![]() |
- कुवेरदेव आङ्बो 'मृदुल' फिदिम,पाँचथर |
"चर्चा"
तिम्रो मेरो चर्चा चल्छ
दुनियाँको आँखा बल्छ
हाम्रो यस्तो जोडी देखी
ईर्ष्या गर्ने झनै जल्छ
पिरतीको चर्चा चल्छ
कुरा काट्ने आफै गल्छ।
३०-०६-२०१३
"घात"
मायामा रै'छ यहाँ घात
दिउसै पर्छ यहाँ रात
शिशिरको याम नै हो यो
र त झरेको यहाँ पात
विश्वासमा छ यहाँ घात
अनि धोकाको यहाँ थाँत।
२८-०७२०१३
"देश"
"देश"
यो देश सिंगो थियो
आधा कसले लियो ?
बैरी छिर्दै आए कि!
या त आफै नै खियो
नेपाल सिंगो थियो
आज सीमा मिचीयो।
२९-०७-२०१३