रात ढल्दैछ उसै गरी
स्वास चल्दैछ उसै गरी
कति तड्पाऊँछौ प्रिया
मुटु जल्दैछ उसै गरी
जोवन ढल्दैछ उसै गरी
यो मन गल्दैछ उसै गरी ॥
- सन्जिब राई,झापा,हाल- मलेसिया [ १६-१०-२०११]
१) मौलश्री लिम्बू :- सन्जिब जी,तपाईको ''केस्रा'' भावगत रुपमा ''केस्रा''नै भएकोछ,किनकि यहाँ जवानीको एक बित्दो अवश्थाको बिम्बद्वारा दर्शाईएकोछ,तर ''केस्रा''को मान्यता अनुसार भने पक्कै छैन, ..'' उसै गरी'' अन्त्यानुप्रासलाई हरफको कुनै लाईनमा या अनुप्रास[ ..ढल्दैछ,.,,.., ]को अघिल्तिर राख्नु भएमा पक्का 'केस्रा''नै बन्नेछ,
२) रुबेन पुन मगर :- उसो त गजल लेखनको इतिहासमा २ वोटा मतला भएको गजल पनि लेखिएको छ जस्लाई हुस्ने मतला युक्त गजल भनी नामाकरण गरिएको छ । तसर्थ गजल र केस्राको बिधिवत धेरै कुराहरु बाझिन पुग्दा केस्राको संरचनागत रुप रेखा अझै नयापन देखाउने खालको अभ्यास हुनु पर्ने देख्छु म ।
*..........................*.....................*....................*
"कसम"
घाम छायाको जिन्दगीमा
ओत लाग्न तिमी नै छाने
कसम खायौ चौतारीमा
मैले उनको हात ताने /
> नव राज घिमिरे [२४-११-२०११] :
facebook ..status..... "मैले सबैको केस्रा अन्तर्गतको भावना स्टडी गरें तर प्राय:मा के लाग्यो भने गजल बिग्रे पछि बनेको केस्रा लाग्यो ,है सर प्लीज माईन नगर्नु होला, सबैमा होइन तर जस्तो देखे मैले त कुरा उठाई दिए अनि थ्यांक यु /"
१) मौलश्री लिम्बू :- नव राज जीको विचारलाई मनन गरि रहेकाछौ.एउटा सत्य कुरा चाही के हो भने 'केस्रा'लाई थोरै परिमार्जन गरेर 'मुसलसल''विषयमा ''गैर मुरद्धफ'' गजल तयार पर्न सकिन्छ,तर गजललाई 'केस्रा' बनाउनका लागि आवश्यकता भन्दा धेरै नै परिमार्जन गर्नु पर्दछ,जस्तो कि कुनै एक गजललाई कुनै छन्दको कविता बनाए जस्तै हुनेछ /
*......................*......................*..................*
जोडिएको नाता राम्रो
तोडिएको साथ हाम्रो
कति खेर जिन्दगीमा
भयो विश्वास घात हाम्रो
माया भन्ने जात राम्रो
बेग्लै भयो बाटो हाम्रो /
- रिखुराम सुर्यबंशी,पाल्पा,हाल- यु.ए.ई.[२८-१२-२०११]
१) डम्बर तुम्बापो "बुद्ध":- सूर्यवंशी जी ! भावको दृष्टिले रचना उत्कृष्ट छ तर उठान, विश्राम र बैठान सबैमा एउटा काफिया (हाम्रो) दोहोरिएकोले केस्राको संरचना भंग हुन गएकोछ त्यसैले काफिया संयोजनमा ध्यान पुर्यौनुस जसले गर्दा यो केस्रा बलियो हुन जान्छ /
२) कृष मगर :- नमस्कार रीखुराम सर !यहाँको केस्राको उठानको पहिलो हरफमा जुन मिलनको भाव झल्किएकोछ उठानकै दोस्रो हरफले यसको शिल्पलाई नष्ट गरिदिएका छन् ।केस्राको सांरचनिक
परीधिमा भनिएकोछ कि एउटा मिठो फलमा रस र उक्त भाव मिठैमा केन्द्रित हुनुपर्दछ ।
समग्रमा कुनैपनि केस्राको भाव, रस, स्वाद एकै किसिमको हुनुपर्छ । जस्तो कि दुखको बेला सुख आउँदैन, गुलियो बिशेषणमा तितो या नुनिलोको संगम हुँदैन, सपनाका दुनियाँमा बिपना आउन सक्तैन । ईत्यादि ।भनाईको तात्पर्य कुनैपनि केस्रा एउटै भाव अनि शिल्पमा लेखिन्छ ।
प्रयास जारी होस् शुभकामना यहाँलाई ।
तिम्रै लागि जीवन धाने
के के भन्यौ सबै माने
के के भन्यौ सबै माने
घाम छायाको जिन्दगीमा
ओत लाग्न तिमी नै छाने
कसम खायौ चौतारीमा
मैले उनको हात ताने /
-भरत अधिकारी,तनहुँ,हाल- मलेसिया [०४-१२-२०११]
१) मौलश्री लिम्बू
:- सर,'केस्रा' एउटा विषय वा भावमा सटिक,चुस्त,सुक्ष्म तवरले लेखिन्छ,यसको
मान्यता अनुसार पहिलो हरफको अनुप्रासलाई पाँचौ हरफमा अनिवार्य दोहोर्याउनु
पर्दछ,किनकि 'केस्रा'भनेको कुनै फल वा विषयवस्तुको एक खण्ड वा अंश हो जो फल खाईएको
हो त्यसको मात्र स्वाद अन्तसम्म हुने गर्दछ,यसर्थ
अनुप्रास दोहोर्याईएको हो /
.*..........................*...............................*.............................*अनुप्रास दोहोर्याईएको हो /