![]() |
- ऋषिराम लम्साल स्याङ्गजा,हाल- यु.ए.ई. |
जे गर्नु पर्नेछ गर्छ उसैले
तर थाहा छैन गर्छ कैले
दुई चार लाख टक्र्याउ त,
जस्तो काम पनि गर्छ ऐले
सबै गड्बड गर्छ उसैले
त्यै पैसाको काम गर्छ पैले।
[आवृति केस्रा ]
२६-११-२०१२
“लाग्यो मोहनी”
देख्दा मनोहर त्यो रुप
बिर्साउने वर्षा र धुप
स्वर्ण लता झैं विचरण
धर्तिमै बिच्छाई अनुप
मनै चञ्चल पार्ने रुप
मुटुमै पसिदियो हुप।
[आकृति केस्रा ]
०९-११-२०१२
"अनौठो"
उड्दै सबै मनको आँधि र हुरिमा
ईच्छा त्यो छ सर्नु अलका पुरिमा
छोडेर जनले धैर्य सवार त्यो
चढ्न खोज्ने कर्म बिना नै धुरिमा
आउँछ मिलेर राग सँगै हुरिमा
जीवन त्यै जन्म मृत्यूको दुरिमा।
०७-११-२०१२
“विधिको विधान”
केरिदियो विधाताले निधारमा
सव आ-आफ्नो कर्मको शृङ्गारमा
भाग्य छ भनि कामै नगरेपछि
उसैलाई दोष दिन्छ बेकारमा
जन्मजात लेखिएको निधारमा
मेट्न सक्दैन कसैले संसारमा ।
०६-११-२०१२