नारदमनी राई,माइनस प्लस संग्रौला र तेज 'विवस' राई जीका केस्राहरु
"सोच"
सम्झेर आफ्नै माटो
सोझाएँ मैले बाटो
सम्झेर आफ्नै माटो
सोझाएँ मैले बाटो
![]() |
नारदमनी राई
संखुवासभा,हाल- मलेसिया |
भोगियो दु:ख सुख
सिक्का झैँ दुई पाटो
आत्मीय मेरो माटो
अब हुँदैन साटो।
०७-०८-२०१२ सिक्का झैँ दुई पाटो
आत्मीय मेरो माटो
अब हुँदैन साटो।
"धन"
कालो मुख धनको
भर गर्नु मनको
नहुने त ठिकैछ
हुनेलाई फनको
कुरा गर्दा धनको
छुट्छ मेरो रनको।
१०-०६-२०१२
*............*......................*..................*...............*
![]() |
माइनस प्लस संग्रौला
झापा,हाल- यु.ए.ई. |
"तुवायौ"
धुरु धुरु रुवायौ
झुटो वाचा खुवायौ
सिस्नो झैँ स्वभाव
व्यर्थै आँसु चुवायौ
धेरैलाई रुवायौ
आशाहरु तुवायौ।
१९-०६-२०१२
धुरु धुरु रुवायौ
झुटो वाचा खुवायौ
सिस्नो झैँ स्वभाव
व्यर्थै आँसु चुवायौ
धेरैलाई रुवायौ
आशाहरु तुवायौ।
१९-०६-२०१२
*.............*....................*..........................*......................*
"संस्कार"
दाजु भाईमा हुँदा द्वन्द
गाऊँ गाऊँमा हुन्छ चन्द
शहिद शब्द सस्तो भयो
कुखुरा मर्दा भा छ बन्द
सत्ता पाउन कति द्वन्द
विकास भने सधैँ मन्द।
०८-०७-२०१२
दाजु भाईमा हुँदा द्वन्द
गाऊँ गाऊँमा हुन्छ चन्द
शहिद शब्द सस्तो भयो
कुखुरा मर्दा भा छ बन्द
सत्ता पाउन कति द्वन्द
विकास भने सधैँ मन्द।
०८-०७-२०१२
![]() |
तेज 'विवस' राई धनकुटा,हाल- कतार |
सयौ डाँडा पारी काटी
अर्कै संग वैश साटी
एक्लो पारी छोडी दियौ
पिरतीको डोरी बाटी
लाग्यौ मेरो मुटु काटी
टाढा भयौ आज ढाँटी।
२८-०२-२०१२
No comments:
Post a Comment