जीवन कास्यप जीका केस्राहरु
![]() |
- जीवन कास्यप मोरंग |
गुलियो ठानी हातमा लियो
मनमा वाली मिलन दीयो
जोडिन्छ मुटु कल्पना भित्र
सपना सजाई हाँसेर जियो
नमिल्दा सुख पीर नै लियो
गुलियो भित्र अमिलो थियो।
०८ -११-२०१२
माथितिर हाँस्छ सेतो हिमाल
सुन्दर शान्त संस्कृति विशाल
पग्लिदा हिँउ भिज्छ है तराई
हिमाल पहाड नदि र ताल
बहु संस्कृति मेल छ कमाल
आँखाको नानी हो हाम्रो नेपाल।
०७-११-२०१२
"आक्रोस"
नेताहरुको कुटील चाला
काढी सके जनताको छाला
आफू रम्छन् मोज र भोजमा
जनता भोकै चाउरिए गाला
देश डुवाउने तिनको चाला
छातीमा यिनका रोपौँ भाला।
०६-११-२०१२
“ रित्तो अनुभूति”
खरी झरेको म मादल भएछु
झरी विनाको म वादल रहेछु
तार छिनेको यो सारङ्गी के गरौँ
गीत नलेख्दै संगीतमा बहेछु
नलेखिएको म कागज भएछु
अचानु बनी चोट धेरै सहेछु ।
०६-११-२०१२
"रमिते नबनौँ "
लुटिदै छ देश रमिते नबनौँ
मन दुख्ने खाडल हामी नखनौँ
सवैको साझा महल हो नेपाल
तेरो र मेरो हामी कैल्यै नभनौँ
दाजुको वैरी भाइ कैल्यै नबनौँ
विगतका कमजोरी आज नगनौँ।
०४-११-२०१२
विगतका कमजोरी आज नगनौँ।
०४-११-२०१२