- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 8 December 2012

स्रष्टा परिचय:-क्षेत्रप्रताप अधिकारी

              स्रष्टा परिचय: कवि "क्षेत्रप्रताप अधिकारी"


- क्षेत्रप्रताप अधिकारी
         माईती लमजुङ्गबाट घर तनहूँ अउँदा बाटोमा जन्मिएका र कान्छो छोरो भएकाले उहाँको बोलाउने नाम "बाटेकान्छो" रह्यो। "बाटेकान्छो" अर्थात कवि क्षेत्रप्रताप अधिकारी वास्तवमै ढुङ्गाको काप फोरेर उम्रेको पीपल हुनुहुन्छ।एकाउन्न सालको चुनाव प्रचारको लागि गाउँमा आउदा म पनि घरबिदामा थिएँ। उहाँले बुबालाई ढोग दिनु भयो मैले उहाँलाई ढोग दिएँ। फेरी लामो समय हाम्रो भेट भएन र उनान्साठीसाल असारमा म धनगढिबाट काठमाण्डौँ जाँदा उहाँको घरमा पुरानो बानेश्वरमा म गएँ।
         काकी शान्ता अधिकारी सैनिक अस्पताल मा मेजर हुँदा हामीले मेडिकल तालिम गरेका थियौँ उहाँले हामीलाई पढाउनु हुन्थयो। भूपू भएर बस्नु भएको रहेछ।काका साझाप्रकाशनको अध्यक्ष भएर पनि कुनै सुविधा र तलव भत्ता नलिनु भएकोमा काकीले गुनासो गर्नु भयो त्यो पैसा कुनकाममा प्रयोग भएको छ त? भन्नु भयो।
मैले काकालाई मेरा केहि प्रकाशीत रचनाहरु दिएँ।उहाँ खुशी भएर मलाई ग्वामलङ्ग अंगालो हालेर गालामा च्वाक्क म्वाई खादै अबहाम्रो रगतको नाता भन्दा गहिरो साहित्यको नाता भयो भन्दै आफ्नो भर्खर प्रकाशित कृति "अकविता" कविता संग्रह निकालेर दिनुभयो। त्यतिवेला उहाँको साहित्यप्रतिको माया छागाको भीरबाट छङ्गछङ्गाउँदै उर्लेर झरेको झरना जस्तै पवित्र थियो भने मेरो मन खुशिले फुर्रफुर्र उड्दै थियो।
         बाजे बोधबिक्रम पछि मैले लेख्नथाले तर फेरि अरुले लेख्ने भएनन् जस्तो लागेको थियो तिमीले लेख्न थालेछौ साहित्य आत्मिय पीडाबाट प्रस्फुटन हुने कुरा हो भन्दै आफ्ना अतितका पानाहरु पल्टाउन थाल्नु भयो।
हेरबाबु म पनि कवि बनेर जन्मेको होईन खेतबारीमा काम गर्दै, गोठालो खेतालो गर्दै ,लालीगुराँश,काफल,ऐसेलु, कटुस र तिदु खादै हिँडियो।कवाजितको भाषा पाठशाराबाट प्रारम्भिक शिक्षा शुरूगरेँ र त्यो पूरा गरेपछि चौधसालमा काठमाण्डौँ आएँ र जुद्धोदय हाईस्कूलमा पढ्न थालेँ।आर्थिक भारले किचिएर थिलो थिलो भएँ। दिउँसो रत्नपार्कमा गीत गाएर पैसा जम्मा गर्ने र अरु पाएको जे काम पनि गर्ने र राती पढ्ने गर्थे।
आठ कक्षासम्म जुद्धोदयमा पढेपछि आर्थिक भारले थिचिएर पढ्न नसक्ने भएँ।त्यसैले बरु कुनै काम पाएपनि हुन्थ्यो भनेर हिँडि रहेको थिएँ भाग्यले हेटौडामा आर.टी. ओ. नामक संस्थामा जागिर पाएँ।जागिर गर्दै हेटौडाबाटै SLCपास गरेँ।
         RTO को अनुभवले काठमाण्डौँ आएरNCCमा जागिर पाएँ।त्यो पनि छुट्यो।पछि एक्काईस सालमा साझा यातायातको सहायक भएर काम गर्दै नेशनल कलेजबाट अति दु:खले स्नातक पास गरेँ।काठमाण्डौँमा कोही आफन्त थिएनन्।मेरो परिश्रमको फल हो या ईश्वरको अनुकम्पा भनौँ या भाग्य जापानबाट नेपाल आउने जापानी हरूलाई नेपाल आउनु अघि दिईनेOrientation training (नेपाली भाषाको पूर्वाभिमुखिकरण तालिम)दिन जाने अवसर मिल्यो।दुईवर्षसम्म जापानमा पढाएर बस्दा जापानको सोफीया विश्वविद्यालयबाट अर्थशास्त्रमा M . A पासगरेँ।जापानबाट अध्ययन पूरा गरेर फर्केपछि राजा वीरेन्द्रबाट साझा केन्द्रिय संगठनको सदस्य सचिव पदमा एकतीस सालमा मनोनीत भएँ। शुरू देखि नै साझा संस्थाको सेवा गर्दै आएको थिएँ।नेपाली,English, जापानी र हिन्दी भाषामा ज्ञान भयो।त्यसैमार्फत साहित्यको सेवा गरिरहे।गाउँका लाहुरेहरुले मखमलका चोला आमा पत्नीऱूलाई ल्याई दिदा मेरी आमाले पनि रहर गर्नु भएको थियो यो कान्छाले एउटा मखमलको चोलो ल्याउछ की भनेको सधै रित्तै आउछ भन्नु हुन्थ्यो।त्यसैले मैले जापानमा केहि पैसा संचित गरेर एउटा मखमलको चोलो किने तर त्यो चोलो आमाको हातमा दिन नपाउदै आमाको स्वर्गारोहण भयो (हामी काका भतिजका आँखा आँसुलेभरिए) म चोटले पागल जस्तै भएँ र झनै लेख्न थाले।हाम्रो गाउँ घरका रोदी,नाटक,बालुन, चाँडपर्वमा पिङखेल्दा र वनमा गोठालो जाँदा गाउने गीतहरु राती सुत्ने वेलामा आमा-बुबाले सुनाउने लोक कथा तिनै त साहित्य रहेछन्।
        पैसाको अति संकट परेको वेला सोह्रसालमा महाकवि देवकोटाको निधनको चोट सहन नसकेर "जानुभयो देवकोटा कवि नेपालीलाई टुहुरो पारेर" भन्ने गीत लेखेर त्यहि सालको दशैमा पैसाको अभाव हुँदाहुँदै पनि गीत छपाएँ र दश पैसा मूल्य राखेर बिक्रि गरेँ। कहिले शोभा भगवती, कहिले टुडीखेल, र रत्नपार्कको छेउछाउ आफै गाउदै हिडेर बिक्रि गरे जसले मेरो अध्ययनमा केहि सहयोग गर्यो। चोवीस सालमा "रहर लागेर" नामको कविता संग्रह प्रकाशन गरेँ। एकचालिस सालमा "पहाडदेखि पहाडसम्म" कविता संग्रह नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरिदियो।त्यसरी खाते जस्तो जीवन बिताउदै साझाको कन्डक्टर र साझा कै सदस्य सचिव र अध्य्क्षसम्म भएँ।पछि राजा वीरेन्द्रबाट अनुमति लिएर साझाको पदबाट राजिनामा दिएर त्रिचालीस सालको वैसाखमा भएको रा.पं.स.को चुनावमा तनहूँबाट बिजयी भई शिक्षा सहायक मन्त्री बनेँ।"नफूलेका फूलहरू"कविता संग्रहले साझा पुरस्कार पायो।'म त लालीगुराँस भएछु'गीत पनि सर्वाधिक चर्चित भयो अन्य प्रकाशित कविता संग्रहरु"फेरी एउटा परिवर्तन","तर देश हारीरहेछ" "अकविता" जस्ता दर्जनौ र आधा दर्जन भन्दा बढी जापानी बुकलाई नेपाली भाषामा अनुबाद गरेको छुँ।
       पढ्ने रहर बोकेर नारायणहिटी राजदरबारमा जाने इच्छाले नेपाली सेनामा भर्ती भएको थिएँ तर भक्तपुरको तालिममा परे पछि छ महिना तालिम गरेर पढाईको सपना अधुरै देखेर छोडि दिएँ अहिले आफैले संचालन गरेको नेपाल कलेज अफ मेनेजमेन्टको अध्यक्ष छु' भन्नुभयो त्यो दिन राती अबेरसम्म काका भतिजका साहित्यका कुरा भए। मलाई पनि उहाँको भतिज भएकोमा गर्व लाग्यो र त्यहि गफलाई साहित्यको मधुरस मिसाई हजुरहरूमा अर्पण गरेको छु |
                                                       - महादेव अधिकारी
                                                       काठमाण्डौँ,हाल-यु.ए.ई.