- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Wednesday 16 October 2013

दस्तावेज:-अध्याय-क [भाग-२]

  ''केस्रा'' विधाको आन्तरिक तथा आधारभूत पक्ष 
                                                    [पृष्ठ ४३-४६]
        साहित्यका अन्य विधाहरु झैँ ‘केस्रा’मा पनि अन्तरिक पक्षहरुलाई विशेष ध्यान दिएर लेख्नु पर्दछ।बाह्य संरचनालाई आधार मानेर लेखिएका सबै रचना केस्रा हुन सक्दैन।एक पूर्णता केस्रामा बृहद विषयको आभाष दिलाएर त्यसको एक पक्षलाई सूक्ष्म,सांकेतिक र प्रभावकारी निष्कर्षका साथ लेखिएको हुन्छ।एक पक्षको सङ्कुचित वर्णन भए तापनि उक्त अभिव्यत्तिले सर्जक वा पाठकको दिल-दिमागमा सचेतता,जागृति साथै गम्भिरताको प्रभाव दिने गर्दछ ।
क) पक्षगत दृष्टिकोण:-
        सामान्य भाषामा केस्रा भन्नाले कुनै पनि फलको पोटि अथवा खण्ड अथवा भाग हो।साहित्यमा पनि केस्रा भन्नाले कुनै विषय वस्तुको एक खण्ड वा भाग नै हो।जसरि सुन्तलालाई केलाउदा केस्रा बन्छ, केस्रामा विभाजित भएर पनि सुन्तलाको गुण,विशेषता आदि मै निहित हुन्छ।यो तितो,टर्रो,अमिलो कदापि हुँदैन।यसको परिमाणमा भने फरक हुने गर्दछ।सुन्तला पूर्ण हो भने केस्रा त्यसको सानो अंश हो।यसरि नै साहित्यमा पनि कुनै एक विषयको बहुरूप वा
भाव हुने गर्दछ।जस्तै:- 'माया''विषयमा विभिन्न मानवीय संवेदना तथा संवेगहरुको अनेक अनुभूति हुने गर्दछ।जस्तो:- माया+सुखानुभूति/माया+घृणा/ माया+शंका/ माया+त्याग/माया+उत्साह आदि यी ''माया'' विषय वस्तुको विभिन्न पक्षहरु हुन्,केस्रा सर्जकहरुले ''माया'' विषयमा कुन पक्षमा लेख्ने हो,त्यो पक्षलाई तय गरेर त्यसैलाई प्राथमिकता दिएर लेख्नु पर्दछ।यहाँ हामीले बुझ्नु पर्ने के हो भने कुनै पनि फलको स्वाद प्रत्येक केस्रामा एउटा नै हुन्छ, तर साहित्य सृजनामा एउटा विषयमा विभिन्न केस्रा वा पक्ष वा भाव हुन्छन र अनेक स्वादमा,यसलाई हामीले एक विषय वस्तुको अनेक स्वाद मध्ये कुन एक स्वादमा लेख्ने भनेर निराकरण गरेर लेख्नु पर्दछ।सर्वप्रथम कुन विषयमा लेख्न लागिएको हो त्यसको विभिन्न पक्षलाई पहिचान गरि ति मध्ये एक पक्षलाई ज्यादा प्राथमिकता दिएर लेख्नु पर्दछ।
ख)लय,शैली तथा प्रस्तुति:- 
       पद्ध्य साहित्यमा अनुप्रासको उच्चारणले पनि स्व:स्फुर्त लय उत्पन्न हुने गर्दछ।निश्चित तोकिएको छंद वा बहरमा मात्रा तथा गणहरुलाई समायोजन गरि लयलाई प्रभावकारी बनाउनु पर्दछ। यसो गर्दा प्रत्येक छन्दलाई पृथक लयमा प्रस्तुत गर्दछ।''केस्रा''मा ''अलङ्कार केस्रा'' बाहेक अन्य ''केस्रा''को प्रकार तथा संरचनामा छन्द निर्माणको अनिवार्यता छैन।यसले गर्दा 'केस्रा''को लय केस्रा सर्जक मै निहित हुने गर्दछ।साथै अल्पविश्राम तथा अर्धविश्रामको अनिवार्यता नभएकोले लेखिएका प्रत्येक ''केस्रा''हरुमा एकै किसिमको लय अथवा एउटा ‘केस्रा’मा हरफपिच्छे अनेक लय पनि हुन सक्दछ। यसर्थ लयमा भन्दा भाव पक्ष,लेखन शैली तथा प्रस्तुतिको प्रमुख महत्व रहन्छ। कुनै-कुनै प्रत्येक हरफहरु अनुप्रासको प्रयोग भए तापनि प्रस्तुतिमा संवाद,उपदेश,सल्लाह आदिको आभाष मिल्न सक्छ।जसरि कुनै परिच्छेदको एक वाक्य उच्चारण गर्दा त्यहाँ विधागत लय हुँदैन,त्यसरी नै ‘केस्रा’को हरफ पनि वाक्य झैँ स्वतन्त्र रहन सक्छ।अनुप्रासको प्रयोगले हरफहरुलाई सुसज्जित बनाउनुको साथै भावलाई एक पक्षमा केन्द्रित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्दछ।यसले सर्जकलाई मुख्य भावको जडसम्म पुर्याउन वाध्य गराउदछ।थोरै पनि होशियारी नअपनाउने हो भने अनुप्रासले प्रत्येक हरफलाई विकेन्द्रित भावमा फैलाएर ‘केस्रा’को मूल मर्मलाई नै विचलित बनाई दिन्छ।यस्तो अवस्थाबाट सजग रहन सर्जकले आफ्नो लेखन शैलीमार्फत भावलाई एक रुपतामा बदल्न गर्न सक्नु पर्दछ ।त्यसैले ''केस्रा'' रचना गर्दा जहिल्यै विषय वस्तुको कुनै एक पक्षको सुक्ष्मतालाई पहिचान गरेर वैचारिक भावसंगतमा आफ्नै लेखन शैलीमा उजागर गर्नु पर्दछ।यद्ध्यपि शब्दको सिलसिलेवारलाई वेवास्ता गरेर वाचनमा विचलन गराई असहज बनाउनु हुँदैन।
ग) विषय वस्तुको समयसीमा:- 
       साहित्यमा विषयवस्तुहरु असीमित हुन्छन् । एउटा विषयउपर सबैको आ-आफ्नै तर्क-वितर्क,अन्दाज हुने गर्दछ।साहित्यकारहरुले कुनै एक विषयलाई आफ्नै ढंग,शैली र नयाँपनमा प्रस्तुत तथा अभिव्यक्त गर्दछ।जो विल्कुल फरक हुने गर्दछ।''केस्रा''मा पनि कुनै विषयवस्तुको बन्देज छैन,यध्यपि हामीले लोकपाच्य र मान्य हुने विषयवस्तुको छनौट गरि सभ्य भाषामा सिर्जना गर्नु पर्दछ।
      'केस्रा''मा सामान्यतय: विषयवस्तुको एक पक्ष वा संवेग लेखिनु पर्ने भएता पनि उल्लेख वा महशुस दिलाउनु पर्ने अवश्था वा समय एक मात्र नभई अनेक पनि हुन सक्छ।एउटा ''केस्रा''मा एउटा अवश्था वा समयको मात्र उल्लेख वा आभाष दिलाउनु पर्छ भन्ने अनिवार्य छैन।अवश्था वा समयको तुलना गरेर पनि लेख्न सकिन्छ तर हामीले कुन पक्ष वा सन्दर्भमा लेखिएको हो त्यसलाई कदापि दुई सन्दर्भमा विभाजन गर्नु हुदैन।''केस्रा'को एक अवश्था वा समयको एक पक्ष वा संवेगमा लेखि त्यहि 'केस्रा'को अन्य हरफमा अर्को पक्ष वा संवेगको उति कै महत्व दिएर लेख्नु हुदैन।जस्तै:- कसैले आफुलाई धेरै समय पहिले उपहार दिएको थियो र भर्खर दोश्रो वा उसै व्यक्तिले पुन: उपहार दिंदा आफुलाई हुने संवेग वा महशुस लगभग एकै हुने गर्दछ।त्यस्तै परीक्षाको नतिजा आउन अघि हामी विभिन्न मानसिक तनावले गुज्रने गर्दछौ।पास वा फेल,त्यस पछि के गर्ने..? आदि,यस्तो अवश्थाको बारेमा पनि एक पक्षलाई केन्द्र बनाएर लेख्नु पर्दछ।हामीले केहि प्राप्त गर्न लागेको अवश्थामा हुने कल्पना वा सोचाई अनि प्राप्त भईसकेको नतिजामाबाट हुने सुल्टो वा उल्टो,सन्तुष्टि वा असन्तुष्टिको उल्लेख एउटा 'केस्रा''मा लेख्न सक्छौ।यी अवश्थाहरु भनेको हामीलाई कसैले दिन लागेको वस्तु वा फल हुन जसको बारेमा हामी अनभिज्ञ हुन सक्छौ।यो बखत हामी सकारात्मक वा नकारात्मक पनि सोच्न सक्छौ अनि प्राप्त वा उपभोग गर्दा उल्टो नतिजा पनि हुन सक्छ।यस्तो सन्दर्भ वा अवश्था भनेको अपवाद हुन, किन भने यहाँ एउटा संवेग वा अवश्थाको उल्लेखले सम्भव नहुन पनि सक्छ,र पनि ''केस्रा'मा एक पक्षलाई केन्द्र मानेर लेखिएको आभाष दिलाउनु पर्दछ।
घ) "अंशात्मक'' शिल्प:- 
       साहित्य कलामा शिल्पको एक निश्चित परिभाषा छैन।यसको अवधारणा बारेमा मतमतान्तर रहेकोछ। कुनै पनि रचना अध्ययन गर्दा वा लेख्दा कहिँ दोष नभेटी आत्मसन्तुष्टि मिल्नुका साथै ति रचनाको रचनात्मक पक्ष,लेखन ,शैली,बाह्य संरचना,शब्दहरुको संगठनात्मक ढांचा आदिको समष्टिलाई उक्त रचना वा विधाको शिल्प हो भनि बुझ्न सक्छौ।यसर्थ कुनै पनि रचनाको सम्पूर्ण अंग-पक्षसंगै शिल्प सांकेतिक रुपमा प्रकट भएको हुन्छ।रचनाको सूक्ष्म अध्ययनमा शिल्पलाई पहिचान गर्न सक्छौ।
       प्रत्येक साहित्य विधाहरुमा एक तत्व प्रधान हुने गर्छ।जसले गर्दा विषयवस्तु एक भएता पनि प्रस्तुति,शैली,स्वाद आदि फरक हुन्छ।गीत,कविता,गजल कुनै कथ्यमा आधारित भए पनि यिनीहरुको प्रमुख तत्व भनेको लय तथा छंद हो।नाटकमा कहानी भएता पनि संवाद प्रमुख हो।त्यस्तै कथामा कथ्यविस्तार,लघुकथामा लघुता,निबन्धमा वैचारिकता,आदि प्रमुख तत्व हो।''केस्रा''मा कथ्य,आंशिक लय भएता पनि कुनै एक विषय वस्तुको विविध पक्षलाई पहिचान गरि कुनै एक पक्ष वा अंशलाई प्राथमिकता दिएर कुनै एक रसमा कलात्मक भई उजागर गरिएको हुन्छ। यसर्थ ‘केस्रा’ सृजनामा हुने यहि कौशल नै “'अंशात्मक'' शिल्प हो। कुनै पनि 'केस्रा'लाई कथ्य,संवाद वा लयमा लेखिएता पनि कुनै विषयवस्तुको मिश्रित पक्ष वा संवेगहरुको सम्पूर्ण विस्तार भएकोछ भने सो रचना 'केस्रा'हुन सक्दैन।बरु वैचारिकतामा एक पक्ष वा विषयवस्तुको कुनै एक खण्ड वा अंशको सविस्तार भएमा त्यो नै प्रभावकारी 'केस्रा' हुनेछ।साहित्यमा मानवीय संवेदना तथा संवेगहरुलाई खण्ड वा अंशमा विभाजित गरेर लेख्नु असान्दर्भिक ठहर्ला तर यथार्थ जीवनमा यी फरक संवेदना तथा संवेगको परिस्थितिमा छुटा-छुट्टै महत्व रहेको हुन्छ।खुशीको क्षणमा कोहि दु:खि हुदैनन्,दु:खको क्षणमा कोहि खुशी हुँदैनन्।त्यस्तै कौतुहलताको बखत सामान्य,आश्चर्यको बेला उमंग,हास्यको बेला आश्चर्य हुँदैनन् । यद्ध्यपी यी संवेगहरुबीच आपसमा सामिप्य रहेको हुन्छ।'केस्रा' यीनै संवेदना तथा संवेगको ''अंशात्मक''अवश्थालाई उजागर गर्दै लेखिन्छ।यो नै 'केस्रा'को प्रमुख तत्व तथा ''शिल्प''हो।
[दस्तावेजको पछिल्लो अंक अध्ययन गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ]

No comments:

Post a Comment