- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday, 20 December 2012

सन्दर्भ:- पृथ्वी प्रलय-३

सन्दर्भ: पृथ्वी प्रलय - 'के भन्छ भयवाद र केस्रा '

       २१ डिसेम्बर २०१२  प्रति आम मानिसमा छाइरहेको त्राससंग भयबादको सम्बन्ध र अपेक्षा कस्तो छ।बिस्तृत छोटकरीमा जान्न सकिन्छ।
जीवनसँग गाँसिएको यो प्रश्न जो जससँग सम्बन्धित छ:
क].  १) उत्तर आधुनिकता    २) मार्क्सवाद    ३) अस्तित्ववाद    ४) विकासवाद    ५) मास्लो      ६) विभिन्न धर्महरू
ख]   १) आयामेली    २) लीला लेखन    ३) सृजनशील अराजकता    ४) विशेष रंगवाद    ५) उत्तरवर्ती सोच    ६) मुक्ति अभियान    ७) अमूतबोधी दर्शन    ८) केस्रा     ९) रेखा कविता    १०) नयाँ चेतना
      धेरै छुटेका होलान् । माफी चाहन्छु । यो प्रश्नले वैचारिक कुश्तीको मैदान निर्माण गरेको छ । कसले कसरी आफूलाई मजबूत सावित गर्ने हो । यस्तो वैचारिक विमर्शले सबैलाई फाइदा पुग्छ भन्ने आशयले मैले विचारक, पाठक, पत्रकार, समालोचक सबैलाई आव्हान गरेको हुँ । अनुरोध छ वैचारिक तहमै गोलमेच गरौ ।

प्रश्नमा मेरो उपप्रश्न अरुलाई:
१. उत्तरआधुनिकताको अर्थको खेल र केन्द्रहरू कता होलान् -
२. समाजको निर्माण वर्ग संर्घष्ाले निर्माण हुन्छ भन्ने मार्क्स र एङ्गेल्सको वर्ग कता होला यो प्रश्नमा -
३. अस्तित्वादी सात्रे र कामूले कसरी छनौट गर्लान् जीवनको -
४. चार्ल्स डार्बिनले कसरी प्राकृतिक छनौट गर्लान् -
५. अब्राहम मास्लोको कता प्रयोग हुन्छ आवश्यकताको सिद्धान्त -
६. धर्महरूः हिन्दू, बौद्ध, जैन, किरात, क्रिश्चियन, मुस्लिम लगायत अरु

तपसील:
प्रश्न भयवादलाई र माथिका सबैको प्रश्न भयवादलाई ।
      सान्दर्भिक प्रश्न २१ डिसेम्बर २०१२ को लागि ।धेरैको मनमा यस्तो जिज्ञासा उठेको हुन सक्छ । फेसबुक, पत्रपत्रिका, वेव साइड, टेलिभिजन सबै भरिएका छन, जिज्ञासा, त्रासका खबरहरूले । यो दिन पृथ्वीको प्रलय हुन्छ भन्ने हल्ला चलेको वर्ष दिन भयो, धेरै फिल्म कम्पनीहरूले फिल्म बनाएर पैसा कमाए ।
पृथ्वीको प्रलय दर्गम गाउँ, मजदुर, किसानको कानमा किन परेको छैन।  

भयवादमा एउटा सुत्र छ, जीवन-चेतना-ज्ञान-भय-संज्ञान :
      यो घटनामा सुत्र नं. ३ ज्ञान लागू हुन्छ । जो मान्छेलाई यो संभावित घटनाबारे थाहा भयो । उसलाई भय भयो । उसले अरुलाई सुनायो । अरुलाई पनि भयो । यो फैलिन्दै गयो र संसार ढाक्यो । यथार्थभन्दा पर हल्ला भ्रमले । दुगम गाउँमा सञ्चार पुगेको छैन । उनीहरूलाई थाहा छैन र यो हल्लाले तर्साउदैन।
      उत्तर आधुनिकताको अर्थभित्र पसेर भयवादले अर्थको खेल खेलेको छ । अर्थहरू चिप्लिन्छन् मान्दछ, विरोधाभासी पद मान्दछ । सबै मान्दछ तर भयवाद तर्क गर्छ अर्थहरू अनुकरण, नक्कल हुन्छन् भन्दछ । अर्थको निर्माण दर्ूइ किसिमले हुन्छ, प्राकृतिक र मानवीय । जसरी निर्माण भएको भएपनि पछि अनुकरण हुन्छन् । पृथ्वीको प्रलय हुदैछ भनेर कसैले हल्ला फैलाए । त्यो हल्लाको अनुकरण हुदै आयो । हामीसम्म आइपुग्दा डरलाग्दो, मरिन्छ, पृथ्वीको नाश हुन्छ भनेर आयो । यो अनुकरण हुँदै आएको हो । हामीले बनाएको होइन । हामीले यसलाई केलाएर पनि हेरेनौ, हेर्दैनौ । जसरी बिरालोले बाटो काट्दा अनर्थ हुन्छ, स्याल करायो कोही मर्छ भन्ने अन्धविस्वासको अर्थजस्तै । यस्तो अर्थहरू, अन्धविस्वास, भ्रम धेरै हुन्छन् । यसमा वर्ग संर्घष हुँदैन र ८० प्रतिशत यस्तै हल्लाले समाज चलेको हुन्छ । यस्ता हल्ला चलाउने फाइदा लिने मान्छे हुन्छ । मार्क्स र एङ्ल्स भन्छन, यस किसिमको भ्रमपर्ण चेतना शासक वर्गले फैलाएको हुन्छ । यस्तो भ्रम फैलाएर तर्साएर सधैँ शासन गर्ने सिद्धान्त । अहिले यो घटनामा आधारित धेरै फिल्म बनेको छ । उनीहरूलाई बढी फाइदा भएको छ । नवमाक्सवादी एन्टेनीयो ग्राम्सी भन्छन्, मान्छेलाई हेजेमोनाइज्ड गरेको हुन्छ । अर्थ यो जन्ममा मैले भारी नै बोक्नु जन्मेको हुँ र बोक्नु पर्छ भन्ने स्वीकारोक्ति विस्वास । उनीहरूको अनुसार यस्तो भ्रम फैलाउने डर देखाउने र शासन गर्ने गर्दछन् । डार्विनको सबैभन्दा मानिएको सिद्धान्तमा को मर्ने को बाँच्ने प्रकृतिले निर्धारण गर्छ । भयवाद यसलाई मान्दैन । प्राणीले आफू बाँच्नलाई आफैले उपाय गर्छ र बाँच्छ । यो घटना घटेको भएपनि मान्छेले बाँच्ने अन्तिमसम्म उपाय गर्थ जसरी कुनै रोग, घटनाबाट गर्ने गर्छन् । यो सबै भयको कारणले हो । मास्लोको आवश्यकताको सिद्धान्त अनुसार उसका ६, ७ आवश्यकता पुरा भएपछि मान्छे आनन्दले बस्नु पर्ने हो, सुत्नु पर्ने हो । तर सबैभन्दा धनी मान्छे, शक्तिशाली मान्छेलाई किन भोकतिर्खा लाग्दैन - भयले हो । र धर्महरू जस्तो सुकै समस्या, पीर, भय उत्पन्न भएपनि आफूलाईर् इश्वरको र्समर्पण गर्छन् तर पनि उनीहरूको भय समाप्त भएको हुँदैन । कतिले पुजा गरेको, भाकल गरेका होलान्, पैसा चढाएका होलान्, यस्तो समस्यामा । फेरि पनि उसको भय जिउँदै हुन्छ । भयवादको पाना नं ६१ मा भयको प्रकारको व्याख्या छ । त्यो व्याख्या:

५. कृत्रिम भयः
       वास्तविक वस्तु, समस्यासित टाढा रहेर हुने भय कुत्रिम भय हो । रुढिवादी, अन्धविस्वास, धर्मसंस्कार वास्तविक जीवनबाट टाढा हुन्छ । यसको रंग र रूप पनि केही हुँदैन । तथापि यसले मान्छेलाई भयभीत बनाउँछ । यही हो कृत्रिम भय । यही हो मनको ठूलो बाघ । बिरालोले बाटो काट्दा केही पनि हुँदैन, त्यस्तै सपना नराम्रो देख्दा पनि केही हुँदैन । बिरालोले बाटो काट्दा अनर्थ हुने, दाँत झरेको सपना देख्दा कसैको मृत्यु हुने, स्याल, कुकुर रोयो भने अशुभ हुने, अन्धविस्वास, रुढि कुरा हुन् । कतिपय शंका र भ्रमहरूले पनि मान्छेलाई भयभीत बनाइरहेको हुन्छ । डोरीलाई र्सप मानेर हामी जसरी डराउँछौ त्यस्ता र्सप हाम्रो समाज, संस्कारमा छ । त्यो वास्तविक हुँदैन र त्यो डोरी हो भनेर थाहा पनि पाउँदैनौ । त्यो हामीलाई र्सप नै लाग्छ । जतिबेलासम्म र्सप लागिरहन्छ त्यतिबेलासम्म डराइरहन्छौ । यो डोरी हामीलाई जीवनभरि नै पनि र्सप लाग्न सक्छ । तर जुनदिन हामी डोरी हो भन्ने थाहा पाउँछौ, हामी अँध्यारो र भयबाट बाहिर निस्किन्छौ । हामी नसुरद्दिनको गधाजस्तो ठान्छौ आफूलाई र कसैले बाँधिरहेको भ्रममा पछौँँ । यस्तो डोरर्ीर्सपले हामी चारैतिरबाट बाँधिएका छौँ । घेरिएका छौँ । रोग लागेको जस्तो महसुस हुनु, कसैले पछयाइरहेको जस्तो हुनु, घरसम्पत्ति नाश भएको जस्तो लाग्नु, बाटोमा हिँड्दाहिँड्दै घरमा कसैलाई केही भयो कि हुनु काल्पनिक भय हुन् । यस्ता भय हाम्रो अगाडिपछाडि चोरैतिर छन् । यिनीहरू वास्तविक होइनन् र घटना पनि होइनन् । तर यसले त्यसै-त्यसै भय दिइरहन्छ र हामी भयभीत भइरहन्छौ । यसलाई केही पनि होइन, भ्रम मात्र हो भन्ने विस्वास जगाउन सके साना भय त कम हुन्छन् नै ठूला भय पनि सानो हुन सक्दछ ।
       यसै भयमा शंका, भ्रम भय पनि आउँछ । शंका र भ्रम भयमा केही फरक छ । रूखको ठूटालाई भूत देख्नु भ्रम हो । त्यही रूखको ठूटालाई भूत पो हो कि भनेर हेर्नु शंका हो । घरमा श्रीमान वा श्रीमति, कोही मान्छेसित देख्नु भ्रम हो । कसैसित लागेको छ कि भनेर विचार गर्नु शंका गर्नु हो । डोरीलाई र्सप देख्नु भ्रम हो भने डोरीलाई र्सप हो कि भनेर नियालेर हेर्नु शंका गर्नु हो । यस्ता शंका र भ्रमको कारणले धेरै किसिमको भय पैदा गर्दछ । भय निराकरण गर्ने सर्न्दर्भमा विभिन्न घटना घटने गर्दछ । "शंकाले लंका जलाउँछ" भने झैँ यसको कारणले पनि हामी धेरै घटना घटेको पाउँछौ र आफैपनि खिइन्दै गएको पाउँछौ । शंकाको कारणले पनि कतिपय युद्ध, हत्या, आत्महत्या, आमहत्या हुने गर्दछ । शंका हेदा र सुन्दा सामान्यजस्तो लागेपनि योभित्र ठूलो विनाशकारी भय लुकेको हुन्छ । शंका आफैमा सुरुङ हो जति खोतल्यो, त्यति भय निस्किने । शंका कम हुनासाथ धेरै हत्या, हिंसा, अराजकता कम हुन जान्छ । जसरी समस्या, चिन्ता, दुःख, रोग, मृत्यु, सम्पत्ति, भोकमा एकै प्रकारको भय हुँदैन, त्यसरी नै शंकामा पनि एकै किसिमको भय हुँदैन । भयका स्रोतहरू जति छन्, ती सबै विषयमा एकै सिद्धान्त मात्र लागू हुने होइन, एउटै विषयमा विभिन्न सिद्धान्त लागू हुने गर्दछ । कुनै शंकामा न्युन भय होला, कुनै शंकामा अधिक । तर भय हुन्छ नै । त्यस्तै हो समस्या, चिन्ता, दुःख, रोग, मृत्यु, शत्रु इत्यादि । यही नै हो कृत्रिम भय ।

भयमा भयार्थको खोज:
      अर्थको परिभाषा, बन्ने आधार, व्याख्या, विश्लेषणको महाजंगल छ यतिखेर । अरु अर्थहरू बनेको जस्तै भयको अर्थ पनि बन्दछ । भय पहिला हुन्छ कि शब्द - यो प्रश्न हाम्रो अगाडि छ । मान्छेलाई हुने भयको अनुभूतिलाई शब्द, सङ्केतमा उतारियो र त्यो उतारिएको शब्द, सङ्केतले त्यो भयको अर्थर् बोक्यो । बोकेको अर्थ चिप्लिन्दै वा स-सङ्केतक प्रवृत्ति बनेर आउँछ । भूत भन्नासाथ भयको अर्थ आफै बुझन थालिन्छ । केही शब्दहरू यस्ता छन् जसले भय नै बोकेर हिँडिरहेका हुन्छन्- भूत, प्रेत, ड्राकुला, र्सप, बाघ, भालु, हत्यारा, अपराधी । यी शब्दहरूको अर्थ आफै भयभीत गर्ने अर्थमा अर्थिन्छ । त्यस्तै केही रंग, केही सङ्केत यस्तै छन्-जसले भयको अर्थ नै बोकेर हिँड्छ । कुनै घरमा कुकुरदेखि सावधान भनेर लेखेको छ र कुकुरको चित्र बनाएको छ भने त्यसको अर्थ त्यहाँ डरलाग्दो, हिंस्रक कुकुर छ भन्ने हुन्छ । कतिपय ढोकामा त कुकुरको चित्र मात्र हुन्छ । यस्तै हवाइजहाज, पानी जहाज, कुनै मेशीनरी यन्त्रमा रातो बत्ती बल्यो भने त्यसको अर्थ खतरा भन्ने बुझिन्छ । यो अर्थ हामीले बनाएका होइनौँ । सुन्दै, बुझदै आएका हौँ । यस्ता भयभीत गर्ने अर्थहरू धेरैतिरबाट आएका हुन्छन्-विशेष गरी माथिका ५ आधारहरूबाट । भय मात्र यस्तो विषय हो शब्द, सङ्केत, इशाराले नै भय हुने र्।र् इष्र्या, क्रोध, लोभ, शंका हुनलाई कम्तिमा पनि केही क्रिया हुनर्ुपर्दछ । तर भयमा नभएपनि हुन्छ । वास्तवमा धेरैजसोर् इष्र्या, क्रोध, चिन्ता, हीनताबोध, शंका, लोभ भयका विरोधीमासी पदानुक्रम हुन् ।
कसैले कालो डरलाग्दो वस्तु देख्छ वा कल्पना गर्छ । सोच्छ, त्यस वस्तुलाई के नाम दिने जसले त्यो वस्तुको अर्थ बोकोस । अनि अर्थ समेतको नाम दिन्छ, कहिले नामले अर्थ खोज्छ, कहिले शब्दले अर्थ । परिस्थिति अनुसार अर्थ सङ्केतक र साङ्केतितमा उलटपुलट हुन्छ । सधैँ सङ्केतक र साङ्केतित नै हुनर्ुपर्छ भन्ने अकाट्य छैन । डि सस्युरको सङ्केतक साङकेतिततालाई डेरिडाले उल्टाएर हर्ेदा अर्थमा उथलपुथल नै भयो ।
सबै अर्थ आत्मपरक हुन्छ, अर्थपरक हुँदैन । यी अर्थ व्यक्ति वंश, जाति, ठाउँ, समय अनुसार फरक हुँदै जान्छ । अनिश्चित हुँदै जान्छ । र्सर्दैजान्छ, खिइन्दैजान्छ, थपिन्दै जान्छ । अनि इलेक्ट्रोन, प्रोटोन जस्तै शून्यमा बिलाउँछन् । शङ्कर लामिछानेको एब्स्ट्रयाक्ट चिन्तन र प्याजको व्याख्या गर्दै सञ्जीव उप्रेती लेख्छन्-"प्याजका पत्रहरू छोडाउँदै लग्यो, नयाँ पर्त देखा पर्छन् । ती पनि उप्किन्छन् र बाँकी रहन्छन्, केवल शून्य ।"७ अर्थहरू पनि ठोस वस्तुजस्तै हुन् । निश्चित समयसम्म अस्तित्व भएको । निश्चित समयपछि अर्थहरूको मूल अर्थ लोप भएर अर्कै अर्थमा अर्थिन थाल्छन् । यही नै हो अर्थको जीवन । भय पनि यस्तै अर्थ हो । हामीले अगाडि नै सुनेको, बुझेको, जानेको अर्थले हामीलाई भय दिन्छ । जुन अर्थ हामीले अगाडिदेखि जान्दै आएका हुन्छौँ त्यो अर्थले हामीलाई भय दिन्छ । मृत्यु देखेर हामी डराउँछौँ, वास्तवमा मृत्युबारे जान्नु नै अर्थ हो । त्यही अर्थले हामीलाई भय दिने हो । मृत्युको अर्थ फूल भनेर जानेको भए, डराउनु पर्ने कारण थिएन, सहर्षस्वीकार गर्नुपर्ने थियो । तर मृत्युबारे अनेकौँ कष्टदायक किमदन्ती, लोककथा सुन्दै आएका छौँ । कष्टपर्ूण्ा मर्दै गरेका मान्छे देखेका छौँ । त्यो सुनेर, देखेर हामीलाई भय हुन्छ । त्यस्तै भयानक रोग, आणविक हतियारको अर्थ थाहा नभएको भए, हामी डराउनु पर्ने कुनै कारण थिएन । ती वस्तुको बारेमा थाहा भएपछि भय हुन थाल्छ । कुनै पनि वस्तुको बारेमा ज्ञान हुनु भनेको अर्थ थाहा पाउनु हो । बिना अर्थको ज्ञान हुनै सक्दैन । त्यसैले मैले भयको सुत्रमा भनेको छु जीवन-चेतना-ज्ञानर्-अर्थ)-भय-संज्ञान । यसरी वस्तुको जब अर्थ खुल्दै जान्छ, भयभीत गर्ने अर्थ भए आफै भयभीत गर्छ । भयभीत नगर्ने अर्थ भए त्यसमा शंका, चिन्ता, मोह इत्यादि मानवीय स्वभाव थपिन्दै गयो भने भयभीत नगर्ने अर्थले पनि भय दिन थाल्छ । डि सस्युर, लकाँ, डेरिडा लगायत धेरै दार्शनिकहरूले चिप्ल्याउँदै ल्याएको अर्थलाई भयमा राखेर पनि अर्थ्याउन सकिन्छ ।
तर घटना, दुर्घटनामा यो नियम लागू हुँदैन । अचानक गाडी पल्टियो, आगो लाग्यो भने पहिला यहाँ कुनै अर्थ हुँदैन, घटना हुन्छ । यो घटनाले भय दिन्छ । अब यो घटना क्रमशः अरुको लागि भयभीत गर्ने अर्थ बन्छ । यसरी नै अर्थको निर्माण हुन्छ, निर्माण भएको अर्थ चिप्लिन्दै जान्छ, त्यसको विरोधाभासी पदानुक्रम बन्दै जान्छ, पुरानो मेटिएर नयाँ बन्दै जान्छ । अन्डर इरेजरमा डेरिडाले भनेजस्तो एउटा यस्तो कागज जुनमा एकपल्ट लेखिएको अक्षरहरू पर्ूण्ा रूपले कहिले पनि हराउँदैनन् । बरु नयाँ अक्षर लेखिन थालेपछि ती पहिले कोरिएका अक्षरहरू तल अदृश्य हुन्छन् । तर मेटिन्दैनन् न हराउँछन् नै । बरु भित्रभित्रै शब्दका अर्थ तथा विचारका पत्रलाई प्रभावित पारिरहन्छन् ।त्यही कागतमा लेखिने नयाँ अक्षरलाई त्यसले भित्रैबाट प्रभाव पारिरहेको हुन्छ । अर्थहरू पनि यस्तै हुन् । भयका अर्थहरू पनि यस्तै हुन्, त्यही अर्थलाई बुझेर हामी भयभीत हुने गर्दछौँ ।
क्षेत्रगत भय, मनको बाघ, भयको पीडामिड, लगायत धेरैमा यो सर्न्दर्भ जोडेर व्याख्या भएको छ।
                                                                      - देश सुब्बा [लेखक 'भयवाद' प्रवर्तक हुनुहुन्छ ]
******************

‘केस्रा’ दृष्टिकोण:
      साहित्यको विधागत रुपमा ‘केस्रा’विधाको प्रतिपादन भएको हो।यसको प्रमुख विशेषता भनेको कुनै पनि विषय वा घटनाको सूक्ष्म अवस्थाको गहिर्याईमा पुगी त्यसको वैचारिकता उद्गार गर्नु हो।विषय वा घटनाको विमर्श गर्दा त्यो नै सबैको लागि अन्तिम सत्य नहुन सक्छ तर सो अवस्था वा सन्दर्भको लागि भने रचनाकारको अन्तिम निष्कर्ष अनिवार्य हुनु पर्दछ।सामान्यतय: हरेक विषय वा अवस्थाको दुई पक्ष हुने गर्दछ,सकारात्मक वा नकारात्मक,ठीक वा बेठीक,हुन्छ वा हुँदैन आदि।द्वुविधा वा तटस्थ स्थितिमा कुनै पनि परिणाम उपलब्ध हुन सक्दैन।यो उपायको निक्यौल होईन,बरु जटिलता हो।यसले विषय वा घटनाको प्रतिनिधित्व गर्न सक्दैन।
     लेखकले आफ्नो रचनामा अनेक विषय वा परिस्थितिमा फैलाएर लेखेता पनि अन्ततः एक निष्कर्षमा टुंग्याउने गर्दछ या कुनै एक निष्कर्षको लागि बलियो आधारमा संकेत दिने गरेको हुन्छ।ति अनेक विषय वा परिस्थितिबाट छुट्टा-छुट्टै निष्कर्ष दिन पनि सकिन्छ तिनै निष्कर्षहरू केस्रा हुन्।जस्तो कि:- ऊ हिजो साह्रै गरिब थियो,समयक्रमसंगै आज धनि भयो अथवा ऊ हिजो साह्रै धनि थियो,समयक्रमसंगै आज गरिब भयो।हिजोबाट आजको अवस्थासम्म आइपुग्नको लागि विविध अवस्थाको सामना गर्नु परेको हुन्छ।केस्रामा ति विविध अवस्थाहरु विषय हुन्।

विषय: केस्रामा पृथ्वी प्रलय
यतिबेला पृथ्वी प्रलयको हल्लाले सबै भयभित भइरहेकाछन्।बहस चलिरहेकोछ।केस्रामा पृथ्वी प्रलयलाई तीन विषयमा विभाजन गर्न सकिन्छ: १) सम्भव २) असम्भव र ३) अनुमान
१) सम्भव: - पृथ्वी प्रलय हुनसक्ने आधारहरुसंगै वैचारिक निष्कर्ष।
२) असम्भव:- पृथ्वी प्रलय हुन नसक्ने आधारहरुसंगै वैचारिक निष्कर्ष।
३) अनुमान:- पृथ्वी प्रलय हुन सक्ने वा नसक्ने।
                  क) हुन सक्ने अनुमान:- पृथ्वी प्रलय हुने आधारहरुसंग सहमत हुँदै सांकेतिक भाव दर्शाउनु।
                  ख) हुन नसक्ने अनुमान:- पृथ्वी प्रलय नहुने आधारहरुसंग सहमत हुँदै सांकेतिक भाव दर्शाउनु।
                                                                                                           - मौलश्री लिम्बू