![]() |
- रोमन पीडा पांचथर,हाल:- रेगिस्तान |
'बेरोजगारी'
देशका युवा सबै बेरोजगारी
जानु पर्ने भो सधै सिमानापारी
देशमा विकाश उन्नति नहुदाँ
मुग्लान पसे हजुर मायामारी
देश- जनता सब बेरोजगारी
कति बस्नु यै मरुभूमि चहारी।
[दृष्टान्त:- प्रयुक्त केस्रामा बाह्र लिपि चिन्हको प्रयोग गरि लेखिएको छ।पहिलो अनुप्रास > बेरोजगारी= गारी>ग+आ+री,/'स्वर उच्चारण = "आरी" को आधारमा "अल्पश्रुति अनुप्रास"= गारी/पारी/मारी/हारी मुख्य अनुप्रास उच्चारण हुन् ।]
'अनाथ'
कोही छ न त परिवार
जिउदै छु म अन्धकार
केही छैन गाउँ समाज
बाबा आमा र घरबार
अनाथ एक्लो परिवार
एक्लै हुन्छु सदाबहार ।
१८-०९-२०१३
"भाग्यरेखा"
भावीको लेखा मेटेर मेटिन्न
सुनौलो भाग्य लेखेर लेखिन्न
भगवानले लेखी दियो त्यही
भोग्नु पर्छ हामीले नै विभिन्न
जन्मदा छैटीको लेखा मेटिन्न
हत्केलाले भाग्यरेखा छेकिन्न।
[दृष्टान्त:- प्रयुक्त केस्रामा एघार लिपि चिन्हको प्रयोग गरि लेखिएको छ।अनुप्रास शब्दहरुको अन्तिम व्यंजन वर्ण बाहेक अघिल्ला लिपि चिन्हहरु अलग-अलग रहे पनि स्वर वर्ण "एइन्न" एउटै छन्।यसर्थ यस अनुप्रासलाई "स्वरश्रुति अनुप्रास भनिन्छ।
"निष्ठरी"
अर्कैसगँ गयौ भेटेर
धनाढय उनैलाई ,देखेर
पलपल पाए बेदना
गयौ मुटुमाथि टेकेर
सुखी सुन्दरता भेटेर
कोमल हृदय ,चेतेर।
"एकात्मक"
यहाँ कस्तो कानुन आयो
निर्धाले नै कासन पायो
आखेरी हुने कै राज्य भो
नहुनेमा सन्नाटा छायो
सत्तामा राष्ट्रघाति आयो
एकात्मक शासन लायो।
[दृष्टान्त:- रोमन पीडा जीका पुरानो केस्राहरु अध्ययन गर्नका लागि यहाँ क्लिक गर्नु होस् ]

No comments:
Post a Comment