मौलश्री लिम्बू जीका केस्राहरु
"लिलाम'
न रोग छ न चोट देखिन्छ
जे मिल्छ मन दुख्ने भेटिन्छ
नियति या नीयत जिन्दगी
ओखती विनाको दर्द झेलिन्छ
क्लेश कै छाँटकाँट देखिन्छ
भाउ मिले जिन्दगी बेचिन्छ /
[ आकृति केस्रा ] २९-०१-०१२
[प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा]
"सिंह"
समूह बनाएर पस्छ
पसे पछि उ मौन बस्छ
सिंहदरबारको सिंह
गर्जदैन आसन कस्छ
तालमेल नमिलाई पस्छ
अन्तत: त्यै समूहले डस्छ /
[ आकृति केस्रा ] ०२-१२-०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा]
"सरकार"
जुन जोगी आए पनि
कान चिरा मात्र छ नि
यसो-उसो गर्छु भन्छ
कुर्सि छोडे हुन्छ धनि
आउने-जाने रीत पनि
गर्छन् पालो गनि-गनि
[ आकृति केस्रा ] २७-११-०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा]
"मन"
धन ठुलो भन्छ मनले
मन ठुलो भन्छ धनले
कटाक्ष यो बुझ्न मुश्किल
सर्व साधारण जनले
उत्साहित हुँदा मनले
सर्वथोक गर्छ तनले /
[ आकृति केस्रा ] ०१-११-०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा]
"सुस्ता"
सुस्ता दु:खिरहेको बेला
किन हुन्छ उपेक्षा र हेला
चर्का चर्की बहस पछि
सरकारको गोप्य भेला
सुस्ता रुईरहेको बेला
भन्छन् त्यहाँ हाट र मेला /
[ आकृति केस्रा ] २३-१०-०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा]
"सत्ता"
काँध टेकेर चढ़छौ
खुट्टा तानेर बढ़छौ
सत्ता-शक्तिको खेल
लेखि इतिहास पढ़छौ
जसरी हुन्छ चढ़छौ
अनि सर्तमा डढ़छौ /
[ आकृति केस्रा ] १६-१०-११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा]
"प्रतिक्षा"
पर्खाईमा भएँ पुरानो
चुहिंदैछ मनको छानो
टाली रहुँ कहिलेसम्म
ओत लाग्ने ठाउँ छ सानो
सम्झना बन्दैछ पुरानो
नियतिको भएँ अचानो /
[ आकृति केस्रा ] १३-१०-०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा]
''सट्टा''
साथ दिएँ
व्यर्थै जीएँ
भरोसामा
किन थिएँ
मुटु दिएँ
क्लेश लीएँ //
[ आकृति केस्रा ] १२-१०-०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा]
"अनुरोध"
तराजुमा माया देऊ जोखेर
मेरै लागि माया देऊ तोकेर
वेवास्ता या बहाना भन बरु
अलिकति माया देउ जोखेर
दायाँ बायाँ माया देउ सोचेर /
[ आवृति केस्रा ] ०८-१०-०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा]
"तिमी"
अब त आउ
म भरि छाउ
वैश ढल्दैछ
नखोज भाउ
समिप आउ
अन्त नजाउ /
[ आकृति केस्रा ] ०५-१०-०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा]
"जाउँ"
जाउँ यता
जाउँ उता
दु:खी मान्छे
जाउँ कता
जाउँ यता
जाउँ जता /
[ आवृति केस्रा ] ०३-१०-०११
[सर्व प्रथम लेखिएको केस्रा]
[दृष्टान्त:- प्रयुक्त केस्राको अनुप्रास "उता" अनुप्रास संरचनामा दोष रहेको छ।अन्य अनुप्रासहरु समश्रुति अनुप्रास" का आधारमा रहेका छन् ।जस्तै:- यता =य+अ+ता> "अता" स्वर उच्चारण । उता =उ+ता> "उता" स्वर उच्चारण।कता = क+अ+ता>"अता" स्वर उच्चारण।जता =ज+का+ता>"अता" स्वर उच्चारण ।]
- झापा,हाल- मलेसिया
No comments:
Post a Comment