सुरेश राई Empti Ness जीका केस्राहरु
१. "विपरितमा"
रात नभए के अर्थ बिहानिको
बृद्ध भएर जाने त्यो जवानिको
दुखले नै सुखको अस्तित्व राख्छ
मरुभूमिमा महत्त्व हुन्छ पानीको
हुँदैन समय सधैं बिहानीको
यहि परिक्षा हो जिन्दगानीको।
२. भ्रम
ढुङ्गा टिपेर मन्दिरमा राखियो
अनि त्यसैलाई ईश्वर मानियो
आमाको चीत्कार सुनेन उसले
जसलाई सधै इश्वर सम्झियो
ईश्वरको नाममा भ्रम राखियो
यथार्थमा ढुङ्गा त ढुङ्गा नै थियो।
३. छुवाछूत
खास के राखिएकोछ जात भित्र
अछुत बनाइयो उसको चित्र
तिमिलाई फरक लाग्छ नै भने,
आखिर के कारण भयौ पवित्र
किन भ्रम फैलाउछौ मनभित्र
मान्छे मान्छे एउटै हैन र मित्र।
४. विश्वास
सम्बन्धमा हुनुपर्छ बिश्वास
नगर्नु तर्क , शंका , उपहास
चोखो मनले प्रेम गरि हेर
सबै प्रीय लाग्नेछ आसपास
आफैलाई गर्नु पुर्ण बिश्वास
बिग्रह नि पक्कै हुन्छ समास।
५. जिन्दगी
कहिलेकाही खुसिहरु छरिन्छ
निकै दुखमा बिपत्तिमा परिन्छ
जिन्दगिको माया यहि हुनुपर्छ
चोट लाग्दा मलम ,पट्टी भरिन्छ
कहिँ हासो कहिँ रोदन छरिन्छ
फेरि मुस्काउने प्रयास गरिन्छ।
६ . आत्माविश्वास
मनदेखि लिएर उच्च भावना
समस्याहरु संग गरौँ सामना
यदि,उदेश्य निश्चित छ नैभने
धैर्य गर्नु पूरा हुनेछ चाहना
राम्रो हुनुपर्छ विचार ,भावना
जीवन सङ्गीत हो गर्नु साधना।
७ . पर्देशी
गाउको तस्बिर आखामा राखेर
ती बृद्ध आमाबाबु एक्लो छाडेर
परिवारलाई सुख दिनेछु भन्दै
पर्देशियो छोरा मुग्लान ताकेर
आमाको आशिष शिरमा राखेर
अघि बढ्यो सपना पोको पारेर।
८ . प्रयास
प्रयास नै हो सफलताको पक्ष
एकैचोटि कोहि पनि हुन्न दक्ष
असम्भव भन्ने कुनै शब्द छैन
निश्चित भएको हुनुपर्छ लक्ष्य
जीवनको सबैभन्दा राम्रो पक्ष
असल मान्छे बन्नु सबै समक्ष ।
९. अधुरो रहर
अन्यौलतामै बाचिदिन्छ रहर
तैपनि अनगिन्ती बन्छ लहर
खै किन पलाउछ मनमा फेरि,
निराश बन्नलाई हर प्रहर
फेरि अन्धाकरमै बित्छ रहर
जस्तो कि जुन हराएको शहर।
१० . गरिबी
संभावनाको कुनै दियो बल्दैन
झुपडीमा गुजारासम्म चल्दैन
मैले कसरी नभनौँ सरकार
राज्यको सेवा सुबिधाले छल्दैन
अगेनामा हेर्यो आगो नि बल्दैन
गरिबीको दिन कहिले ढल्दैन।
- उदयपुर
![]() |
सुरेश राई Empti ness उदयपुर |
१. "विपरितमा"
रात नभए के अर्थ बिहानिको
बृद्ध भएर जाने त्यो जवानिको
दुखले नै सुखको अस्तित्व राख्छ
मरुभूमिमा महत्त्व हुन्छ पानीको
हुँदैन समय सधैं बिहानीको
यहि परिक्षा हो जिन्दगानीको।
२. भ्रम
ढुङ्गा टिपेर मन्दिरमा राखियो
अनि त्यसैलाई ईश्वर मानियो
आमाको चीत्कार सुनेन उसले
जसलाई सधै इश्वर सम्झियो
ईश्वरको नाममा भ्रम राखियो
यथार्थमा ढुङ्गा त ढुङ्गा नै थियो।
३. छुवाछूत
खास के राखिएकोछ जात भित्र
अछुत बनाइयो उसको चित्र
तिमिलाई फरक लाग्छ नै भने,
आखिर के कारण भयौ पवित्र
किन भ्रम फैलाउछौ मनभित्र
मान्छे मान्छे एउटै हैन र मित्र।
४. विश्वास
सम्बन्धमा हुनुपर्छ बिश्वास
नगर्नु तर्क , शंका , उपहास
चोखो मनले प्रेम गरि हेर
सबै प्रीय लाग्नेछ आसपास
आफैलाई गर्नु पुर्ण बिश्वास
बिग्रह नि पक्कै हुन्छ समास।
५. जिन्दगी
कहिलेकाही खुसिहरु छरिन्छ
निकै दुखमा बिपत्तिमा परिन्छ
जिन्दगिको माया यहि हुनुपर्छ
चोट लाग्दा मलम ,पट्टी भरिन्छ
कहिँ हासो कहिँ रोदन छरिन्छ
फेरि मुस्काउने प्रयास गरिन्छ।
६ . आत्माविश्वास
मनदेखि लिएर उच्च भावना
समस्याहरु संग गरौँ सामना
यदि,उदेश्य निश्चित छ नैभने
धैर्य गर्नु पूरा हुनेछ चाहना
राम्रो हुनुपर्छ विचार ,भावना
जीवन सङ्गीत हो गर्नु साधना।
७ . पर्देशी
गाउको तस्बिर आखामा राखेर
ती बृद्ध आमाबाबु एक्लो छाडेर
परिवारलाई सुख दिनेछु भन्दै
पर्देशियो छोरा मुग्लान ताकेर
आमाको आशिष शिरमा राखेर
अघि बढ्यो सपना पोको पारेर।
८ . प्रयास
प्रयास नै हो सफलताको पक्ष
एकैचोटि कोहि पनि हुन्न दक्ष
असम्भव भन्ने कुनै शब्द छैन
निश्चित भएको हुनुपर्छ लक्ष्य
जीवनको सबैभन्दा राम्रो पक्ष
असल मान्छे बन्नु सबै समक्ष ।
९. अधुरो रहर
अन्यौलतामै बाचिदिन्छ रहर
तैपनि अनगिन्ती बन्छ लहर
खै किन पलाउछ मनमा फेरि,
निराश बन्नलाई हर प्रहर
फेरि अन्धाकरमै बित्छ रहर
जस्तो कि जुन हराएको शहर।
१० . गरिबी
संभावनाको कुनै दियो बल्दैन
झुपडीमा गुजारासम्म चल्दैन
मैले कसरी नभनौँ सरकार
राज्यको सेवा सुबिधाले छल्दैन
अगेनामा हेर्यो आगो नि बल्दैन
गरिबीको दिन कहिले ढल्दैन।
- उदयपुर
No comments:
Post a Comment