डम्बर तुम्बापो,राज कंडेल र तेज राई जीका केस्राहरु
![]() |
-डम्बर तुम्बापो 'बुद्ध" झापा,हाल-मलेसिया |
“आकर्षण”
वाह..! रुप छ रंग छ,क्या छ डाल
आहा..! हिडाईमा झन क्या छ चाल
उडाउछ फुर् फुर् हावाको झोंकामा
मयूरपंखी सुन्दर त्यो कपाल
हाई..! कति लचकिलो छ त्यो डाल
सृष्टिकर्ता..! गर्यौ नि यो क्या कमाल।
२१-०८-२०१२
वाह..! रुप छ रंग छ,क्या छ डाल
आहा..! हिडाईमा झन क्या छ चाल
उडाउछ फुर् फुर् हावाको झोंकामा
मयूरपंखी सुन्दर त्यो कपाल
हाई..! कति लचकिलो छ त्यो डाल
सृष्टिकर्ता..! गर्यौ नि यो क्या कमाल।
२१-०८-२०१२
“बर्बादी”
आज फेरि हावा चल्यो
सानो आगो हुर्रै बल्यो
सानो आगो हुर्रै बल्यो
बाँकि थियो झिनोतिनो
सिरीखुरी जम्मै जल्यो
सिरीखुरी जम्मै जल्यो
यस्तो कस्तो हावा चल्यो
जीर्ण एउटा घरै ढल्यो।
२२-०५-२०१२
जीर्ण एउटा घरै ढल्यो।
२२-०५-२०१२
**********************************
![]() |
- राज कंडेल 'निराश' गुल्मी,हाल-कतार |
घात गर्यौ बेईमानी
जानेर या नजानी
रोई रहें यादमा ,
भिज्यो मेरो सिरानी
संसारै छ बेईमानी
रहे छु म अज्ञानी।
०६-११-२०१२
*****************************************
"पराक्रम"
आफ्नै घरको छानो बालेर
मानवीय स्तम्भ नै ढालेर
नदेखाउ भयो पराक्रम
आमा माथि संगिन फालेर
जनतामा आक्रोश बालेर
खाल्डोमा सबैलाई हालेर।
१०-०९-२०१२
"अरबे"
आफ्नो मूल्य आफै लाएर
सात समुन्द्र नै धाएर
बालुवामा भेडा गोठाला
छाकमा खबुस खाएर
आफ्नै घरको छानो बालेर
मानवीय स्तम्भ नै ढालेर
नदेखाउ भयो पराक्रम
आमा माथि संगिन फालेर
जनतामा आक्रोश बालेर
खाल्डोमा सबैलाई हालेर।
१०-०९-२०१२
![]() |
- तेज राई खोटांग,हाल-यु.ए.ई. |
"अरबे"
आफ्नो मूल्य आफै लाएर
सात समुन्द्र नै धाएर
बालुवामा भेडा गोठाला
छाकमा खबुस खाएर
ज्यानको याँ बाजी लाएर
टिप्छ पैसा अरब आएर।
०८-०९-२०१२