![]() |
- महादेव अधिकारी काठमान्डौ,हाल- यु.ए.ई. |
धनमा फसि बिर्सियौ गुन
पहिला भन्थ्यौ पूर्णेको जून
मनमा इच्छा राखेर थाँती
खोजेर गयौ धन र सुन
को सक्छ सधै लाउन गुन
प्रेम वा धन आफैले चुन ।
१७-०६-२०१३
“जीवन”
जीवन खेर फाल्नु नजाती
असल गरी फुलाऊँ छाती
जीवन उसै छोटो छ जानौँ
मदिरा पिई नहिँडौँ माती
सकेको कृति राखेको जाती
गर्नेछन् श्रद्धा नाती-पनाती।
१५-०५-२०१३