![]() |
-केशर सुब्बा पाँचथर |
नजाउ एक्लो छोडेर !
खाको कसम तोडेर !
आशा दिएर मलाई !
नहिड पाइला मोडेर !
कतै नजाऊ छोडेर !
अन्तै साइनो जोडेर
१९-०९-२०१२
"प्रेम"
लगायौ क्यारे मोहनी टुना !
भरेर बस्यौ मुटुको कुना !!
एकै छिन भुल्न सकिन मैले !!
छिपिन्दै गयो मायाको मुना !
लगायौ तिम्ले मोहनी टुना !!
कसायौ भित्री मायाको तुना !!
०४-०९-२०१२
"विलाप"
रुवाउनु सम्म रुवायौ
पीडा जती सबै खुवायौ
विना गल्ती मलाई तिम्ले
मेरो सारा आँशु चुवायौ
प्रिय यतिसम्म रुवायौ
आँशुले नजर धुवायौ !
२६-०८-२०१२
रुवाउनु सम्म रुवायौ
पीडा जती सबै खुवायौ
विना गल्ती मलाई तिम्ले
मेरो सारा आँशु चुवायौ
प्रिय यतिसम्म रुवायौ
आँशुले नजर धुवायौ !
२६-०८-२०१२
"लगन"
अझै जीवन छ खाली
यो मङ्सिरमा छ पाली
भित्र्याउने सुर मेरो
उ सोझो अनि छे काली
अझै जीवन छ खाली
यो मङ्सिरमा छ पाली
भित्र्याउने सुर मेरो
उ सोझो अनि छे काली
उस्को सिउदो छ खाली
मेरो दाईकी हुन् साली
३०-०४-२०१२