- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।
Showing posts with label अन्तर्वार्ता. Show all posts
Showing posts with label अन्तर्वार्ता. Show all posts

Wednesday, 18 June 2014

अन्तर्वार्ता:- देश सुब्बा


      भयवाद:- नेपालीले विश्वलाई दिएको उपहार 

        भयवादका प्रतीपादक तथा साहित्यकार देश सुब्बा बि.सं.२०२२ सालमा नेपालको धरानमा हङकङ कर्म थलो बनाएई निरन्तर रुपमा नेपाली साहित्यलाई सोवा गरीरहेका छन् ।उनका दोसी कर्म (२०५०) अपमान(२०५२) सहिद(२०५६) र आदिवासी (२०६४) कृती प्रकासीत भैसकेका छन् । नेपाली साहित्यमा भयवादको चर्चा र परिचर्चा बड्दो छ । भयवाद सिक्किम बिस्वबिधालय स्नाकोतर तेस्रो बर्षको पाठ्क्रममा समेत समाबेस भईसकेको छ । उनै सर्जक सुब्बा भयवादको बिषयमा पशुपती अबिरल सँगको भलाकुसारी ।
भयवाद प्रवर्तक:- देश सुब्बा 

१. के हो भय वाद ?
> भयवाद जीवन र जगतलाई हेर्ने विचार हो । एउटा नयाँ आँखा हो । संसार त उही हो, जीवन पनि उही हो । रसियाका रुपात्मकवादी हेनेरी मातिसेले एउटा रातो कोठा बनाएको जस्तो । सधैँ एउटै कोठा हेर्दा हेर्दा हाम्रो जीवन सामान्यकरण भएको हुन्छ । बिहान उठ्यो, त्यही कुरा, दिउँसो त्यही कुरा । अनि नयाँपन दिन उसले कोठा नै सबै रातो पारिदिए । दर्शनमा पनि यस्तै रह्यो । त्यही जीवन र जगत्लाई नयाँ बनाउने नयाँ विचार हो भयवाद ।

२. भयवादको जन्म कसरी भयो ?

Monday, 19 May 2014

अन्तर्वार्ता:- राज आङ्देम्बे 'सहयात्री'

      "बाटो स्वतन्त्र छ त्यो कसैको पेवा हैन"

वार्ताकार:- जीतमान राई 'सविन'
वार्तालाप:- राज आङ्देम्बे 'सहयात्री ' 
        राज आङ्देम्बे 'सहयात्री ' मलेसियाको साहित्य माहोलमा कुनै नया नाम हैन । पाचथरबाट सात वर्ष पहिले मलेशिया छिरेका युवा सहयात्री स्वदेशमै शुरु भएको साहित्य सृजना तिखार्न सधै लागिरहे । जहा समस्या त्यहा उपाय भने झै परदेशको ठाउमा आइपर्ने बिभिन्न अप्ठ्याराहरु बिच पनि सृजना लेखन निरन्तर अघि बडिरह्यो र त्यसैको प्रतिफल हो, सान्त्वना पुरस्कार, मलेशिया व्यापी खुल्ला कविता प्रतियोगिता सन् २००८ र दोस्रो पुरस्कार, मलेसिया व्यापी खुल्ला गजल प्रतियोगिता सन् २०१२ । पाचथर मै पनि बिचिन्न साहित्यिक संघसस्थाहरु थिएटर नाट्य मञ्च, कुमोदिनी साहित्यिक पत्रिकामा आबद्द हुदै मलेसिया आइपुगेका सहयात्री नयन साहित्य समाज जोहोर मलेशियाका पनि हर्ताकर्ता हुन् ।

Tuesday, 10 December 2013

अन्तर्वार्ता:- टंक सम्बाहाम्फे

जीवन र जगतको कुराहरूलाई अभिव्यक्त गर्ने विधा नै साहित्य हो।

टंक सम्बाहाम्फे हङकङेली नेपाली साहित्य फाँटमा एक सुपरिचित नाम । धनकुटाको कुरुले तेनुपा गाविस - ५बाट हङकङ छिर्नु भएयता नेपाली साहित्यको भण्डारका लागि अथक रुपमा लागि पर्नु भएका साहित्यकार सम्बाहाम्फेले “युद्ध भित्र उभिएका  बुद्धहरू” कविता संग्रह  “मनोभाव” र “सार” नामका सीडी एल्बम बजारमा आईसकेका छन् । यसका अतिरिक्त उनको अनगिन्ति साहित्य तथा यस सम्बन्धि लेखहरू बिभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भएकाछन् ।सम्वाहाम्फे हालको समयमा पहिचान सहितको संघीयताको लागिपनि उत्तिकै कमल चलाउँदै हुनुहुन्छ । राष्ट्रियभाषा नेपालीको उत्थानको संगसंगै जातिय पहिचान पनि आवश्यक ठान्ने साहित्यकार टंक सम्बाहाम्फेसंग "एथ्निक भ्वाईस"ले गरेको कुराकानी:

एथ्निक:- साहित्य भनेको के हो ? यो कसरी मानिसको जीवनमा घुल्छ ?
सम्बाहाम्फे:- हरेक मानिसको आफ्नै किसिनको परिभाषा हुने गर्छ ।मनको अन्तरभावहरुजसले दुनियाको

Sunday, 9 June 2013

अन्तर्वार्ता:- जीवन "गाउँले'

केस्रा प्रवक्ता:- जीवन देवान 'गाउँले'
मलेसियाका केही सृर्जनाहरुले मुलधारे भनिने सृजनालाई माथ खुवाउन सक्ने दम राख्छ ।-जीवन देवान 'गाउँले '

        जीवन देवान 'गाउँले' प्रवासी साहित्य त्यसमा पनि मलेशियाको साहित्यिक माहौल भित्र नया नाम हैन । आफ्ना शसक्त कलम मार्फत समाजमा घटेका कुनै पनि घटनाक्रमहरुलाई टपक्क टिपेर कथाको ताना भित्र मिठासपुर्ण सृजना कोर्न खप्पिस गाउले बिगत केही वर्षहरु देखि प्रवासमा बसेरै आफ्ना सृजना मार्फत घरदेश र परदेश जोडीरहनु भएको छ । विशेषत कथा लेख्न रुचाउनुहुने गाउलेका कलमहरु फाट्टफुट्ट अन्य विधा

Tuesday, 4 December 2012

अन्तर्वार्ता: दीप्स् शाह

                      मझेरी भलाकुसारी, अंक ९ - (दीप्स शाह)
                                   
                                                                [स्रष्टासँग कुराकानी:- मझेरी सञ्चालक  ०८-०२-२०११ ]
- दीप्स्  शाह
# नमस्कार दीप्स जी! मझेरी भलाकुसारीमा स्वागत छ । शुरुमा, आफ्नो व्यक्तिगत तथा साहित्यिक परिचय दिनुस् न ।
> नमस्कार यहाँलाई पनि! साथै धन्यवाद पनि । म दीप्स शाह, धादिङ् थाक्रे-८ जुगेखोला मेरो जन्मस्थान । विवाहित, हालको बसाइ काठमाण्डौ र तत्काललाई भने बैदेशिक रोजगारको क्रममा मध्यपूर्बी मुलुक इजरायलमा कार्यरत छु । साहित्यिक परिचय भन्नुपर्दा म समाजशास्त्रसँगै नेपाली साहित्यमा स्नातक गरेको साहित्यको विद्यार्थी हुँ ।धेर थोर लेख्छु र साहित्यसँग सम्बन्धित साथीहरूले दीप्स शाह भनेर चिन्नुभएकोछ ।
# साहित्य क्षेत्रमा कसरी प्रवेश गर्नुभयो?
> साहित्य मेरो रुचिको कुरो थियो सानैदेखि । फुर्सदको समयमा जतिबेला

Sunday, 11 November 2012

अन्तर्वार्ता- स्व.स्व.स्मृति

   भाषिक, साँस्कृतिक साम्राज्यवाद हावी छ

        कवि स्व.स्वप्नील स्मृतिको असली नाम सनमान चेम्जोङ हो । लिम्बुवानको पाँचथर स्याब्रुम्बाका कवि चेम्जोङको 'रंगैरंगको भीर'२०६१ र 'वाडुली र सुदुर सम्झना' २०६८ कविता कृति ल्याएका छन् । युवाकवीमा छुट्टै पहिचान बनाएका कवि चेम्जोङसँग साहित्यका विभिन्न विषयमा 'द गोर्खाज'का लागि युवराज लिम्बूले गरेको कुराकानी

Tuesday, 7 February 2012

अन्तर्वार्ता- मौलश्री लिम्बू

           
मौलश्री लिम्बू

केस्रा विधामा  आफ्नै संरचना र मान्यता रहेकोछ
   
              झापा जिल्लाको सतासीधाम निवासी मौलश्री लिम्बु विगत केही वर्षहरु देखि प्रवासको एउटा कुनामा भबिष्यका लागि केहि अन्न मात्रै जोहो गरीरहनु भएको छैन भोलीको सन्ततीहरुको लागि एउटा इतिहास कोरीरहनु भएको छ, कथाहरुमा, लघुकथाहरुमा अनि अन्य थुप्रै सृजनाहरु भित्र । प्रतिकुल राज्य सन्चालनका कारण आज लाखौ सृजनशिल युवा मनहरु बिदेशका बिभिन्न ठाउहरुमा पलायन हुन बाध्य भएका छन् र लिम्बु पनि त्यस्तै युवाहरु मध्येको एक हुनुहुन्छ । उहा दिनभरी श्रम गरेर थाकेको ज्यानमा पनि मीठा-मीठा कथाका बान्कि निकाल्नु हुन्छ । गजलका सुन्दर शेरहरु निर्माण मात्रै गर्नु हुन्न साहित्यमा नौलो कामहरु पनि गर्न भ्याउनु हुन्छ । आज उनै सृजनशिल स्रष्टा मौलश्री लिम्बुसंग मेरो चौतारीमा भएको भलाकुसारीको केही अंश प्रस्तुत छ :-
चौतारी :- तपाईको परिचय  ?

मौलश्री :- मौलश्री लिम्बू, सतासी धाम,झापा ,हाल-पेराक,मलेसिया  । 

चौतारी :- हाल के गर्दै हुनुहुन्छ  ?
मौलश्री :- कम्पनीमा श्रमिकको हैसियतले कार्यरत छु  । 

चौतारी :- तपाई जस्तो सक्षम मान्छे किन प्रवास लाग्नु भएको हो  ?
मौलश्री :- म कर्मवादी हुँ,त्यसैले देशमा बेरोजगार भएर बस्नु भन्दा रोजगारको निम्ति विदेश जानु नै उचित लागेकोले विदेशिएको हुँ  । 

चौतारी :- हामी बिदेश हिड्नुको बिकल्प के हुन सक्ला  ?
मौलश्री :- जति नै स्वस्रोजगारको कुरा गरे पनि यो सबैमा लागू हुन असम्भव छ,जवसम्म देशमा वस्तुको निर्यात हुने कुनै पनि वस्तुहरुको उत्पादन हुदैन तवसम्म हामी विदेशिने प्रक्रिया यथावत नै रहनेछ,देशमा उत्पादन र उपभोगको तारतम्य मिलेमा पनि यो क्रम घटना सक्छ,तर यो अवश्था अहिलेलाई टरेर गईसकेकोछ  । 

चौतारी :- कति भो बिदेश लाग्नु भएको  ?
मौलश्री :- भित्तामा झुण्डाएको पात्रोले ६ वर्ष पुगेको संकेत गरिरहेकोछ ।

चौतारी :- बिदेश बसाई अलि लामो भएन र  ?
मौलश्री :- देशको यस्तै अवश्था रहने हो भने यसलाई धेरै भन्न मिल्दैन किनकि  बैदेशिक रोजगारको लागि यो कदम दोश्रो पुस्तामा पनि हस्तान्तरण हुँदैन भन्न सकिन्न  ।

चौतारी :- कहिले स्वदेश  फर्कंदै  हुनुहुन्छ  ?मौलश्री :- मार्च  अर्थात फागुनमा दुई महिनाको लागि छुट्टी जादैछु  ।

चौतारी :- तपाई त साहित्य सर्जक मान्छे जीवन र जगतलाई कसरी व्याख्या गर्नुहुन्छ  ?
मौलश्री :- जीवन र जगत कसैद्वारा  प्रदान गरिएको अमुल्य उपहार हो,यसलाई सकेसम्म सम्हालेर राख्न सक्नु पर्दछ,मेरो भन्ने अहम भावनालाई त्यागेर हाम्रो ठान्न सक्नु पर्दछ  ।

चौतारी :- राम्रो कथा, लघुकथा लेख्नुहुन्छ, कविता ,गजल कोर्नुहुन्छ वास्तबमा तपाई कथाकार, गजलकार या कवि के हो  ?
मौलश्री :- मलाई साहित्यका हरेक विधाहरु उतिकै मन पर्छ,उसो हुनाले म जाने -बुझे जति सबै विधाहरुमा लेख्ने कोशिस गर्छु,अहिलेसम्म आफुलाई साहित्यानुरागी बाहेक कुनै पनि विधाको पछि लेखिने कारलाई  गुथ्न सकेको छैन,रै पनि मैले लेख्ने गरेको अन्य विधाहरु मध्ये  लघुकथा र कथा चाहिँ  मेरो अति रुचिको विधा हुन  ।

चौतारी :- नयाँ विधा लिएर आउनु भएको छ,केस्रा यो कस्तो विधा हो केही बताई दिनुहुन्छ की  ?
मौलश्री :- केस्रा विधामा  आफ्नै संरचना र मान्यता रहेकोछ,यसमा छ हरफ हुन्छ,हरफमा रहने शब्द ज्यादामा बाह्र अक्षरको हुनु पर्दछ,सामान्य भाषामा केस्रा भन्नाले कुनै पनि रेसादार फलको पोटि वा खण्ड हो,साहित्यमा केस्रा भन्नाले कुनै पनि एउटा  विषय वस्तुमा त्यस भित्र विभिन्न खण्ड वा पक्षहरु हुने गर्दछन,ति खण्ड वा पक्ष मध्ये कुनै एक पक्षलाई विशेष प्राथमिकता दिएर आफ्नो वैचारिकता उजागर गर्नु हो,यसमा लय अनिवार्य छैन, जस्तै :-कक्षा १० मा विभिन्न विषयका पुस्तक हुन्छनन् ,यी पुस्तक मध्ये एक पुस्तकको छनौट गरि सो पुस्तक बारे अभिव्यक्ति दिनु हो, त्यस्तै नेपाली पुस्तक विषयवस्तु  हो भने त्यस भित्रका विषय सूचीहरु जस्तै:- कथा,कविता,निबन्ध,जीवनी आदिहरु पक्ष वा खण्ड हुन् यसरि नै विषयवस्तुको सूक्ष्म पक्षलाई पहिचान गरि त्यसैलाई प्राथमिकता दिएर लेख्नु पर्दछ ।


चौतारी :- केस्रा विधाको जन्म कसरी सम्भव भयो अर्थात यो प्रतिपादन गर्ने सोच कसरी आयो  ?
मौलश्री :-केस्रा विधालाई मैले मनगढन्ते ढंगले कदापि प्रतिपादन गरेको होईन,यो समयको माग पनि हो, किन भने अहिलेको समय निकै तेज रफ्तारमा चलिरहेकोछ,सबैलाई हतार छ,साहित्य लेखन र
पठनमा पनि यसले प्रभाव पारिरहेकोछ,यसले गर्दा लामो साहित्य भन्दा छोटो लेखिएको कुनै पनि साहित्य लेखन वा अध्ययनमा सबैको पहिलो प्राथमिकता जस्तै बनिसकेकोछ,यसर्थ केस्रा बारे फेसबूकमा बहस,आलोचना,समर्थन,अभ्यास निरन्तर चलाएर त्यसैको निराकरणबाट घोषणा सम्भव भएको हो  ।

चौतारी :- साहित्यमा केस्रा विधाको आवश्यक्ता किन देख्नु भो त तपाईले  ?
मौलश्री :-अहिले सम्म स्थापित रहेका नेपाली साहित्य विधाहरुको विषयवस्तुहरु फराकिलो हुने गर्छ,विषय वस्तुलाई के कसरि पूर्ण गराएर लेख्न सकिन्छ त्यस प्रति मात्र ध्येय भएर लेखिएकोछ,वास्तवमा त्यो पूर्ण विषय वस्तु हो,त्यसलाई पूर्ण गराउन हामीले विभिन्न पक्षलाई संगोलमा समेटेर लेखेका हुन्छौ,केस्रामा भने त्यो पूर्ण विषय वस्तुमा हुने विभिन्न पक्षहरु मध्ये एक पक्षलाई मात्र प्राथमिकता दिएर लेखिन्छ,भनौ विषयवस्तुको सूक्ष्म पक्ष,यो एक पक्षले पनि उक्त पूर्ण  विषयलाई प्रभाव पारेको हुन्छ र उतिकै शसक्त पनि हुनेगर्छ  यसर्थ त्यो सूक्ष्म पक्षलाई प्राथमिकता दिनु पर्छ भन्ने हेतुले नै केस्रा लेखनको आवश्यकता महशुस भएको हो  ।

चौतारी :- केस्रा विधाको विषय वस्तुको छनौट कसरि के आधारमा गर्ने  ?
मौलश्री :- सामान्यतय: वस्तुको प्रयोग वा काम वा सामान आदिको प्रयोग गर्दा वा जान्न र बुझ्नका लागि हामी सबभन्दा पहिले कुनै पनि एक पक्षबाट सुरुवात गर्छौ,जव निपुण हुन्छौ अनि मात्र दोश्रो अवश्था लाई जान्न वा बुझ्न सक्छौ ।जस्तै:- गाडी कुदाउन सिक्दा पहिले अगाडि कुदाउछौ अनि पछाडि वा दायाँ वा बायाँ वा घुमाउन सिक्छौ,एकै अवश्थामा सबै क्रिया सम्भव छैन र सिक्न वा बुझ्न पनि सकिन्दैन,त्यसैले अगाडि कुदाउन जान्नु पर्छ वा पछाडि वा  दायाँ वा बायाँ वा घुमाउन जानेर मात्रै गाडी कुदाउनलाई निपुण भईन्छ । यी अगाडि वा पछाडि वा दायाँ वा बायाँ वा घुमाउनु पर्ने एक-एक अवश्था नै केस्रा हुन् र यहि एक अवश्थाको अभिव्यक्ति केस्रामा हुनु पर्दछ  ।त्यस्तै :- मान्छेको अनुहारलाई मात्र विषय मान्नु पर्दा ,अनुहारमा हुने अवयवहरु नाक,मुख,आँखा,निधार,गाला,चिउँडो,आँखीभुइँ हुन,यी अंग वा पक्ष मध्ये एक पक्ष   आँखीभुइँ नमिलेको होस् वा नहोस् यस्तो अवश्थामा हामी अनुहारमा कुरूप देख्छौ,यसको मतलव कुनै पनि विषयवस्तुमा हुने विभिन्न पक्षहरु मध्ये एक पक्षले पनि उतिकै प्रभाव परेको हुन्छ वा त्यो पक्ष जति नै सानो वा सूक्ष्म नै होस् महत्व सबैको सरोबर गुण  हुने गर्छ र उक्त विषयमा उतिकै प्रमुख रहेको हुन्छ ।  

चौतारी :- केस्रा विधाको घोषणा कहिले भएको हो  ?
मौलश्री :- नेपाली साहित्यमा नयाँ विधाको रुपमा  केस्रा विधा प्रतिपादन भएकोछ,यसको औपचारिक घोषणा १३ अक्टुवर २०११[२०६८-०६-२६]का दिन फेसबुक मार्फत भएको हो,यसको सार्वजनिक तथा पत्रकार सम्मेलन भने १ जनवरी २०१२ [२०६८-०९-१७]का दिन क्वालालम्पुर,मलेसियामा भईसकेकोछ  ।

चौतारी :- केस्रा विधाको प्रतिपादन तपाई एक्लोको प्रयास हो कि अन्य साथीहरुको पनि भूमिका रहेकोछ  ?
मौलश्री :- केस्रा विधालाई मैले सैद्धान्तिक आधारमा प्रतिपादन गरेता पनि यसको परिकल्पनालाई साकार पार्नका लागि विशेष भूमिका  मलेसियाबाट दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले', रुवेन पुन र यु.ए.ई.बाट कृष मगर जीको रहेकोछ भने  अन्य अग्रजसर्जक  साथै समकालीन  स्रष्टाहरुको पनि उतिकै योगदान रहेकोछ  ।

चौतारी :- अन्य सर्जकहरुबाट कस्तो प्रतिक्रिया पाईरहनु भएको छ त  ?
मौलश्री :- विश्व साहित्य वा राजनीति दुई धारमा  छ, यसलाई नकार्न मिल्दैन 
,मेरो मान्यता पनि के हो भने हरेक अवश्थामा  दुई पक्ष हुन्छ र हुनुपर्छ भन्ने हो,दुई ध्रुवीय हुनुपर्छ यसको मतलव कहिले मेल नहुने गरि चाँही कदापि होईन,आंशिक मेल अवश्य हुनु पर्दछ,अनि मात्र जीवन,जगत,साहित्य,राजनीति,आर्थिक,सामाजिक आदि पक्षहरु सुध्रिण  हुँदै जान्छ,केस्रा विधामा पनि यस्तै दुई अवश्था सिर्जना भएकोछ,यसलाई पुरै विमति भन्न मिल्दैन,यसमा आंशिक मेल अवश्य छ र त केस्रा यहाँसम्म आउन सफल भएकोछ  ।

चौतारी :- पहिला त केस्राको संरचना गजलसंग बाझियो भन्ने कुरा आएको थियो नि हैन  ?
मौलश्री :- प्रादुर्भाव चरणबाटै गजलसंग सादृश्य हुनु भनेको केस्रालाई अलग पहिचान दिनु हो,गजल र केस्राको जन्म वा सुरुवातको मान्यतालाई बुझेका साहित्यकारहरु यसलाई आकाशको जून र ताराहरुलाई अलग नजरले अलग पहिचानमा छुट्याउन सके झैँ गजल र केस्रालाई निर्लिप्त नै देख्ने छन् ,तर आकाशको जून र ताराहरु एकै ठाउँ भएकोले एउटा नै हो यसमा भिन्नता छैन भन्ने जड  मानसिकता राखिसकेकाहरुलाई जसरि अर्थ्याए पनि त्यो निष्फल वा गलफदी मात्र हुनेछ ।  वास्तवमा साहित्य विधाहरु चार प्रकारका हुन्छन् :-१) कविता २)आख्यान ३) नाटक र ४)निबन्ध ।  अहिले यिनीहरुलाई समेटेर  १)आख्यान र २)अनाख्यान भन्न थालिएकोछ, यसलाई आधार मानेर भन्नु पर्दा गध्य र पध्य कविता वा पध्य साहित्यहरु गजल,गीत,मुक्तक आदि कविता विधा अन्तर्गत नै पर्दछन, भनौ कविताका उपविधाहरु हुन्, जस्तै :- दुध. कविता हुन् भने दुधबाट बन्ने परिकारहरु उपविधाहरु हुन्  ।

चौतारी :- अन्त्यमा केही मैले सोध्न भुलेको केही छ की  ?
मौलश्री :-केस्रा विधा सम्बन्धि यति बहस मात्र काफि त छैन, आउने दिनहरुमा कुनै न कुनै माध्यमबाट केस्रा विधा बारे प्रष्ट्याउदै  जानेछु,तपाईको चौतारीमा  मेरो विचारहरु राख्ने मौका दिनु भएकोमा हार्दिक धन्यवाद  ।  

 [जीतमान राई 'सबिन' जिको http://www.merochautaree.blogspot.com/ मा प्रकाशित अन्तर्वार्ता को हेडलाईनलाई प्रसंगवश  बदलेर  विषयसंग सम्बन्धित राखिएको अवगत गराउदछु  । वार्तालाप भने सकल राखिएकोछ। ]