- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Monday 6 February 2012

भक्ति प्र.पौड्याल

   भक्ति प्रसाद पौड्याल जीका केस्राहरु
 
        ‎"प्रणयपीडा"
-भक्ति प्रसाद पौड्याल
मोरंग
पीडा छ छातीमा ओठमा हाँसो
कसरी साँचू म महँगो नासो

उसको बाटोमा बिच्छ्याएँ आँखा
मन भाग्यो जोसँग छैन चासो

उसैलाई सुम्पन साँचेको हाँसो
बन्ने पो हो कि यो गलाको पासो /

                       29-01-012
                 [प्रारम्भिक उत्तरार्द्धमा लेखिएको केस्रा ]
   
 " अवमूल्य"
समयको बाटो छेक्दा
आफ्नै मात्र भाग्य लेख्दा

अरुलाई निर्बल ठानी 
आफ्नो मात्र शक्ति पेल्दा   

बग्छौ होला बाढी छेक्दा
पैतालाले आगो मेट्दा /
                12-01-012
         [प्रारम्भिक उत्तरार्द्धमा लेखिएको केस्रा ]

   "जिउँदो लाश"

घिटीघिटी छ सास
अझै आउने आश

उनकै लागि थामेको
मेरो जिउँदो लाश

कस्तो जिद्धि छ सास
लाग्छ केहि छ खास /
०३-०१-२०१२
             [प्रारम्भिक उत्तरार्द्धमा लेखिएको केस्रा ]

      
   "प्रिती"


झरेको आँशु रोकिन्न
नभरी बह पोखिन्न

उसैको प्रित साँचे थें
जुठो भो मुटु जोडिन्न

सम्झना अझै रोकिन्न
छोपेर मन छोपिन्न
०३-०१-२०१२
        [प्रारम्भिक उत्तरार्द्धमा लेखिएको केस्रा ]
          
    "सेवक"
 
उनैको म सेवा गरेरै बसें
पराधिन जीवन भएरै फसें 

न आफ्नो न सन्तानको निम्ति भो
म सामन्तको दास झैँ नै खसें

विना अर्थ जीवन गुजारी बसें
गरुन के ! अँध्यारो गुफामा पसें /
                    30-12-011
               [ प्रारम्भिक चरणमा लेखिएको केस्रा ]