भक्ति प्रसाद पौड्याल जीका केस्राहरु
"प्रणयपीडा"
![]() |
-भक्ति प्रसाद पौड्याल मोरंग |
कसरी साँचू म महँगो नासो
उसको बाटोमा बिच्छ्याएँ आँखा
मन भाग्यो जोसँग छैन चासो
उसैलाई सुम्पन साँचेको हाँसो
बन्ने पो हो कि यो गलाको पासो /
29-01-012
[प्रारम्भिक उत्तरार्द्धमा लेखिएको केस्रा ]
" अवमूल्य"
समयको बाटो छेक्दा
आफ्नै मात्र भाग्य लेख्दा
अरुलाई निर्बल ठानी
आफ्नो मात्र शक्ति पेल्दा
बग्छौ होला बाढी छेक्दा
पैतालाले आगो मेट्दा /
12-01-012
[प्रारम्भिक उत्तरार्द्धमा लेखिएको केस्रा ]
12-01-012
[प्रारम्भिक उत्तरार्द्धमा लेखिएको केस्रा ]
"जिउँदो लाश"
घिटीघिटी छ सास
अझै आउने आश
उनकै लागि थामेको
मेरो जिउँदो लाश
कस्तो जिद्धि छ सास
लाग्छ केहि छ खास /
०३-०१-२०१२
[प्रारम्भिक उत्तरार्द्धमा लेखिएको केस्रा ]
"प्रिती"
झरेको आँशु रोकिन्न
नभरी बह पोखिन्न
उसैको प्रित साँचे थें
जुठो भो मुटु जोडिन्न
सम्झना अझै रोकिन्न
छोपेर मन छोपिन्न

"सेवक"
उनैको म सेवा गरेरै बसें
पराधिन जीवन भएरै फसें
न आफ्नो न सन्तानको निम्ति भो
म सामन्तको दास झैँ नै खसें
विना अर्थ जीवन गुजारी बसें
गरुन के ! अँध्यारो गुफामा पसें /
30-12-011
[ प्रारम्भिक चरणमा लेखिएको केस्रा ]
30-12-011
[ प्रारम्भिक चरणमा लेखिएको केस्रा ]