विशाल के.सी. जीका केस्राहरु
“सिपाही “
सिपाही हुँ बन्दुक बोक्ने
दुश्मन आए गोली ठोक्ने
गोर्खालीको छोरो हुँ म त
बहादुरको पाठ घोक्ने
गोली गठ्ठा बारुद बोक्ने
चट्टान सरी गोली रोक्ने।.... [सम्पादन:- दान राई'झरी']
[प्रयुक्त केस्रामा बहादुर सिपाहीको गुनगान गरिएकोछ,प्रत्येक हरफमा बराबर नौ वर्ण [लिपि चिन्ह] को प्रयोग गरिएकोछ।अनुप्रास शब्द संरचना “बोक्छ”= ब+ओ+क्+छ,,..मुख्य स्वर उच्चारण अनुप्रास =“ओक्छ” ।आधा अक्षर गणना वा अर्थ नहुने भएकोले अनुप्रासमा प्रयोग गर्दा एकै किसिमको आधा अक्षर “क्” अथवा बेग्ला-बेग्लै आधा अक्षरको प्रयोग गर्नु पर्दछ।जस्तै:- बोक्छ/सोच्छ/ढोग्छ/खोल्छ ]
“चोट”
सिमसिमे पानीले आयो सम्झना
घात प्रतिघात भएर तिर्सना
दुःखको आँशुले ल्याउँछ झझल्को
र एकान्तमा बसी रुन्छ बेदना
मेटेर मेटिन्न है तिम्रो सम्झना
तिमीले दिएको अमुल्य गहना ।...[सम्पादन:- राज आङ्देम्बे 'सहयात्री']
[प्रयुक्त केस्रामा १२ लिपि चिन्हको प्रयोग गरिएकोछ। केस्राको हरफमा १२ लिपि चिन्ह भन्दा ज्यादा वर्णमा लेख्न पाईंदैन। आधा अक्षर वा हलन्त/अजन्त [क्/ ग्/ त्...] को गणना हुदैन र कुनै पनि हरफमा स्वर वर्ण [अ,आ,इ,ई...] को प्रयोग भएको छ भने एक स्वर वर्णको गणनामा छुट हुन्छ,जसलाई गने पनि भो र नगने पनि भो। केस्राको भाव अनुसार..[कसैसंग सम्बन्ध टुटेपछि मन विक्षिप्त भई उसलाई भुल्न नसकिएको सम्झनाहरु उजागर गरिएको छ।] केस्रामा अनुप्रास शब्द हुनका लागि कम्तिमा दुई अक्षर अनिवार्य हुनु पर्दछ,यसकारण केस्रामा अनुप्रास शब्दको संरचना “सम्झना”= स+अ+म्+झ+आ+ना..> मुख्य स्वर उच्चारण अनुप्रास= “झना”//आना” ।यसरि नै अन्य अनुप्रासहरु =र्सना/दना/झना/हना =अन्तिम वर्ण “ना” अनिवार्य दोहोर्याउनु पर्दछ। ]
“माया “
तिमी सुगन्धित हो माया
जता जाउँ देख्छु तिम्रो छाँया
तिमी फूल भएर फूल्नु
म सोचौँला केहि उपाया
अंगालेर म तिम्रो माया
घुम्छु भवँरा दाँया बायाँ।.....[सम्पादन:- राज आङ्देम्बे 'सहयात्री']
[प्रयुक्त केस्रा नौ वर्ण लिपि चिन्हमा लेखिएको छ।दोश्रो हरफमा दश लिपि चिन्ह भएता पनि “जाउँ=१,को गणना गरिएकोले यो हरफमा पनि नौ व्यंजन वर्णको गणना गरिएकोछ।तेश्रो हरफमा “भएर=३,यहाँ “ए” स्वर वर्णको पनि गणना गरिएकोले यो हरफमा पनि नौ लिपि चिन्ह को बराबर मिलाएर लेखिएको छ।केस्राको भाव मुताबिक ....[कसैलाई मन पराउदा उसको प्रतिबिम्ब देखी रहनाले मायामा समर्पित हुन चाहेको आशय व्यक्त गरिएकोछ।]
“झरी”
अगती परेर आयो यो झरी
दुखाएर अरुको मन बेस्सरी
खोलेर अब बन्द त्रिनेत्रहरु
डुबाए बद्रि केदार कठै ! बरी
अवासनको कथा जस्तै भो झरी
देशलाई रुवाएर धरधरी ।..... [सम्पादन:- राज आङ्देम्बे 'सहयात्री']
[प्रयुक्त केस्राको पहिलो हरफमा ११ लिपि चिन्हको गणना गरिएकोछ। बाँकि पाँच हरफमा एक-एक स्वर वर्ण [अ,आ,इ,ई,ए..आदि] को गणना गरिएको छैन।यसर्थ यो केस्रा ११ व्यंजन वर्ण वा लिपि चिन्ह प्रयोग गरि लेखिएको हो भन्ने अर्थ लाग्छ।]
![]() |
- विशाल के.सी. सोनितपुर ,असम,भारत |