- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Monday 7 October 2013

दस्तावेज [अध्याय:-क भाग-१]

    ‘केस्रा’ विधाको बाह्य तथा आधारभूत पक्ष:  
           [पृष्ठ:-४६-५०]

संरचना पक्ष:
      ''केस्रा' विधाको बाह्य संरचनालाई सतहीमा राखेर अपव्याख्या गरिने हो भने गजल,मुक्तक/रुबाइसंग सादृश्य गरि खण्डन गरिनु स्वाभाविक नै हो।पध्य ,गध्यसंग आख्यान साहित्यबीचको सम्बन्ध अनमेल छ तर पध्य साहित्य विधाहरुबीचको केहि संरचना अवश्य मेल भएको हुन्छ।साथै आख्यान साहित्य विधाहरुबीचको सम्बन्ध पनि निकट रहेको हुन्छ।पद्ध्य साहित्य विधा अन्तर्गत रहेको ''केस्रा'' पनि यहि विषय-सम्बन्धबाट अछुतो छैन।गजल,मुक्तक/रुबाइ को संरचनासँग केहि मेल हुन गएकोले 'केस्रा''को संरचना,शैली/प्रस्तुती,शिल्प,मान्यताहरु साथै भावको उजागरलाई गम्भीर भएर निराकरण गर्न सर्जक/स्रष्टाहरु चुकिरहेकाछन् ।गजलको संरचना [क क/अ क/अ क/अ क..] मुक्तक/रुबाइको संरचना [क
क/अ क ] गीतको [क क/अ अ/क क/अ अ/क क ]रहेको हुन्छ भने केस्राको संरचना [क क/अ क/क क] रहेको हुन्छअन्य विधाहरु एक-अर्काको संरचनामा थोरै अन्तर भए तापनि विषय वस्तुको अभिव्यक्ति वा उजागर पक्ष लगभग एकै ढंगले हुने गर्दछ तर केस्रामा प्रयुक्त विधाहरु भन्दा भिन्न मान्यतामा अभिव्यक्त गरिएको हुन्छ
    सामान्यतय: ''केस्रा''को बाह्य संरचनाको भ्रममा रदिफविहिन ''गैरमुद्धरफ'' गजल वा रदिफलाई कफियाको अघिल्तिर प्रयोग गरेर संरचनागतमा भिन्न बनाउन खोजिएको जस्तो लाग्न सक्छ।चार शेरको गजललाई तीन शेरमा झारेर रदिफलाई हटाउने वा अघिल्तिर राखे तथा मतलाको मिसरा-ए-उलामा प्रयोग भएको 'काफिया'लाई पाँचौ हरफमा दोहोर्याए ''केस्रा'' भो भन्ने संकुचित भ्रममा रुमलिन सकिन्छ ।मानौ '''केस्रा''लाई विकृत ढंगले प्रतिपादन गरिएको ठान्न सकिन्छ।केहिहदसम्म ''केस्रा''को बाह्य संरचनाले पुष्टी गराएको भान हुनु स्वाभाविक नै होला तर  ''केस्रा'' यी भ्रमहरुको मान्यता र आसपासमा रहेर लेख्न कदापि सकिंदैन।यसो गरिए सरासर केस्राको मर्मसंगत हुने छैन।जसरी कथा र लघुकथा,उपन्यास र लघु उपन्यास,नियात्रा र यात्रा संस्मरण आदि बीचको अन्तर छ गजल र ''केस्रा''लाई पनि यसरी लिन सक्नुपर्दछ।कथा वृहत विषय वस्तुमा लेखिन्छ लघुकथा सुक्ष्म सारमा''केस्रा'' पनि सुक्ष्म विषयवस्तुको आधारमा वा केन्द्रित भएर लेखिनुपर्छ।जस्तो:- वर्षायाममा पानि पर्नु,खेत जोत्नु,धान रोप्नु,गोड्नु,पाकेपछि काट्नु यी सबैको भावार्थ गजलमा समेट्न सकिन्छ,तर ''केस्रा'मा यी मध्ये एक खण्ड वा अंशलाई मात्र विषय बनाएर लेख्नु पर्दछ।पानि पर्दा के भो..? = मकै भाँचिएको थिएन सबै बिग्रिने भो वा बिग्रिनेछ,वा बिग्रियो,या धानको विऊ राख्न पाईयो।त्यस्तै खेत जोत्दा कस्तो अनुभूति भो..? वा धान रोप्दा के सम्म भो..? आदि ।त्यस्तै कम्पनीमा वा कुनै क्षेत्रमा काम गर्ने कामदार वा श्रमिक उक्त काममा निपूर्ण भएपछि सो काम बारे पुन: सम्झाईरहनु पर्दैन।यो दैनिकी काममा कुनै क्षण सजिलो हुन्छ कुनै क्षण अप्ठ्यारो,वा खुशी वा पीडा पनि हुन् सक्छ।यी संवेगहरु मध्ये कुनै एक संवेगको अनुभूति ''केस्रा''मा हुनु पर्छ।वर्तमान देशको प्रमुख विषयहरु संविधान लेखन,सेना समायोजन,शान्ति प्रक्रिया आदि ''सरकार'' विषयको ''केस्रा'' हुन्।सरकार विषयमा यी मध्ये एक पक्षमा  जोड दिई  भाव खुल्ने गरि ''केस्रा'' लेखिनुपर्छ।यदि ''सेना'' समायोजन विषय भए सेनाको योग्यता वा वर्किकरण वा सम्मानजनक समायोजन,रोजगार प्रदान,राहत वितरण आदि यी मध्ये एक पक्ष या खण्डमा ''केस्रा'' लेखिनु पर्छ।''केस्रा''मा दूई विषय वा खण्ड कदापि हुनै सक्दैन ।किनकि ''केस्रा'' कुनै पनि सम्पूर्ण विषय वा फलको कुनै एक खण्ड हो।त्यसको स्वाद तीतो वा मीठो वा अमिलो आदि एक मात्र हुन्छ।समिश्रण कदापि हुँदैन। मतलब 'केस्रा'मा खडारस वा बैजनी रंगहरुको समिश्रण हुनु हुँदैन।

क) शिर्षक:- केस्रा विधाका लागि शिर्षक आधारभूत तत्व हो।विषय वस्तुको चयनसंगै शिर्षकको प्रमुख भूमिका रहन्छ।सकेसम्म छोटो,प्रभावकारी,सांकेतिक भावमा वा ‘विश्राम’को भावलाई प्रतिनिधित्व गर्न सक्ने शिर्षक छनौट गर्नु पर्दछ।शिर्षक एक विषय वस्तुको समष्टि रुप हो भने हरफहरु उक्त विषय वस्तुको प्रमुख एक पक्षको उद्गार हो।एक विषयमा केन्द्रित रहेर त्यसका विविध पक्ष वा मानवीय संवेगको पहिचान गरि सिर्जना गर्नु पर्ने भएकोले ‘केस्रा’ मा शिर्षकको अनिवार्यता छ।     
ख) हरफ समायोजन:- 'केस्रा''को प्रचलित संरचना र मान्यतामा रहेर लेखिने निश्चित '' हरफको सृजना ''केस्रा'' होकारणवश वा संरचनालाई हेरफेर गरेर लेखिएमा ती ''ढाँचा केस्रा'' हुनप्रचलित '' हरफलाई तीन हिस्सामा समायोजन गरिएकोछपहिलो दुई हरफको समायोजनलाई ''उठान'',दोश्रो समायोजनलाई ''विश्राम'' र तेश्रो समायोजनलाई ''बैठान'' भनिन्छसामान्यतय:''केस्रा''को यो बाह्य स्वरूप हो
     विषयसँग प्रत्येक हरफहरु एक-अर्कामा परिपूरक हुनु पर्दछ र समायोजन गरिएका तीनै हिस्साहरु एकै विषयसंग सम्बन्धित हुनु पर्दछपहिलो हरफको जिज्ञासालाई दोश्रो हरफले  अनिवार्य निरुपण गरिरहनु पर्दैन बरु ''उठान''ले उजागर गरेको विषयलाई ''विश्राम''ले अनिवार्य खुलासा गर्नु पर्दछ र ''बैठान''ले सो विषयको निराकरण तथा आफ्नो तार्किक निष्कर्ष दिनु पर्दछ''उठान''ले विषयवस्तुलाई उद् घाटन गरि ‘बैठान’मा खुलासा हुने भावलाई केन्द्र मानेर निष्कर्ष दिनु पर्ने भएकोले ''बैठान''को पहिलो हरफमा ''उठान''को पहिलो ''अनुप्रास''अनिवार्य दोहोर्याउनु पर्दछ''केस्रा''लाई वजनदार वा प्रभावकारी बनाउनका लागि ''बैठान''लाई सकेसम्म कौतूहलता,सूक्ष्मदृष्टि,सांकेतिक तथा वैचारिक ढंगले टुंग्याउनु पर्दछ
ग) अनुप्रास पुर्नावृति:- सामान्यतया: कुनै पनि यात्रामा विश्राम हुने गर्दछ,त्यो विश्राम गन्तव्य हुन् सक्दैन।त्यसपछि हुने यात्रा टुंगोमा पुग्दछ,त्यो नै बैठान वा समाप्त हो। केस्राको उठानले विषय वस्तुको उजागर वा प्रकाश पार्दछ, त्यसतै विश्रामले विषय वस्तुको पक्षलाई खुलासा वा निश्चितता गर्दछ र बैठानमा खुलासा वा निश्चितता को निरुपणसंगै लेखकले वैचारिकता व्यक्त गर्दछ।यसर्थ कुनै पनि वस्तुको चाह तथा प्राप्ति उठान हो,उपभोग तथा समाप्ति विश्राम हो,वस्तुको उपभोग पछि स्वत:समाप्त हुन्छ नै समाप्त भएता पनि उक्त वस्तुको लगाव रहेको हुन्छ या भनौ पुर्नविचार गरिन्छ,कि सो वस्तु फेरी प्राप्त होस् या कहिल्यै नहोस् त्यो नै बैठान वा समाप्त हो।यस्तै श्रमिक तथा बनियारहरुले अतिरिक्त समयमा धेरै कामलाई थोरै समयमा फत्ते गरि ज्यादा पारिश्रमिक लिन चाहन्छ।यदि सो कामबाट उसलाई फाइदा भएमा उ पुन:काम गर्न चाह राख्दछ  तथा सोच तयार गर्छ। कारणवश बेफाईदा भएमा उ त्यो कामलाई वर्जित गर्ने सोच तयार गर्दछ, या भनौ कामको समाप्ति पछि पनि सो काम उप्रान्त गर्ने वा नगर्ने भन्ने सोच तयार हुन्छ र निराकरण पनि गर्दछ ।यसर्थ ''केस्रा''मा ''उठान'' कै विषय वस्तुलाई केन्द्र मानेर निष्कर्ष दिनु पर्ने भएकोले उठानको पहिलो अनुप्रास बैठानको पहिलो हरफमा अनिवार्य "अनुप्रास पुर्नावृति" हुनुपर्दछ।
घ) निपातको प्रयोग:-  नेपाली भाषामा निपात शब्दको स्वतन्त्र अस्तित्व रहेकोछ।यसको परिभाषामा मतमतान्तर भएता पनि साधारण बोलीचाली र साहित्यिक भाषामा बढी प्रयोग हुने गर्छ।संस्कृतमा कुनै पनि शब्दको अघिल्लतिर जोडिएर बेग्लै अर्थ बुझाउने "उपसर्ग" शब्दलाई "निपात" भनिएता पनि नेपाली भाषामा यसको प्रयोग वाक्यको अघिल्लातिर या पछिल्लतिर मात्र हुने गर्दछ। कुनै पनि वाक्यलाई सरल,सरस र मीठास भरि अर्थवान बनाई वाक्यलाई नै बान्किला बनाईदिन्छ। प्राय:छुटै अर्थ नलाग्ने र एक्लो रुपमा प्रयोग नहुने "निपात" शब्दको आफ्नै विशेषता छ।सामान्यतय: भाषाको प्रयोग र आकारको दृष्टिले यो दुई प्रकारको हुन्छ।
१)एकाक्षरी निपात:- अँ,,उँ,,कि,,नि,पो,,रे,लौ,हँ,है आदि। 
) दुई अक्षरी निपात:-अरे,क्यारे,कुन्नि,बरु,बाबै,हगि,हाउ, आदि।
     केस्रामा भावना भन्दा विचार प्रधान हुने भएकोले लयको अनुपातमा लाक्षणिक अभिव्यक्ति ज्यादा उजागर हुने गर्छ। निपातको स्वतन्त्र अर्थ नहुने भएकोले केस्राको कुनै पनि हरफको भावलाई विकेन्द्रित गर्दैन। यसर्थ निपात शब्दलाई हरफको अघिल्लातिर वा पछिल्लतिर जहाँ पनि प्रयोग गर्न सकिन्छ।अन्य शब्दको अक्षर तथा वर्णको जसरि नै "निपात" शब्दको अक्षर तथा वर्ण अनिवार्य गणना गर्नु पर्दछ। यदि अनुप्रासको पछिल्लतिर राखिएमा यस्तो केस्रालाई "आवृति केस्रा" भनिन्छ। ‘निपात’ प्रयोग भएको केस्राको संरचनालाई नियाल्दा गजलको ‘रदिफ’ त्यस्तै गीत,मुक्तक/रुबाइ को अन्त्यानुप्राससंग मेल भए जस्तो देखिन्छ तर ति अन्त्यानुप्रास अर्थसंगत र अर्थपूर्ण शब्द राखिएको हुन्छअन्त्यानुप्रासले हरेक हरफमा विषय वस्तुको एक-एक पक्षलाई निष्कर्षमा पुर्याएको हुन्छयसको समाधान वा निराकरण एक भावमा तटस्थ रहन सक्दैन‘केस्रा’मा यस्तो अर्थपूर्ण शब्दको प्रयोग गरि अन्त्यानुप्रास राखिने हो भने विषय वस्तुको वैचारिक निराकरण गरिए तापनि एक भाव वा रसमा दर्शाउन कदापि सकिंदैनयसर्थ अन्त्यानुप्रासको प्रयोग विल्कुल गरिंदैन 
 
          केस्रा र विज्ञान प्रविधि

             हामीले रचिने वा लेखिने जति पनि साहित्यका विषयवस्तुहरु कुनै पनि नौला विषयवस्तु चाहिं हुँदैनन् ।प्राय: यी सबै विषयहरु कुनै न कुनै विधामा लेखि सकिएका छन् ।फरक यति हो हामीले उक्त विषयवस्तुलाई कस्तो शैलीमा,कुन विधाका लागि,कसरी लेख्ने,त्यसमा आफ्नोपन र नयाँपनको प्रयोग कसरी गर्ने सोचमा बिम्ब साथै प्रतीकलाई पनि उल्टै-पुल्टाई चलाखीपूर्ण भई लेख्ने गर्छौ।यध्यपि विज्ञान तथा प्रविधिको खोज-अनुसन्धानबाट हुने आविष्कारले साहित्यको लागि नौलो विषयवस्तुको प्रादुर्भाव गराउदछ।जसलाई कुशल साहित्यकारले थपक्क टिपेर पाठकहरु माझ नौलो स्वाद पस्कन्छ।अन्तत यो नै प्रभावकारी बन्छ।जति पनि आविष्कार भएका वस्तु वा सामानहरु छन् ति सबै बलियो,चुस्त,छिटो-छरितो साथै आकारगत रुपमा पनि सानो हुने गर्छन।यतिबाट पनि सन्तुष्ट नभएर ति वस्तु वा सामानलाई अझ सुक्ष्म रुपमा बदल्न प्रयत्न गर्छन।वास्तवमा ति पुरातन होईनन रै पनि त्यसबाट विल्कुल नयाँ वस्तुको निर्माण हुने गर्दछन र सफल पनि भईरहेका छन्।एक किसिमले साहित्यको विकासक्रमलाई पनि प्रभाव पारिरहेको हुन्छ।यसर्थ नै कतिपय अवश्थामा यी संगै बदलिँदो समयको माग र वातावरणको प्रभावले पनि साहित्यका विधाहरुको परिकल्पना हुने गर्दछ।''केस्रा'' पनि यी सन्दर्भबाट कदाचित अलग छैन।कुनै एक अनुसन्धान वा विषयवस्तुको सुक्ष्म,छोटो,छरितो,चोटिलो रुप बन्नलाई नै केस्रा विधा प्रतिपादन भएको हो।
[दस्तावेजको पछिल्लो अंक अध्ययन गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ]

No comments:

Post a Comment