पनि हुन सक्दछ । त्यो यति सुक्ष्म हुन्छ कि हामी थाहा पाउन सक्दैनौ र जब हाम्रो चेत फर्किन्छ हामी भाग्न खोज्छौ, र्सप मार्न खोज्छौ, या कुनै उपाय निकाल्दछौ ।
         यस्तो किसिमको भय प्रत्येक पल हुन्छ हामीलाई । यो यति सुक्ष्म हुन्छ कि नापोहरूमा सजिलै बताउन सकिन्दैन । जीवनको बारेमा, मृत्युको बारेमा, कुनै घटनाको बारेमा । त्यसैले यी अवस्थाहरूमा भयवादले नै जीवनलाई सहज बनाउन मद्दत पुर्‍याउँछ ।
र्सप डोरीको भ्रम
        मान्छे अँध्यारोमा डोरीलाई र्सप देखेर तर्सिन्छ । यो एउटा भ्रम हो । यो डोरी हो भनेर थाहा नपाइन्जेल र्सप नै भैरहन्छ । यस्तो खाले र्सपडोरीको भ्रम एउटा सजिलो उदाहरण हो । यो उदाहरण जहाँसुकै रुपान्तर भएर लागू हुन सक्छ । हामी जुत्ता लगाउँछौ । लुगा लगाउँछौ । गहना लगाउँछौ । उच्चनीज जातिका हुन्छौ । यी सबै एक अर्थमा र्सपडोरीको भ्रम हो । अन्धविस्वास, रुढिवादी, पुराण, महाभारत, रामायण, उपनिषदजस्ता प्रसिद्ध ग्रन्थहरूले बनाएको अवास्तविक तस्बीर सबै र्सप डोरी हुन् । भूतप्रेत पिसाच, चुडैल सबै र्सपडोरी हुन् । यी डोरीलाई डोरीको रूपमा लिन नसकिन्जेल सबै र्सप नै भएर हामीलाई डसिरहेको हुन्छ । हामीलाई यही अन्धविस्वास, रुढिवादीले डसिरहेको छ र हामी पनि र्सपले डसेको भ्रममा छौ । वास्तवमा ती सबै डोरी हुन् । वास्तविक र्सप आफैले भेटियो भने डस्छ वा हामी डस्छौ त्यो अर्कै कुरा हो । तर यस्ता डोरीर्सपको मण्डलले हामी घेरिएका छौ । यो त र्सपडोरी भन्दा पनि डोरी नै हो भन्ने कुरा हामीलाई थाहा छ । तरपनि हामी डोरी भन्न सकिरहेका छैनौ । यस डोरीर्सपले मान्छेहरूलाई डसिरहेको छ । यो भ्रमबाट समाजलाई निकाल्नुछ । अवास्तविक र्सपहरूको जताततै बिकबिकी छ । आणविक हतियार, आस्थाका केन्द्र, आधुनिक कालका केन्द्रहरू, वास्तवमा एउटा एउटा र्सपडोरी हुन् ।
       शंका, भ्रम धेरै प्रकारको हुन्छ । सबै शंका, भ्रमले समान रूपमा तर्सन्छ भन्ने होइन । तर्सन चाहिँ सबैले तर्सन्छ धेरैथोरै । फेरि यसमा मान्छेको विवेकशीलता, सहन गर्ने क्षमता, चेतनाको मात्राले पनि फरक पार्दछ । उदाहरणको लागि डोरीलाई र्सप देखेर सबै मान्छे समान रूपमा तर्सिन्दैनन् । कसैले नियालेर हेर्दछ र्सप हो कि होइन भनेर । कसैले हेर्न चाहान्दैन । कसैको आत्मविस्वासले डोरी नै हो भन्ने निष्कर्षनिकाल्दछ । कसैलाई अँध्यारोमा र्सप आउँछ भन्ने शंका हुँदैन । र्सप भएपनि त्यति सजिलै आउँदैन भन्ने लाग्छ । डोरीर्सपको भ्रम, शंका घरभित्र हाम्रो परिवारमा हुन सक्दछ । श्रीमान, श्रीमतीको शंका, भ्रम, साथीभाइको शंका, भ्रम, यस्तै शंका, भ्रम हुन् । यस्ता शंका, भ्रमले हामीलाई सधैँ तसाइरहेको हुन्छ । त्यो शंका, भ्रम वा डोरीलाई डोरी भन्न सक्यौं भने धेरै समस्याको समाधान निस्किन सक्छ ।
      डोरीलाई डोरी नै भन्न कति र्सप भएर आए, कति डोरी भएर । त्यसैले भयवाद, र्सप भएर आयो या डोरी भएर आयो । जे भएरपनि भयवाद र्सप र डोरी देखाउन आएको छ । अब प्रश्न बन्छ र्सप देखिनु राम्रो कि डोरी - दुवै नदेख्न राम्रो हो । यसले हामीलाई भय लाग्दैन । हामी बाटोमा निर्धक्कसँग हिँड्न सक्छौ । हाम्रो विचार हिँड्न डोरीर्सप वा र्सपर्सपले दिँदैन । र्सप देखिनु वास्तविक हो । र्सप देखेपछि भ्रम हो भन्न सक्दैनौ । तर डोरीलाई र्सप देख्नुले र्सपले पारेको प्रभावजस्तै हामीलाई प्रभाव पारेको हुन्छ । यस अवस्थामा भय कम गर्न गरिने क्रिया नै भयवाद हो ।
प्रवर्तक:- देश सुब्बा