भक्ति प्रसाद पौड्याल जीका केस्राहरु
'प्रकृति-प्रेम'
घामको लाली सल्किँन्छ
पातको शीत टल्किन्छ
मोतीको दाना जस्तो छ
सानीको आँखा पल्किन्छ
जब यो बानी सल्किन्छ
प्रकृति प्रेम झल्किन्छ ।
०१-०९-२०१३
'सन्तुष्टि'
थाकेपछि ढुङ्गामा नि निद्रा पर्छ
भोकाएसी गुन्द्रुकैले मन हर्छ
फुर्सदमा निराशा र कुरा धेरै
भोक निद्रा टाढा-टाढा हुने गर्छ
जिन्दगी यो जिउन नि जान्नुपर्छ
मिहिनेती मान्छेले नै झोला भर्छ।
२८-०६-२०१३
'भ्रातृत्व'
छोड्नुपर्छ जयपराजय
बल्ल जान्छ मुटुबाट भय
अजम्मरी कोही छैन यहाँ
हार-जीत किन गर्ने तय
भनौ बरु 'जिन्दगीको जय'
अनि होला आयु बीसासय।
२६-०६-२०१३
“ स्वार्थी रुझान”
फक्रन्छ रूप र गुलाब जहाँ
भमरा मोहनी लाउँछ त्यहाँ
पुजाको बहाना फूलको बली
पुजारी देखिन्छ सन्तुष्ट वहाँ
मालीको पसिना बहन्छ जहाँ
बढ्दछ चाहना रोकिन्छ कहाँ।
२०-०६-२०१३
[दृष्टान्त:- भक्ति प्रसाद पौड्याल जीका प्रकाशित पछिल्लो केस्राहरु अध्ययन गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ]
![]() |
भक्ति प्रसाद पौड्याल मोरंग ,नेपाल |
'प्रकृति-प्रेम'
घामको लाली सल्किँन्छ
पातको शीत टल्किन्छ
मोतीको दाना जस्तो छ
सानीको आँखा पल्किन्छ
जब यो बानी सल्किन्छ
प्रकृति प्रेम झल्किन्छ ।
०१-०९-२०१३
'सन्तुष्टि'
थाकेपछि ढुङ्गामा नि निद्रा पर्छ
भोकाएसी गुन्द्रुकैले मन हर्छ
फुर्सदमा निराशा र कुरा धेरै
भोक निद्रा टाढा-टाढा हुने गर्छ
जिन्दगी यो जिउन नि जान्नुपर्छ
मिहिनेती मान्छेले नै झोला भर्छ।
२८-०६-२०१३
'भ्रातृत्व'
छोड्नुपर्छ जयपराजय
बल्ल जान्छ मुटुबाट भय
अजम्मरी कोही छैन यहाँ
हार-जीत किन गर्ने तय
भनौ बरु 'जिन्दगीको जय'
अनि होला आयु बीसासय।
२६-०६-२०१३
“ स्वार्थी रुझान”
फक्रन्छ रूप र गुलाब जहाँ
भमरा मोहनी लाउँछ त्यहाँ
पुजाको बहाना फूलको बली
पुजारी देखिन्छ सन्तुष्ट वहाँ
मालीको पसिना बहन्छ जहाँ
बढ्दछ चाहना रोकिन्छ कहाँ।
२०-०६-२०१३
[दृष्टान्त:- भक्ति प्रसाद पौड्याल जीका प्रकाशित पछिल्लो केस्राहरु अध्ययन गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ]
No comments:
Post a Comment