आङ्देम्बे राज “सहयात्री” जीका केस्राहरु
![]() |
- आङ्देम्बे राज “सहयात्री” पाँचथर,हाल-मलेसिया |
विश्व जित्ने वीरमान
कम्जोडी चाँही नठान
लेखेकै छु इतिहासमा
अफ्नो छुट्टै पहिचान
सहँदिन अपमान
गोर्खे मर्द भनि जान।
"प्रेम पत्र"
तिमी बिना ज्यान के र ?
जान्छ होला त्यसै खेर
स्वप्ना पनि रोइ दिन्छ
आधा राति ब्युँझिएर
पत्रको जवाफ केर
नगर है कतै देर ।
२०-०९-२०१२
“प्रभाव”
लुकेर हेर्यौ मायाले डस्यौ
यो मन भित्र सुटुक्कै पस्यौ
अभावै थियो जिन्दगी मेरो
शीतको थोपा बनेर खस्यौ
मुटुमा मेरो क्या मिठो डस्यौ
अमिट छाप बनेर बस्यौ ।
१९-०९-२०१२
“ठूली”
गुलाफ जस्तै वैंशले फूली
बनेर तिमी सबैको प्याउली
फेरीयो तिम्रो रुप र रङ्ग
सुस्तरी छायौ धर्तिमा खुली
ओँठमा लालि नाकैमा फूली
भएछौ अब तिमी त ठुली ।
०१-०९-२०१२
"सन्देश"
मेरी प्राण भन्दा प्यारी
म छु आज क्षितिज पारी
मलाइ सम्झी नरुनु है
सम्झानामा आँशु झारी
अर्को साल आउँछु प्यारी
बस्नु मन नबिगारी ।
गुलाफ जस्तै वैंशले फूली
बनेर तिमी सबैको प्याउली
फेरीयो तिम्रो रुप र रङ्ग
सुस्तरी छायौ धर्तिमा खुली
ओँठमा लालि नाकैमा फूली
भएछौ अब तिमी त ठुली ।
०१-०९-२०१२
"सन्देश"
मेरी प्राण भन्दा प्यारी
म छु आज क्षितिज पारी
मलाइ सम्झी नरुनु है
सम्झानामा आँशु झारी
अर्को साल आउँछु प्यारी
बस्नु मन नबिगारी ।
"मान्छे"
दुःखः पर्दा झर्किएर
न त हेर्छ फर्किएर !
दुखेको त्यो घाउ भरी
नूनचूक छर्किएर ।
आपतमा झर्किएर
जान्छ मान्छे तर्किएर ।
२८-०८-२०१२
दुःखः पर्दा झर्किएर
न त हेर्छ फर्किएर !
दुखेको त्यो घाउ भरी
नूनचूक छर्किएर ।
आपतमा झर्किएर
जान्छ मान्छे तर्किएर ।
२८-०८-२०१२