पासाङ तमु जीका केस्राहरु
![]() |
पासाङ तमु
गोर्खा,हाल- मलेसिया
|
"चरी"
डालीको चरी
पधेरी झरी
तिखो बाणले
खुत्रुकै परी
बिचरी चरी
अकालै मरी।
२६-०८-२०१२
"बिछोड"
मायाँ तिमीले पहिलै मार्यौ
अहिले फेरी बस्तीनै सार्यौ
मायाँ र पिरतिको खेलामा
तिमीले पो जित्यो मैले हार्यौ
बाँकी थियो केहि आसै मार्यौ
अहिले त झन् एकलै पार्यौ।
१०-०८-२०१२
"फूल"
लाली छर्दै फक्रियो है फूल
लिएर मायाको यहाँ मुल
ईर्ष्या त लाग्छ मलाई पनि
देखेर पुतलीका त्यी हुल
देखेर पुतलीका त्यी हुल
रमाउनु हेरेर यी फुल
नगर्नु टिपेर कैलै भुल।
०६-०८-२०१२
"भिर"नगर्नु टिपेर कैलै भुल।
०६-०८-२०१२
लड्यो तरे भिर
पुग्यो खोला तिर
छताछुल्ल हुँदा
पर्यो मलाई पिर
ढल्यो तारे भिर
गयो गाउँको शिर।
०२-०८-२०१२