- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Friday 10 March 2017

शिर्षक एक केस्रा अनेक

       
नेपाली साहित्यको विकास र विस्तारमा अनवरत क्रियाशील हाम्रो साहित्यिक संस्था साहित्यिक चौतारी नेपालले १०७ अौ अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा साहित्यिक चौतारीको नियमित छलफल कक्षमा नारी हक, अधिकार र सशक्तीकरणका पक्षमा वकालत गर्दै शिर्षक एक केस्रा अनेक बिशेष कार्यक्रम सम्पन्न गरेका छौँ । साहित्यिक चौतारी नेपालकि सक्रिय नारी श्रष्टा केस्रा सर्जक प्रभा ढुङ्गानाको संयोजकत्वमा भएको उक्त केस्रा लेखन बिशेष कार्यक्रममा साहित्यिक चौतारी नेपालकी प्रमुख सल्लाहकार सावित्रा लुइँटेल घिमिरे लगायत समस्थ पदाधिकारीहरु, नारी श्रष्टाहरु तथा सिङ्गो साहित्यिक चौतारी परिवारका सबै सहकर्मी श्रष्टाहरुले उत्साहजनक रुपमा सहभागिता जनाउनु भएको थियोे। प्रस्तुत छ सोही कार्यक्रममा संरचित शिर्षक एक केस्रा अनेक "नारी" शिर्षकका यी सुन्दर केस्राहरु:--
१.    केस्रा : नारी
सके खै कसरी सुन्न ती चीत्कार
दया माया नलाग्ने देख्दा मुहार
उठाैं र लडाैं हक हितको लागि
जति सह्यो उति हुन्छ अत्याचार
बुझ्नुपर्छ अब नारीको चित्कार
नारी बिना चल्दैन घर संसार ।
- मन दिल कार्की
कैलाली ,हाल : मलेसिया ।
२. केस्रा : नारी
चुल्हो-चौकामा मात्र नहुनु नारी
चलाउनु दुनियाँ हातमा पारी
जो-जसले जे जे भने पनि मित्र
नारी नै हुने गर्छन् समझदारी
रुढीबादीलाई त्यागी उठ नारी
अघी बढ लुकेका कला उघारी ।
- रुपक प्रनिल
बाहुण्डाँगी-५ झापा ,हाल: मलेसिया ।
३.  केस्रा : नारी
चट्टानलाई फोर्छे नारी
लाखौं टुक्रा टुक्रा पारी
पर्यो भने मागी हेर
दिन्छे मुटु छाती फारी
ज्वालामुखी बन नारी
बस्नु हुन्न आँसु झारी ।
- चारखोले शिशिर लिङ्गदम्
साङ्गरुम्बा, ईलाम,हाल : साउदी अरब।
४.   केस्रा : नारी
आधा सृष्टी ममताकी खानी नारी
हसाउँछिन् अरू बोकी दुःख भारी
नभए नारी कहाँ रहला विश्व
न हुन्छ जीवन रथ नै सवारी
साक्षत दुर्गा स्वरूपा हुन नारी
देख्नेछौ हृदयको आँखा उघारी ।
- बिमल पोखरेल
धरान-२७ पटनाली,हाल : मलेसिया ।
५.   केस्रा : नारी
रम्छन् देवता जहाँ नारी पुजिन्छन्
तिनै नारी यहाँ दिनहुँ कुटिन्छन्
काम गर्ने मात्रै अौजार होइनन्
अर्काको सेवामा जिन्दगी सुम्पिन्छन्
नारी संसारमा खै कहाँ पुजिन्छन्
सन्ततीको लागि आफू नै बेचिन्छन् ।
- नवीन अनुपम रावत
कमलबजार अछाम,हाल : काठमाडौ।
६.    केस्रा " नारी "
जननी हुन् हाम्री उनै हुन् विधाता
विश्व शान्ति छर्ने उनै धर्तिमाता
जलाउँछिन् उनी चेतनाको दीप
यो सारा लोकमा हाम्री जन्मदाता
सन्तानको भाग्य कोर्दछिन् विधाता
जिवित राखौं सधैं नारित्व नाता ।
- सावित्रा लुइँटेल घिमिरे
झापा ,हाल : इजरायल ।
७.     केस्रा- नारी
सँकार कानुन र दैब छन् दोषी
यो युगमा नि नारी किन बेहोसी
कसरी गर्लान् त नारीले उन्नती
सदैव चुलोमा नै अगुल्ठो झोसी
जो निमुखा छन् उहीँ त हुन्छन् दोषी
उठ नारी लुटिएको हासो खोसी ।
- अरुना श्रेष्ठ
पृथ्वीनगर ४ झापा
८.     केस्रा : नारी
नारी पुरुष सबै बराबरी
बस्नु पर्छ मिलेर जुनिभरी
फेर्नु छ दुनियाँ सबै मिलेर
नारी पुरुष एक हुनेगरी
उठ नारी जागेर बराबरी
नबस कसैको पाउँमा परी।
- प्रकाश श्रेष्ठ
राजपुर ९ दाङ्ग,हाल : साउदी अरब।
९.   केस्रा : नारी
अझै यो छ लैङ्गिक असमानता
हिंसा बिरुद्ध गरौँ ऐक्यबद्धता
पुरुषको इसारामा चल्नुपर्ने
अस्विकार गर नारी यो दासता
तोडौँ अब लैङ्गिक असमानता
तब हुन्छ हाम्रो यो दृष्टि पुर्णता।
- सन्दिप संग्रौला 'दिलदुखी'
लालीगुराँस नगरपालिका-८,तेह्रथुम
हाल: मलेसिया।
१०.   केस्रा : नारी,
सासूबाट बुहारी हेपिन्छन्
कडा निसाफ कतै भेटिन्छन्
बस्तिबाट अधिकार पायो
खै नारीबाटै गर्भ रेतिन्छन्
तब पो समाजमा हेपिन्छन्
नारीमा नारी हेला देखिन्छन्।
- लोचन भट्टराई
कैलाली टिकापुर ,हाल भारत।
११.   केस्रा : नारी
नारीलाई कमजोर बनाएर
नहेप्नु सधैं आरोप लगाएर
यिनै नारी काली,सिता र भृकुटी
हिंड्नु पर्छ अब शिर उठाएर
जाग्नुछ बलियो सोच बनाएर
बस्नु हुन्न नारी अब डराएर ।
- मुना सिग्देल
मोरङ्ग ,हाल : इजरायल ।
१२.   केस्रा : नारी
देविको रुपमा पुजिने नारी
बैनि मेरो उसको भै बुहारी
चुलो चौकमा सधै दिन बित्यो
कोही पुरुष छन् है अत्यचारी
मन्दिरमा सधै पुजिन्छे नारी
घर फर्केर गर्छे मारा मारी ।
- लोचन भट्टराई
कैलाली टिकापुर ,हाल भारत।
१३.    केस्रा : नारी
आफु अनि सबैमा खुसी पठाउ
ए नारी गढेको कुसोच हटाउ
ब्यर्थ आरिष गरि बस्छौ नारीकै
बरु आफ्नै कर्ममा हात बढाउ
अधेरीमा ज्ञानको ज्योती पठाउ
नारी कस्तो शक्ती देखाइ बताउ ।
- अरुना श्रेष्ठ
पृथ्वीनगर ४ झापा।
१४.   केस्रा : नारी
जोखिममा पर्दै जीवन भरि
आफू भन्दा धेरै ममता गरि
आमा सृष्टिकर्ता आमा नै नारि
भो तिम्रो बयान गरु कसरि
सम्मान गर्छु सदा सधै भरि
नारी कालि कालको कालेश्वरी ।
- केशब शाही
खरीगैरा दैलेख
१५.   केस्रा : नारी
कमजोर छैनौ तिमीहरु नारी
सधै चूलो चौको मै हुन्छौ बिचारी
हाम्रो सानो सोचले दुःख सहदै
सहि बसे अझै जिन्दगी बिगारी
सरस्वती,दुर्गा काली हुन नारी
चाहेँ पर्न सक्छन् है सबैमा भारी ।
- दिपेन्द्र सुनामी दीप
शिबपुर-९ बर्दिया,हाल : भारत ।
१६.   केस्रा : नारि
हाम्रै दिदि नारी हाम्रै बैनि नारी
रुन्छिन् होला नि छाती पिटी बिचारी
हेर स्वास्नि माथि नै जमाउने हो
बन्द संसार हेर आँखा उघारी
हाम्रो आमा नारी हाम्रो छोरि नारी
नबोकाउन बिन्ती पिरको भारी।
-  सुदिप सरगम संग्रौला
उदयपुर गाइघाट ,हाल : कतार ।
१७.   केस्रा : नारी
लडाैं र खोजाैं अधिकार
कति सहनु अत्याचार
हामी नारी के मा कम छौं
जित्न सक्छौ पक्कै संसार
पाइन्न माग्दा अधिकार
अघि बढ्नु छ लगातार ।
- प्रभा ढुंगाना"अनुसन्धान"
बेल्कोट-४,आरुखर्क,नुवाकोट ।
१८.    केस्रा : नारी
बोध थाम्न सक्ने धर्ती हुन नारी
बोक्न सक्छिन् है देशको जिम्मेवारी
दुई आँखाले देख्न सक्दिनन् उनी
बाँझै भ"को पाखोरेखो खेत बारी
ब्रह्माण्डको सृष्टि कर्ता उनै नारी
हिँड्न सक्दिनन् है दुःख सामु हारी ।
- गोविन्द के.सी."अभीष्ट"
राखुपिप्ले-९ मौवाफाँट,म्याग्दी
हाल : बहराइन।
१९.   केस्रा : नारी
हेला गर्छौँ हामी,दु:खी हुन्छे नारी
संधै भरी बस्नु पर्छ आँसु झारी
जे गरेनी राम्रो बोली मिल्ने हैन
संधै गर्नु पर्छ ढिकी जाँतो बारी
बुझौ पुरुषहरु श्रृस्टी हुन् नारी
नराखौ समाज भित्र दुखी पारी ।
- "अनुराग"गोविन्द रिजाल
दैलेख भैरिकालीका थुम ,हाल : भारत।
२०.   केस्रा : नारी
प्रशासन तताई हत्या हटाउँ
सामान्ति-शोषक सिमाना कटाउँ
देशका लागि जागौ है जागौं नारी
परदेश    हैन   देशमै  अटाउँ
हत्या र हिंसा नारि मिली हटाउँ
न्याय खोजेर अत्याचार घटाउँ।
- गोमा कार्की
झापा बिर्तामोड,हाल : इजरायल ।
२१.   केस्रा : नारी
महिमा गाएर सकिन्न नारीको
सृस्टिको पुल हो वारी र पारीको
नरोक्नु यिनका पाइला नछेक्नु
न झोस्नु काममा घरको बारीको
सम्मान गरौं है सबैले नारीको
उनले बोक्ने त्यो बोझिलो भारीको।
- गोविन्द भावुक
काभ्रे,हाल : दोहा ।
२२.    केस्रा : नारी
बच्चाको मेसिन ठान्दा नारी
ज्यान गुमेको लाखौं बुहारी
बोक्सी,बिधुवा अनि दाइजो
बहानामा जल्दै छन् बिमारी
आमा, छोरी बुहारी हुन् नारी
नराखौ ल बन्धनमा पारी ।
- रेखा,पन्त
गोरखा,हाल : इजरायल ।
२३.   केस्रा : नारी
माैलिक हक खोजौ र जुट नारी
लिएर अठाेट हिम्मत नहारी
बाेक्सी दाईजाेकाे आराेप लाउँदा
नबस्नु माैन आँखामा आँशु झारि
धर्ती कै माता जननी हुन् यी नारी
बाेकी हिड्छिन सधै दु:खकाे भारी
- मदन चाैहान
चुलाचुली ८,ईलाम।
२४.   केस्रा : नारी
चुलो पोतेर बस्ने नारी
रुदै बस्छिन् है आँसु झारी
हामिले सोच्न नै सक्दैनौ
नारी साँचै समझदारी 
उठ है अब सबै नारि
बोकेर आफ्नो जिम्मेवारी !
- रमेश लुइँटेल
खोटाङ दिक्तेल ,हाल : दोहा कतार।
२५.
पिडित छ नारी हिंसामा परेर
मुक्ती दिनु पर्छ उद्धार गरेर
समानताको आवाज उठाउँदै
हिंसा अन्त्य गर्नु छ अघि सरेर
पछि नहटाैं दबाबमा परेर।
बदलाैं मुक्तीको संदेश छरेर।
- चोमु शेर्पा खुशी
साघु ८ ताप्लेजुङ ,हाल -दमक, झापा।

No comments:

Post a Comment