- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Friday 8 January 2016

रोमन सुनुवार "पीडा"

      रोमन सुनुवार "पीडा" जीका केस्राहरु
    "पसिना"
श्रमको थोपा थोपा दाना
बटुले हुन्छ मुरी माना
पौरखी हात श्रम बेच्छ
जमाएर दुई चार आना
बगाएर पसिना दाना
सहेर नै श्रमको घाना।
***    ***    ***
   "हस्तक्षेप"
छिमेकीले नाका रोक्छ
सिमानामा गोली ठोक्छ
आन्तरिक निर्णय माथि
धावा बोल्दै किन टोक्छ
आवात- जावत रोक्छ
नेपालीले पीडा बोक्छ।
***    ***    ***
    "बेरोजगार"
देशमा छैन उत्पादन
गिर्दो अवस्था झनझन
युवा युवती पलायन
कमाउन सम्पत्ति धन
देशको शून्य उत्पादन
बस्न कहाँ मान्छ यो मन।
***    ***    ***
    "नाकाबन्दी"
अरुको भरमा बाँच्नु पर्दा
छिमेकीले नाकाबन्दी गर्दा
स्वाभिमान हरायो देशको
बुद्धत्वको महा गाथा हर्दा
छिमेकी आडमा बस्नु पर्दा
परायाले छाती माथि चर्दा।
***    ***   ***
      "सत्ता"
पालै पालो पुगे सत्तामा
मोजमस्ती गरे भत्तामा
मोह बस्यो धेरै कुर्सीको
बसे लाखौ पर्ने लत्तामा
एकै जाति पुगे सत्तामा
आदिवासी सबै गत्तामा।
***    ***    ***
     "आन्दोलन"
सडकमा जलाएर टायर
विरुद्धमा चलाएर फायर
कहाँ रोकिन्छ आन्दोलन अब
नसोचे भो हामीलाई कायर
विरुद्धमा जलाएर टायर
आन्दोलीत भै बनौला सायर।
***    ***    ***
       "शक्ति"
एकाएक मान्छे जुटाएर
विपक्षीको गुट फुटाएर
आफू वर्चस्व कायम गर्न
दुनियाको आँखा लुटाएर
लाखौको जनता जुटाएर
शक्तिशाली बन्छ कुटाएर।
***   ***    ***
    "पलायन"
दक्ष जनशक्ति अरबतिर
मनमा बोकेर ऋणको पीर
बाध्यताले देश छोडे सबैले
देखेर सधै अभावको भीर
युवा युवती सबै खाडीतिर
पलायन हुँदै झुकाएर शीर।
***    ***     ***
      "उधौली"
मंसिरे पूर्णिमा उधौली मनाउ
शाँदर साकेला चासोक जनाउ
ढोल झ्याम्टा बजाएर प्रकृतिको
आराधना गरि आफ्नो नै बनाउ
सुब्बे फाब्बे होस भनेर मनाउ
सुरो घरमा भित्राएर खनाउ।
***    ***     ***
     "शाँदर पिदार"
कोइँचहरुको राष्ट्रिय पर्व
मनाउँछौ शाँदर गरि गर्व
भूमि प्रकृतिलाई पुजेर नै
मानव जगतकै होस सर्व
उभौली उधौली राष्ट्रिय पर्व
बचाउ है आदिम अर्वौ अर्व।
***  ***   ***
      "येलेथोचे"
किराँती कोइँचको नयाँ वर्ष
उमंग बोकेर आयो है हर्ष
रक्षा गरून् इँगि होपोले सधैं
मानव सृष्टि भूमिको सहर्ष
येलेथोचे किराँती नयाँ वर्ष
आदिम संस्कार मान्ने निष्कर्ष।
- पाँचथर ।
~~~~~~~~~~~
शब्दार्थ:
सुरो= लक्षिन सह लक्ष्मी धन सम्पति।
येलेथोचे= किरात सुनुवार जातिको नयाँ बर्ष।
इँगि होपो= भूमि,सृष्टिको ,देवताको महाराजा।
शाँदार पिदार = भूमि प्रकृतिलाई आराधना  पूजा गर्ने (चण्डी पूजा)।
कोइँच= किराँती सुनुवार जाति। जस्तै पहिले लिम्बूलाई याक्थुम्बा भने जसरि सुनुवारलाई कोइँच भन्थे।पछि हिन्दुकरण भएपछि सुनुवार भन्न थालिएको ईतिहास छ।

No comments:

Post a Comment