महादेव अधिकारी जीका केस्राहरु
![]() |
- महादेव अधिकारी काठमान्डौ,हाल- यु.ए.ई. |
"उपहार"
कुलुलुलु गर्ने जलधार
प्रणयले सज्जा उपहार
रसछन्द मीठो प्रकृतिको
प्रलयका धारा वारपार
नदनदी झर्ना जलधार
चेतनानै पार्ने सुविचार।
कुलुलुलु गर्ने जलधार
प्रणयले सज्जा उपहार
रसछन्द मीठो प्रकृतिको
प्रलयका धारा वारपार
नदनदी झर्ना जलधार
चेतनानै पार्ने सुविचार।
०९-११-२०१२
"सौदामिनी"
हाँस्छिन् खितिति आनन्दमा
बोल्छिन् खररर छन्दमा
छर्दै छर्छर सौदामिनी
मोहनी रजनी गन्धमा
लठ्ठ परेर आनन्दमा
परेर बिलखबन्दमा।
हाँस्छिन् खितिति आनन्दमा
बोल्छिन् खररर छन्दमा
छर्दै छर्छर सौदामिनी
मोहनी रजनी गन्धमा
लठ्ठ परेर आनन्दमा
परेर बिलखबन्दमा।
०५-११-२०१२
"वैंशमा"
उर्लेको बैँस सबैमा बाँडी
ब्रेक विनाको गुडेझै गाडी
बैँसको आगो दन्किए पछि
डढाई दिन्छ जीवनको झाडी
हिंड्नु हुँदैन बैँस यो बाँडी
नहिड कहिले बाटो छाडी।
०४-११-२०१२
"चेतना"
मर्दा नलाने के काम धन
लाली दलेको नखोज तन
ईर्ष्या विद्धेष्को बिउ नछर
विस्वासघाती नहोस मन
गरीब मारा भएछ धन
डढेर जान्छ जीवन वन।
"वर्तमान"
परेवा खाने आयो है बाज
क्रूरता तिर बढ्यो समाज
मित्रताको नै जरा काटेर
माथिजान खोज्छ मान्छे आज
हुदैछ नि मान्छे फूर्तीबाज
खोज्दछ मीठो गर्दैन काज।
०३-११-२०१२ क्रूरता तिर बढ्यो समाज
मित्रताको नै जरा काटेर
माथिजान खोज्छ मान्छे आज
हुदैछ नि मान्छे फूर्तीबाज
खोज्दछ मीठो गर्दैन काज।
"परिवर्तन"
राणा गए काँग्रेस आए
जनमनमा थोरै छाए
भ्रष्टाचार झनै बढाए
मिल्नेसम्म आफैले खाए
पञ्चे फ्याकेर दल आए
मनपरि पो गर्न पाए।
"क्रान्ति"
खुर्पा खुकुरी बोकी भाला
मास्न भनेर मनका काला
जनसागर उर्ली आयो
भ्रष्टहरूको काढ्न छाला
छोडे वीचैमा खुर्पा भाला
मिली सबैले देशै खाला।
"हाम्रो शान"
हराउँदै गयो हाम्रो शान
सधैभरि लिदा लिदा दान
मेटौँ चाँडै गरिबीको रेखा
रटौँ सबैले राष्ट्रिय गान
जोगाई राखौँ सबैले शान
नराखौँ मनमा अभिमान।
"राजनीतिमा"
हत्या र हिँसा, खै त घटेको
भेद र भाव, किन न हटेको
शैतानी पन, बढो मान्छेमा
धनको मात्र, मन्त्र रटेको
विस्वास आस्था, पूरै घटेको
विधान ल्याउन,खै त डटेको।
०२-११-२०१२
"वारपार गर"
आँखाले त देख्छ कान पर्छ भर
बनाउ छ नेता आफ्नै मात्र घर
संविधान अब बन्ला बन्ला भनि
धेरै कुर्यौ अब वार पार गर
जनताले पर्नु कति तिम्रो भर
शान्ति भन्दा अरू के नै खोज्या छ र!
३१-१०-२०१२