- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Sunday 2 February 2014

विजय गुरुङ

       विजय गुरुङ जीका केस्राहरु 

"वेदना”

- विजय गुरुङ
ताप्लेजुङ्ग 
रून्छे न्याउली चरी
ती बन पाखा भरी

बेदना सुनाउछे
यो मनै छुने गरी

एक्लै होलीन्  चरी
लौ घुम्दै आँशु सरी
२८-०५-२०१३

"आँशु"



सम्झेर रून
बिर्सेर गुन

सक्दिन ठुली
म टाढा हुन

चाहन्न रून
छोडेर जुन
२१-०५-२०१३

“निष्ठुरी” 

मेरो साथ छोडेर
बाटो अन्तै मोडेर

भयौ सानु पराई
वाचा सबै तोडेर

याद मात्र छोडेर
पराई घुम्टो ओडेर
१७-०५-२०१३

“तिमी” 

मुटु काटेर
माया साटेर

निस्ठुरी तिमी
गयौ ढाँटेर

डाँडै काटेर
एक्लै आटेर।
०५-०५-२०१३

No comments:

Post a Comment