![]() |
- मन कुमार पारघरी "तुखेसा" तेह्रथुम,हाल-कतार |
भत्किएको पुल
सुकि जाने मूल
धर्तिमा जन्मिनु
भयो ठूलो भूल
तरि जाने पुल
झरि जाने फूल।
"बैगुनी"
बिर्सेछौ नि गुन
भूल्यौ आफ्नै खुन
हिजोसम्म तिम्ले
खायौ मेरै नून
सम्झेनौ नि गुन
रोजी गयौ जून।
"सम्झनामा"
मलाई सम्झि नरुनु
आँसुले मन नधुनु
मेरो यादमा डुबेर
पागल तिमी नहुनु
कहिल्यै पनि नरुनु
तस्बिर मेरो नछुनु।
२२-१०-२०१२