पराजीत राम जीका केस्राहरु.....
"बिदाई"
कठै बाबा रुँदै
अश्रुधारा धुँदै
दिनु भो बिदाई
माथ मेरो छुँदै
भन्थे रुँदै रुँदै
हुन्न भेट ज्यूँदै /
15-01-012
15-01-012
[प्रारम्भिक उत्तरार्द्धमा लेखिएको केस्रा ]
"बलिदान"
काटीयोस् बरु शिर
नमाने आमा पीर
निस्किएँ लडाईंमा
मैदान होस् या भीर
झुक्दैन अब शिर
सहन्छु भाला तीर /
02-01-012
02-01-012
[प्रारम्भिक उत्तरार्द्धमा लेखिएको केस्रा ]
"युद्ध"
चल्न थाल्यो गोली
बन्द भयो बोली
रगतले कठै
भिज्यो तिम्रो चोली
बर्साउदै गोली
कति खेल्छौ होली /
21-12-011
21-12-011
[ प्रारम्भिक चरणमा लेखिएको केस्रा ]
- काभ्रे पलान्चोक,हाल- कतार
No comments:
Post a Comment