भयको क्षेत्र :

चित्र नं. २ मा एकै साथ दुइटा चित्रहरू छन्, तल्लो र माथिल्लो । माथिल्लो चित्रमा
जन्म र मृत्यु रेखा, चेतना रेखा र भय मण्डल छन् । चेतना भएपछि ज्ञान हुन्छ र ज्ञान
भएपछि भय हुन थाल्छ । तल्लो चित्रमा साधारण र दुर्घटना अथवा मृत्यु रेखा र भय मण्डल
छन् । बीचमा दर्शन, विज्ञान र धर्म आदिले जोडिएको छ । मान्छेमा जन्मेदेखि
मृत्युसम्म नै चेतनाको मात्रा सँगै भयको मात्रा बढ्दै जान्छ । त्यस्तै कुनै घटना
हुनु अगाडिदेखि घटना हुने समयसम्मै चेतना रेखा जागृत रहन्छ । माथि देखाइएको ज्ञान
रेखा भनेको भय रेखा पनि हो । मृत्युको ज्ञान भएपछि मात्र मान्छेलाई भय हुन्छ ।
संक्रमक रोग, भूलको ज्ञान भएपछि मान्छेलाई भय हुन थाल्छ । चेतना त ऊसित हुन्छ नै ।
तर सम्बन्धित
समस्याको चेतना/ज्ञान नभइन्जेल उसलाई भय हुँदैन । सम्पत्ति, नियम,
कानुन, अनुशासन, रोग हातहतियार सबै थाहा भएपछि मात्र भय हुन्छ । यसरी जन्मदेखि
मृत्युसम्म र साधारण अवस्थादेखि दुर्घटनाको अवस्थासम्म चेतनाको मात्रा अनुसार भय
मण्डलले घेरिएका हुन्छौं । यही भयबाट बच्न अथवा भयको मात्रा घटाउन दर्शन, विज्ञान,
धर्मको सहारा लिइरहेका हुन्छौं । दर्शन, विज्ञान, धर्मले भयको मात्रा घटाउनुभन्दा
पनि सभ्यताको विकास गरिरहेको हुन्छ । जसलाई हामी भयको मात्रा घटेको हिसाबमा मिलान
गरिरहेका हुन्छौं । भयको चेतनाले भयबाट मुक्त दिलाउन नसके पनि भय घटाउन भने मदत
गर्ने छ । जस्तै धुम्रपान, मद्यपान, संक्रामक रोगको आक्रमण, आदि इत्यादिबाट केही
हदसम्म बच्न सकिन्छ । अथवा भयको ज्ञानले जीवनलाई मदत पु-याउँछ । वास्तवमा चेतनाले
ओगटेको बृहतक्षेत्र नै भयको क्षेत्र हो ।
- प्रवर्तक :- देश सुब्बा
हङ्कङ्