- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।
Showing posts with label केस्रा-गतिविधि. Show all posts
Showing posts with label केस्रा-गतिविधि. Show all posts

Tuesday, 5 January 2016

केस्रा चौथो वार्षिकोत्सब-2016

      "केस्रा विधाको चौथो वार्षिकोत्सव"
     केस्रा विधाको चौथो वार्षिकोत्सब कार्यक्रम अन्तर्गत पहिलो चरणको कार्यक्रम "प्रथम अन्तर्राष्ट्रिय केस्रा सङ्गोष्ठी एवम् विविध कार्यक्रम" झिलझिले झापाको सतासी साप्ताहिक पत्रीकाको कार्यलयमा 1 जनवरी 2016 मा सम्पन्न भएको छ।
* सभापति(केस्रा प्रवर्तक)- मौलश्री लिम्बू , प्रमुख अतिथि (केस्रा सल्लाहकार)- भक्तीप्रसाद पौडेल -मोरङ,विशेष अतिथी केस्रासर्जक- डा. विजय लिङ्देन,अतिथीहरु:- मुक्तिनाथ शर्मा - दार्जिलिङ,भारत,असफल गौतम -पोखरा,कास्की,रेगिस्तानी कवि तिर्थसंगम राई,समीर पारखी -पाँचथर।
* वक्ताहरु:- सेलिङ केसि,विराट किराँती,सुन्दर कुरुप,कृष्ण उदासी।
* कार्यक्रम संचालक:- इक्शाहाङ चेम्जोङ
* स्वागत मन्तव्य:- चन्द्रा चाम्लिङ
* कार्यक्रम सहयोगी:- राई रुमानी,विजय दंगाल,उर्मिला राई,कोपिला गौतम,सुरन्जन घिमिरे,सागर तबेबुङ।
* केस्रा विधामा दत्तचित्त भै लागि परिरहनु हुने दस जना केस्रासर्जकहरुलाई प्रशंसा-पत्र:-

Friday, 27 November 2015

केस्रा प्रतियोगिता-२०१५

  "अनलाईन केस्रा प्रतियोगिता सम्पन्न"
"गरेर कलमी मनहरुलाई सलाम,
साहित्य बिधामा एक नयाँ आयाम"
       भन्ने मुल नाराका साथ आउन लागेको केस्रा विधाको चौथो वाषिर्कोत्सव (१ जनवरी २०१६) को अवसरलाई मध्यनजर गर्दै साहित्यिक चौतारी फेसबूक पेजमा ऐतिहासिक बृहत् केस्रा लेखन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ। ।
    आइतबार सम्पन्न बृहत केस्रा लेखन कार्यक्रममा विभिन्न देशबाट १०० बढी सर्जकहरु सहभागी भै १२००

Saturday, 21 November 2015

केस्रा लेखन कार्यक्रम

             बृहत केस्रा लेखन कार्यक्रम   
      साहित्यका विकास र विस्तारमा हरबखत लागि पर्ने यस गरौवशाली समूह "साहित्यिक चौतारी" ले आफ्ना  स्थापनाको शुरुवाती चरणदेखि विविध सृजना माथि छलफल र बहस दैनिक रुपमा सञ्चालन संगसँगै बेलाबेलामा बृहत् कार्यक्रमहरु गर्दै आएको कुरा सर्वविदितै छ। यस अगाडि बृहत् साँस्कृतिक कार्यक्रम र समुहगत सहभागिता शुरुवाती बृहत समसामयिक मुक्तक दोहोरी सम्पन्न गरीसकेको परीप्रेक्षमा हामी अबको चरणमा नेपाली साहित्यमा नवजात शिशुको अवस्थामा रहेको केस्रा विधाको पहिलो अनलाइन

Monday, 29 December 2014

समाचार:- विजय धिमाल

    दिलिपको सिम्मा मलेसियामा विमोचन हुँदै

विजय धिमाल
उर्लावारी पौष १०
       हामी नेपाली प्राकृतिक, संस्कार, सास्कृतिकले मात्रै धनि छैनौ, हामी साहित्य विधा प्रति पनि उतिकै धनि छौ । साहित्य भित्र पर्ने कथा, कविता, गजल, मुत्तक, गीत, हाइकु जस्ता अनेकौँ हरेक साहित्यिक रचनाहरु लयबद्धध पढ्दा र सुन्दा अति आनन्द महसुस पक्कै हुनेगर्दछ र हुनु स्वाभाविक हो ।
        भन्छन् यस्ता लेख्ले व्यक्तिहरु वा साहित्यकारहरु धुम्रपान गर्ने, मध्यपान गर्ने, दुःख, दर्द, र प्रेमबाट धोका खाएकाहरुले लेख्ने गर्दछ । वास्तविक कुरा केहो ? साहित्यकारहरुलाई सोध्दा र उनिहरुसंग बुझ्दा त्यस्तो नभएको बताउछन । साहित्य विधा जो कोहिले पनि अंगाल्न सक्छन तर यस्को पनि नियम छ । साहित्यको नियम अंगालेर कलम चलाए जो कोहि पनि साहित्यकार बन्न सक्छ । साहित्यले यति सम्मकी मानवको अन्तरवेदना प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा छर्लङ प्रस्तुत गरिहेको हुन्छ । यतिमात्र कहाँहोर प्रकृति, राजनिति, सामाजिक, जाति, भाषा, संस्कार, संस्कृति, विकृति, विसंगति, बैदेशिक रोजगार, माया प्रिति, समसामयिक लगायत अनेकौँ कुराहरुमा मानव प्रति सुचना, संन्देश, मनोरञ्जन, होसियारी, खबरदारी जस्ता कुराहरु दिइरहेको हुन्छ । दिलिप द्वारा रचित र लिखित पुस्तक साहित्य पे्रमिहरु प्रति केस्रा संग्रह “सिम्मा” नामक पुस्तक प्रकाशनमा ल्याएका छन ।
       त्यस्तै बुवा धनबाहादुर आमा विष्णुमाय राई (चाम्लिङ) का छोरो दिलिप राई सगर साहित्य भित्र नयाँ विधा केस्रामा लागिपरेका छन् । उनि यस विधाका प्रवक्ता समेत हुन । उनको जन्म भोजपुरको लेखर्क ३ वैराङ भएता पनि हाल स्थाई रुपमा मोरङको उर्लावारी ४ मा बसोवास रहेको छ । मध्यम परिवारका उनि जिवन यापनको क्रममा वैदेशिक रोजगारमा रहेर पनि फुर्सदको साँघुरो समयको सदुपयोग गरेर नेपाली साहित्य प्रति कलम निरन्तर चलाएको पाइन्छ । उनिले स्वदेश तथा विदेश गरी जम्मा ९ वटा विविध संघसस्थामा रहेर काम गरिसकेका छन । त्यसतै स्वदेश तथा विदेश गरी जम्मा १० ठाउँबाट पुरस्कृत, ४ प्रसंशित, ११ सम्मान हत्याई सकेका छन । हाल सम्म ३ वटा पुस्तक सम्पादन समेत गरिसकेका छन । त्यस्तै हाल केस्रा लेखन मञ्च प्रवर्तक प्रवक्ता, तप्काना लेखन संसारका सल्लाहकार, यात्रा साहित्य लेखन अभियान्ता प्रमुखमा संलग्न रहेका छन । केस्रा विधा नेपाल र नेपालीका लागि नँया वा नलौ विधा हो । यस विधा भिन्न विशेषताहरुको समन्वय निकै जटिल विषय हो । हाल केस्रा विधा विकासकै चरणमा रहेको अवस्था छ ।
       उनिद्वारा रचित त्यहि मायालु ठूलि गिती संग्रह २०५७, सिर्जनाका स्वरहरु संयुक्त गजल संग्रह २०११, नियति लघुकथा २०६९, केस्राको घोषणा तथा दस्तावेज २०१३ र मियो स्तूप संयुक्त लघुकथा जस्ता सहित्य प्रेमीहरुका लागि र साहित्य क्षेत्रलाई प्रकाशन गरी साहित्य प्रति गहिरो साहित्यप्रेम झल्काएको पाइन्छ । त्यस्तै अझै आगामी दिनहरुमा ४ वटा विधाका साहित्यिक पुस्तक प्रकाशन गर्ने समेत तयारीमा छन । हाल प्रकाशित “सिम्मा” नामक केस्रा संग्रह पुस्तक २०१५ जनवरी १ मा मलेसियाको क्वालालम्पुर स्थित "केस्रा विधाको तेश्रो वार्षिकत्सव" का दिन केस्रा लेखन मञ्च एवम नेपाली केस्रा मञ्च मलेसियाले दिलिपको “सिम्मा” केस्रा संग्रह विमोचन हुने भएको छ । सिम्मा नामक केस्रा पुस्तक राई भाषा बाट साभार गरिएको हो जस्को अर्थ प्रीय छोरी, बहिनी, स्त्री जाति भन्ने बुझउछ । यस केस्रा संग्रहमा नारीलाई उच्च स्थानमा राखिएको प्रष्टिन्छ । आर्को मायाप्रीति, साँस्कृतिक, समसामयिक राजनीति, वैदेशिक रोजगारी, सामाजिक प्रचलन र विकृति लागायतका अनेक विषय सँग सम्बन्धित यस सिम्मामा प्रस्तुत भएको पाइन्छ ।
राजघाट, मोरङ
[ १० पौष २०१४  राष्ट्रिय समाचारपत्र दैनिक  ,उर्लाबारी,मोरंग   ]

Tuesday, 23 September 2014

समाचार:- लोकार्पण साथै केस्रा वाचन

जरुवाको लोकार्पण तथा दिलिप राई सगरको एकल केस्रा वाचन सम्पन्न


०४ असोज २०७१ शनिबार 
         मोरङको टाँडीस्थित कालिका उ.मा.वि.को सभाहलमा टाँडीपुञ्ज परिवारद्वारा प्रकाशित ‘जरुवा साहित्यिक चौमासिक’को लोकार्पण तथा केस्रा प्रवत्ता दिलिप राई सगरको एकल केस्रा वाचन सफलतापूर्वक सम्पन्न भएको छ । मन्थन झापाका संस्थापक सदस्य वरिष्ठ साहित्यकार प्रकाश बुढाथोकीको प्रमुख आतिथ्य एवं सम्पादक गगन योक्पाङदेनको सभापतित्वमा जोर बत्ति बालेर कार्यक्रमको उद्घाटन गरिएको थियो । समारोहमा विशेष अतिथि केस्रा विधाका सल्लाहकार भक्तिप्रसाद पौडेल, प्रधानाध्यापक मातृका न्यौपाने, समाजसेवी तेजनाथ घिमिरे, प्रवक्ता दिलिप राई सगरको उपस्थितिमा जरुवा साहित्यिक चौमासिकको लोकार्पण भएको थियो भने साहित्यकार विन्दु

Sunday, 13 April 2014

समाचार:- दस्तावेज र सहयात्री समिक्षा

       केस्राको समिक्षा 

बिर्तामोड, चैत ३० । मौलश्री लिम्बूद्वारा प्रतिपादित नेपाली साहित्यको केस्रा विधामा लेखिएको सहयात्री केस्रा संग्रहका विषयमा समिक्षा कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोड स्थित वालमीकि एजुकेशन फाउन्डेसनको रत्न मेमोरियल हलमा आयोजित कार्यक्रममा उक्त विधाका प्रथम श्रष्ठा राज आङ्दाम्वे सहयात्रीको कृति माथि समिक्षा गरिएको थियो । नेपाली लेखक संघ झापाको आयोजनामा सञ्चालीत कार्यक्रम सह प्राध्यापक भक्तिप्रसाद पौड्यालको प्रमुख आतिथ्यमा भएको थियो । संघका झापा अध्यक्ष साहित्यकार गोपालकुमार वस्नेतको सभापतित्वमा भएको कार्यक्रममा पूर्व अध्यक्ष कृष्ण वरालले स्वागत गरेका थिए । त्यस अवसरमा समीक्षकहरु मुनाराज शेर्मा र लक्ष्मण ढकालले कृति र मौलश्रीद्वारा प्रतिपादित केस्रा विधाको सान्दरभिकताको वारेमा टिप्पणी गरेका थिए । संघका सचिव कुमार भट्टराईले सञ्चालन गरेको कार्यक्रममा केस्रा विधाका प्रवक्ता दीलिप सगर राईले केस्रा विधाको सान्र्धरभिकता बारेमा वोलेका थिए । कार्यक्रमको संयोजन इक्साहाङ्ग लिम्वूले गरेका थिए ।
[पूर्वान्चल दैनिक पत्रिका
 http://purwanchalnationaldaily.com/%E0%A4%95%E0%A5%87%E0%A4%B8%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%B8%E0%A4%AE%E0%A5%80%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BE/

Tuesday, 14 January 2014

समाचार: सहयात्री विमोचन

केस्रासंग्रह "सहयात्री " विमोचित

कष्ण ओझा,  २० पुस, पाँचथर

       "चुनौती"

हिडेर त्यसै, हामी रुक्दैनौ
खुलेर लड्छौं, हामी लुक्दैनौ

अगाडी वढ्छौं, हाँसेर मर्छौ
मर्नका लागि, हामी चुक्दैनौं

चालेर पाइला, हामी रुक्दैनौ
नामर्द जस्तै, हामी झुक्दैनौ
       नेपाली साहित्यमा नवप्रवेशी केस्रा विधाको पहिलो र एकल संग्रह ‘सहयात्री’ को शनिवार पाँचथरमा एक समारोहकावीच विमोचन भएको छ ।
       आदर्श वहुमुखी क्याम्पस विराटनगरका उप–प्राध्यापक भक्तिप्रसाद पौड्यालले पाँचाथरे स्रष्टा राज आङदेम्वे सहयात्रीको संग्रह सहयात्रीको विमोचन गर्नुभएको हो ।
मलेसियामा रोजगारीका लागि गएका मौलाश्री लिम्वूद्वारा प्रतिपादित केस्रा विधामा कुनै एक विषयमा केन्द्रित हुनु, शीर्षकको चयन गर्नु, सङ्गठित ६ हरफभित्र विषयलाइ समेट्नु, अझ अनुप्रास र समाक्षरीकतामा अनुशासित भएर सिर्जना गर्नु जस्ता कुराले केस्रा विधामा चुनौति र आकर्षण दुवै बढेको पाइएको छ ।
       केस्रा लेखन मञ्चद्वारा प्रकाशित संग्रह पाँचथर गजल मञ्चको आयोजनामा संचालित कार्यक्रममा केस्रा विधाका प्रवक्ता दिलिप राई , जिल्लाका विभिन्न साहित्यकारहरु, प्राध्यापक र अन्य सरोकारवालाहरुले विधाबारेमा जिज्ञासासहित भावना व्यक्त गरेका थिए ।

अनलाईन खबर डटकम
http://www.onlinekhabar.com/2014/01/151955/
http://www.onlinekhabar.com/2014/01/151955/#sthash.yhDAdXOt.3QNEm9hu.dpuf

Tuesday, 25 June 2013

समाचार: केस्रा अनुशीलन

उर्लाबारीमा ‘केस्रा’ को अनुशीलन
 
भुपेन्द्र तिम्सिना     उर्लाबारी(ब्लाष्ट)  पौष १७, २०६९ / 
          नेपाली साहित्यमा भित्रिएको ‘केस्रा’ विधामाथि शुक्रबार उर्लाबारीमा अनुशीलन कार्यक्रम भएको छ । नेपाली साहित्य समाज उर्लाबारीको आयोजनामा सम्पन्न कार्यक्रमको पहिलो चरण नेसास उर्लाबारीका अध्यक्ष रमेश भट्टराईको अध्यक्षतामा भएको थियो । कार्यक्रममा विभिन्न बुद्धिजीवी, साहित्यकार, सञ्चारकर्मी लगायतलाई स्वागत तथा सम्मान गरिएको थियो । सो कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तथा स्रष्टा भूपेन्द्र तिम्सिनाले गरेका थिए ।
     दोस्रो चरणको अनुशीलन तथा बहस कार्यक्रम मिश्र वैजयन्तीले सञ्चालन गरेकी थिइन् । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहका अध्यक्ष तथा विश्व नेपाली साहित्य महासंघका उपाध्यक्ष सुरेन्द्र लिम्बू ‘परदेशी’ विशेष अतिथि रहेको कार्यक्रममा केस्रा मञ्चका सल्लाहकार भक्तिप्रसाद पौडेल, प्रवक्ता दिलिप सगर राई, भीम खतिवडा र समालोचक रामजी तिम्सिनाले केस्रा बहस गरेका थिए ।
      कार्यक्रममा ‘परदेशी’ ले वर्तमान नेपाली साहित्यमा देखापरेका प्राय: सबै प्रभावशाली गतिविधिहरु परदेशबाटै आइरहेको र केस्रा विधाको घोषणा पनि यसैगरी आएकोले यसले दिनानुदिन लोकप्रियता पाउादै जानुमा साइवर संसारको उपलब्धी बताए । प्रा. भक्तिप्रसाद पौडेलले केस्रा गजल र रुवाईसाग मिल्छ भन्ने जिज्ञासालाई प्रष्ट पारेका थिए भने केस्रा प्रवक्ता राईले केस्रा वाचन समेत गरी