- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 9 August 2012

बहस- केस्रा प्रतिवेदन

"केस्रा''लेखन औपचारिक घोषणा तथा प्रस्तावना प्रतिवेदन''
                             साथै
"केस्रा" विधाको लागि गरिएको सान्दर्भिक बहस [२०११]

........    .......    ......    ......
........    .......   ......    ........
[जारि बहस:- 'शेर' ,अनुप्रास,को नामकरण ]- मौलश्री लिम्बू [१३-१०-०११]
.....    ........      .......    .........

> प्रभाती किरण :- गजलभन्दा पृथक हुन नसक्ने भए यो कार्यपत्रले भ्रममात्र बढाउँछ । यसलाई प्राथमिकता दिनुहुँदैन । कि यो मौलिक कलेवरमा आओस् हैन भने यसको कुनै औचित्य छैन ।
* :- प्रत्येक हरफमा कति अक्षर भन्ने पनि छ कि रु नत्र त यो तीन शेरको गजल भन्दा के फरक भो र ?
> मनु लोहोरुंग राई :-  भाइ, तपाईंको यो साहित्यिक प्रतिपादनलाई म सम्मान गर्छु l अब हामीले जुन किसिमको साहित्यिक संरचनाहरु गर्छौं त्यसभित्र आँशु र पिडा मात्रै लेखिनु हुँदैन पिडाका विकल्पहरु खोजिनु पर्छ भन्ने मेरो मान्यता हो ! तेसो र तपाईं यो "केस्रा"मा पनि त्यही थिम भए अझै राम्रो हुन्छ भन्ने मेरो वैचारिक मान्यता मात्रै हो है l त्यो बाहेक संरचनागत कुरामा मेरो सिधै सहमति छ है ! यहाँले 'केस्रा' जन्मेर नेपाली साहित्यको उत्थान गर्नु भएकोमा हार्दिक बधाई तथा सफलताको शुभकामना !!!.
* संरचनात्मक रुपले 'केस्रा' गजल भन्दा अलिकति फरक चाहीं छ तर यसको पुन: उठान भनिएकोमा यसलाई अर्कै नाम दिँदा अझै यसको पृथकता बढ्थ्यो कि भन्ने मलाई लाग्यो l तर अझै छलफल गर्दै जान सकिन्छ, समग्रमा केस्राको भाव मन पर्यो भाइ !. निरन्तर लेख्दै रहनु होला शुभकामना !!!.

> खगेन्द्र लिम्बू :-  प्रतिपादन, आविस्कार र प्रयोग उपयोगी होस् भन्ने मेरो सदैब अभिप्सा रहन्छ l यी सप्पै नाम,चर्चा र हल्लाको निमित्त बिना (आधार, गुणस्तर, मौलिकता र उपयोगिता)मा आएको खण्डमा नाजायज ठहरिन्छ l त्यो कसैले दाबी गर्न जरुर हुन्न l खेस्राको बारेमा टिपिएका माथिका बुँदागत कुराहरुमा कुनै मौलिकता देखिन्न l जस्तै: गेडीको प्रथम पद 'उठान' l र अन्तिम पद 'बीट' यसलाई 'बैठान' भनिएको छ l फेरी गजलको सेर झैं दुई पदलाई 'सेर' नै भनिएकोछ l मुक्तक वा रुवाईको संरचनामा आएको छ l अनुप्रास पनि सोहि ढंगले राखिएकोछ l गजलकै टुक्रा जस्तो पनि भएकोछ l
सर्त:- नेपाली साहित्य वाङ्मयमा नयाँ र मौलिक विधाको जरुरत त थियो-थियो छ र गेडीको आविस्कार भयो l यसलाई तपाईंहरु जस्तो प्रयोगधर्मी र प्रतिपादनधर्मिले चर्चा गरेको देखिएन l गेडी फरक शैलीले आएको छ l तर नेपाली नश्लीय बनेकोछ l त्यो सबैले देखिएकै कुरा हो l पुनश्च: यो 'केस्रा' विधा भनिएको परिभाषामा समयको मापदण्ड अनुरुप छोटो भएको कुरा उल्लेखछ l गेडीमा पनि त्यो छ l गेडीले बोकेर ल्याएको वृहतता भन्दा अलि पृथक भएर आएको भए म अझ जुझारु भएर यसको बारेमा लाग्ने थिएँ l नपुग कुरा भए गेडी परिमार्जन हुन तयार थियो l बोत्तल वा नाम
फेरेर पानीको स्वाद फरक हुँदैन l पानीको गुणस्तरमा ध्यान दिनु पर्दछ भन्ने मेरो सरोकार हो l
यो 'केस्रा' अहिले 'खेस्रा' भएकोछ l अलि पृथक र मौलिक विधाको प्रतिपादन र आविस्कार गर्नुहोला मेरो सधैं समर्थन,सहयोग र अपेक्षा जीवित हुने नै छ l त्यसो भएको खण्डमा गेडीले झैं चांडै लोकप्रियता हाँसिल गर्न सक्दछ l अंगति-सुसंगति, आवस्यकता, उपयोगिता, नवीनता, मौलिकता, चारित्रिक आदि कुरालाई मध्यनजर गरेर कुनै पनि कुराको आविस्कार भएको सिर्जनशील कार्यलाई कसैले दाबेर दब्दैन l यो सोचको निमित्त मेरो सलाम र आसेवा


> डा.गोविन्दराज भट्टराई :- मौला भाइ यसलाई नया विधा भन्नु भन्दा नेपाली कविता का अनेक स्वरूपमा एक नया थपीएको आविस्कार गरीएको भन्नु पर्छ गद्य कवता पढ्य कविता मूल स्वरूप भए पद्य कविताका अनेक स्वरूपमा घज़ल, हाइकू, तानका, रुवाई, सीजो, चोका, भनिएझैन् केशरा हुन सक्छा यस्तो खोजी र आविस्कार चलिरहनु पर्छ
* तपाइंको आशय अहिले प्रस्ट भयो अहिले नेपालीमा मात्र होइन बिस्व साहित्यमै यस्ता आदान प्रदानको गति तीब्र छ आविस्कारको गति तीब्र छ सास्कृतिक , सांगीतिक, साहित्यिक, राजनीतिक जीवनका सबै क्षेत्र अब आफ्नो र अरूको मिसियेकै छ फेरी हामीले केही नया सोच्नु आविस्कार गर्नु पनि हाम्रै हातमा छ एकातिर परम्पराको निरन्तरता छ त आर्कातिरा नवीन बाद आन्दोलान बिचारको पनि हामीले आविस्कार गर्दै जानुपर्दछ तिनको स्म्रक्स्याँ र ब्याख्या पनि गर्दै जानु पर्छ कुनै नया बिचार बाद आन्दोलन ले प्रवेश नगरेको भए नेपाली साहित्य यथास्थिमै हुन्थो होला स्वीकार्य भएमा रहन्छ अस्वीकर्यलाई समयले आफै निकाल्छ निश्चिन्त भएर केस्रा को अभियानलाई अघि बढाउनोस मेरो हार्दिक समर्थन छ तर यसको सैद्धान्तिक आधार भने प्रस्ट पार्नु होला प्रत्येक नया चिन्तन र को पक्स्यमा म लड्नेछु धन्य छ मौला भाइ



> गणेश खड्का "प्रतिक्षा" :- नेपाली साहित्यले एउटा अर्को नयाँ बिधा पाउन लागेको र यसलाई जन्म दिने काम मौलश्री जी बाट हुन लागेको जान्न पाउँदा एउटा साहित्यकै बिद्द्यार्थी भएको नाताले बडो हर्ष लागेकोछ मलाई । कुनै पनि सिद्दान्त,बिधा,बिचार र मान्यताको प्रतिपादन आँफैमा एउटा ओज र खोजपूर्ण बिषय हो । 'केस्रा' लेखन औपचारिक घोषणा तथा प्रस्तावना प्रतिवेदन,- पेश गरेर यसका बारेमा प्रस्ट हुने मौका दिलाउनु भएकोमा हार्दिक धन्यवाद !यो बिधालाई 'केस्रा' नामाकरण गर्नुको औचित्य शायद मौलिकताको बलियो खोज र प्रयोग मान्नु पर्दछ । यसर्थ 'केस्रा' को सत्य धर्म निर्वाहको लागि हामीले शत प्रतिशत मौलिकपन दिएर यसलाई नेपाली लोक साहित्य लेखनको सर्वप्रिय बिधा बनाउनु जरुरी छ । मैले यसो भन्नुको मतलव के हो भने,- 'केस्रा' लेखनको संरचना देखी प्रयोग,प्रचलन र व्यवहार सबै सबै मौलिक पहिचान छोड्ने खालको हुनु पर्दछ । 'केस्रा' झर्रा नेपाली शब्द हो, र यसको संरचनाका सबै अङ्ग पनि ठेट नेपाली नै हुनु पर्‍यो । जस्तै- 'शेर' भनिनु त के उच्चारण समेत नहोस् भन्छु म त यसमा । यि केही बिषयहरुमा वहस जारी छ, र अझ धेरै भन्दा धेरै छलफल,बहस र परिक्षण पश्चात सार्थक निछोडमा पुग्नु जरुरी होला ।यो निश्चय नै चानचुने कुरा हुँदै होइन । तर व्यापक अध्ययन,अनुसन्धान र सर्वेक्षण पछी मात्र यसलाई लेखन,प्रयोग,प्रचलन र व्यवहारमा ल्याउनु बान्छनिय हुन्छ । किन भने एउटा बिधाको प्रवर्तनले सिङ्गो साहित्य क्षेत्र,देश,जनता र भावी पुस्ता सबैको भावना मुखरित गर्नु पर्ने हुन्छ । र प्रवर्तकलाई युग-युग सम्म अमर राख्न त्यही बिधा बाँचे मात्र जस मिल्ने हो । जन्मिने बित्तिक्कै मर्नु त तुहिनु सरह हो । नेपाली साहित्यलाई माथी उठाउन अब साँस्कृतिक क्रान्ति नगरि सुखै छैन, त्यसकारण त्यतातिर पनि ध्यान जानु पर्दछ 'केस्रा' को । हाम्रो साहित्य भण्डारमा नबिन सोच सहित आउँदै गरेका केही नयाँ बिधाहरु लोकप्रिय बन्ने क्रम पनि जारी छ । जस्तै- खगेन्द्र पन्धाक लिम्बु को 'गेडी' । अब मौलश्री लिम्बुको 'केस्रा' पनि कमसे कम 'गेडी' जत्तिक्कै मौलिक र लोकप्रिय बनोस् । मेरो लाख कामना ! 'शेर' र 'अनुप्रास' का सम्बन्धमा व्यापक छलफल र बहस् होस् । बिज्ञहरुबाट उचित सल्लाह-सुझाव आउला नै । मेरो व्यक्तिगत तर्फबाट पनि सक्दो साथ-सहयोग रहनेछ । फेरी पनि 'केस्रा' नेपाली साहित्यको पक्का मौलिक र लोकप्रिय बिधा बनोस् । अग्रिम शुभकामना !

> भक्ति प्रसाद पौड्याल :- जसरी एक केस्राबाट पुरै सुन्तलाको स्वाद थाहा हुन्छ , जसरी एक अँजुली पानीबाट पुरै समुद्रको पानीको स्वाद थाह हुन्छ त्यसरी नै विषयवस्तु हेर्ने आँखिझ्याल , हैन त ! अनुभूतिको
आफैँमा पूर्ण , संक्षिप्त , पोटिलो लयात्मक तोकिएको संरचनाको अभिव्यक्ति ।
केस्राका प्रकार , संरचना , तत्व जस्ता पक्षको पनि छोटो मिठो जानकारी प्रसारित गरिदिनु होला भाइ !
> कृष्ण बस्नेत :- यस विधालाई स्थापित गराउन यहाँको अनवरत मेहनत र प्रयासको सरहाना गर्दछु ! अझै यसको बिबिध पक्षमाथि व्यापक चिरफार र जानकारी गराउदै जानुहोला बिस्तारै यसले गति लिनेछ |
*केस्राको फ्रेमिंग गर्दै हुनुहुन्छ, यसका सबै पक्षको सविस्तार ब्याख्या गर्दै जानुहुनेछ ता कि केस्राले छुट्टै विधाको अस्तित्व ग्रहण गरोस र सर्बग्राह्य हुँदै जाओस ! हार्दिक शुभकामना पनि !

> सेर्मा गन्जुश्री :- मौलश्री लुङ्वा,औपचारिक घोषणा तथा प्रस्तावना मार्फत जानकारी गराउनु भएकोमा विशेष धन्यवाद,"केस्रा"साहित्यिक फाँटको नयाँ बिधा हो|"केस्रा" ले पनि आफ्नै किसिमको नियम बनाएको छ । त्यसैले म "केस्रा"भित्र बसेर यती भन्छु कि""केस्रा"साहित्यिक जमातको अर्को ईटा हो" । लुङ्वा शेर भन्ने बित्तिकै बिशेषत मानिस अथवा साहित्यनुरागी मित्रहरुको मष्तिस्कमा गजलको अवधारणा बन्छ । त्यसैले यो "केस्रा" लाई नयाँ बिधा मान्ने हो भने शेर भने जस्तै सट-कटमा एउटा शब्द चयन गरेर राखौ ।
> रुबेन पुन मगर :- मेरो पनि अभिमत यही नेर छ शेर भन्दा बित्तिकै गजल र गजलको २ मिश्रा भन्ने हुन्छ । शेर भन्नाले अनुप्रास कहिल्यै पनि हुन सक्दैन । गजलको शेरलाई केस्राको परीभाशामा अनुप्रास भन्नु हो भने बरु गजल अब नयाँ नेपाली नामाकरण भएर आयो भन्ने घोषणा गर्दा हुन्छ । अनी मौल श्री जिले भन्नु भएको छ यदी केस्रा लेखनको बाटोमा शेर भन्दा बितिक्कै गजलको मुल्य र मान्यतालाई ठन्क्याउनुस् तर तेसो हुन सक्दैन । किन कि जब केस्रा लेखनको भावमा गैन्छ अनी जब अनुपरासको कुरा आउछ तब त फेरी गैर मुरद्दफ अथवा रदिफ बिहिन गजलको कुरा बल्झिहाल्छ भने केस्रा लेखनको क्रममा गजलको संरचना गत मुल्य र मान्यतालाई कसरी भुल्न सकिन्छ ? यही नेर बझिएअको कुरा छ ।

> बिष्णु नन्द चामलिंग :- केस्रा"को अबधारणा आउँदैछ हेरम.... म पढ्दैछु अझ यसलाई बिस्तृत ब्याख्या गार्दै जानुस र यस्ले नेपाली साहित्यमा आफ्नो छुट्टै ठाम ओगटन सकोस जी धन्यबाद ।
> कृष्ण वस्ती :- मान्यता र संघर्षले नै नयाँ कुराको स्थापना हुने हो । मान्यता र त्यसमा आधारित सिर्जना एवं विश्लेषण आएपछि पाठकसामु जाने हो ।पाठकले नयाँपन र पृथकता पहिचान गर्छ ।म तपाईका रचना र मान्यताको अध्ययनको क्रममा छु
> दीप्स शाह :- समयसान्दर्भिक साहित्यको माझधारमापनी अनेक तरंग उठ्नुपर्छ, छाल् आउनुपर्छ यो मैले भनेको होइन विश्वसाहित्यको सग्लो बिगतले बताएको कुरो हो। उसोर यसै सन्दर्भमा जन्मिन लागेको एक नयाँ बिधा 'केस्रा'लाई स्वागत गरिनुपर्छ भन्छु म पनि। जसरी मौलश्री भाईले भन्नुभयो कि जे आयो यो सर्बमान्य होइन, आवश्यक र उपयुक्त सुझाब सल्लाह अनुरुप फेरबदल हुनसक्छ सान्दर्भिकता हेरेर। प्रयास जारी राख्नुहोला भाई! मेरो शुभकामना छ।
> डि.आर.निश्छल :- नेपाली साहित्य वाङ्मयमा भर्खरै जन्मिएको बिधा 'केश्रा लेखन' अब ताते हिड्न थालेको र निकट भबिष्यमै ठम ठम हिड्ने कुरामा म ढुक्क छु ।