- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Friday 19 December 2014

भरत अधिकारी

         भरत अधिकारी जीका केस्राहरु 

"बन्दुक"
- भरत अधिकारी
तनहुँ,हाल- क्वालालम्पुर,मलेसिया 

विनास निम्ताउने
मानिस तर्साउने

बन्दुक मेरो नाम
युद्धमा लडाउने

झगडा निम्ताउने
दुनिया रुवाउने ।
०८-०९-२०१४

"कलम"



वुद्दिलाई तिखार्ने
विद्दानमा उतार्ने

कलम मेरो नाम
गल्तिलाई सुधार्ने

मान्छेलाई तिखार्ने
भविस्यलाई सपार्ने।
०८-०९-२०१४

 “फूल”

कसैले चढाउछन् मन्दिरमा
टिपि लगाउछन् कोहि शिरमा

जहाँ सजाए पनि पवित्र छु
कैले सजिन्छु मृत शरिरमा

थुँगा टिपि चढाउदा मन्दिरमा
माला बन्छु साथ-साथै अविरमा।
०७-०९-२०१४

  "मजदुर"

फुल्यो केश परदेशको घामले
चाउरिए गाला बोसको कामले

लोभ-लालजमा फस्दैछ जिवन
स्वास्थ्य शरिर गलाउदै दामले

पुर्पुरो सेकाई तालुमा घामले
चिन्छन् मलाई मजदुर नामले।
०७-०९-२०१४

"भुल"

बिर्सेर घर
नमानी डर

गोरि मैयाको
परेछु भर

फर्किदा घर
श्रीमती पर।
०५-०९-२०१४

"सुझाब"

होटेलको गास
पैसा मात्र नाश

खानामा भेटिन्छ
हेर्दा झिगा लास

बासी हुन्छ गास
ताजा हुन्न खास ।
०१-०९-२०१४

“राजनीति”

हिजो पाएँ ताली
आज खाएँ गाली

यो झुटको खेती
जनताले फाली

लगाए फेरि ताली
मलाई निकाली।
३०-०८-२०१४

"छिमेकी" 

नपर छिमेकिको भर
फुटाउलान तिम्रो घर

खोल्न हुन्न मनका कुरा
लिनु पर्छ यिनको डर

हुँदैन कति पनि भर
खोज्छन् है भडाउने चर।
१०-०८-२०१४

 "हार"

जिन्दगी छ अपार
सहन्छु सधै हार

आफ्नो ठान्छु जसलाई
त्यहि गर्छ गद्दार

भोग्दैछु म अपार
हारेर लगातार।
१०-०८-२०१४

   "सुझाव"

जहाँ डाका हिड्छ साधुको भेषमा
जस्ले साथ दिन्छ गुण्डाको केसमा

हुदैन विकाश त कहिल्यै पनि
नेता,व्यापारी,गुण्डा मिले देशमा

छक्काउछन् सधै साधुको भेषमा
बन्दैन देश गुण्डा समावेशमा।
०९-०८-२०१४

"निरास"

देशको संविधान
छेपारोको उखान

जनताले बोलेको
लागेन सुन्ने कान

के बन्ला संविधान
छसौ एक सुनसान।
०६-०८-२०१४

   "जिन्दगी"

सम्झन्छु गाउँको झरनाको पानी
पल्टन्छु हातको राखेर सिरानी

आफुले आफैलाई सोध्दैछु आज
आउला कहिले सुनौलो बिहानी

विदेशमा मन भो धमिलो पानी
आशै आशमा वित्यो यो जिन्दगानी ।
०६-०८-२०१४

  "बिन्ती"

नबस विदेश मागेर भिक्षा
लिई फर्क मनमा राम्रो शिक्षा

घरमा आमा बाबु र श्रीमती
गर्दैछन् है सधै तिम्रो प्रतिक्षा

म गर्दछु बिन्ती नमाग भिक्षा
गर्नेछ देशले तिम्रो समिक्षा।।
०६-०८-२०१४

No comments:

Post a Comment