- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 31 December 2015

एक शिर्षक अनेक केस्रा-१

केस्रा विधाको चौथो वार्षिकोत्सबको अवसरमा नवज्योति नेपाली साहित्य समाज, फेसबूक ग्रुपद्वारा आयोजित "एक शीर्षक अनेक केस्रा" अन्तर्गत लेखिएका  "नाकाबन्दी" शिर्षकका  केही केस्राहरु:-
-------    ------
१.केस्रा
        "नाकाबन्दी"
नेपाललाई नाकाबन्दी लगायो
भारतले साह्रै नै दु:खी बनायो
निहुँ अनि काल जोडिएर आज
कालोबजारी छ्यापछ्याप्ती मौलायो
नेपाललाई पो आरोप  लगायो
यहाँ नेपालीलाई साह्रै सतायो ।
- निस्चल आँसु घायल
मोरङ् , हाल - प्रवास।
--------------------------
२.केस्रा
          "नाकाबन्दी"
नेपाली  जललाई  मार्कामा पार्यो
महँगी  बढ्यो  गरीबलाई मार्यो
नाकाबन्दी  गर्दा  छमेकिले  हाम्रो
देशको  नेताले  शिर तल झार्यो
दुष्ट  नजर चैं गरीबमा पार्यो
खुला नाका भन्दा फेरी भाका सार्यो।
- बिरेन्द्र भाई
खोटाङ,हाल- प्रबास।
--------------
३.केस्रा
       "नाकाबन्दी"
नाकाबन्दी गर्ने त्यो मोदि डाँका
स्वर मिलाए उतै ओलि काका
अब नि यस्तै रहे चुप बसिन्न
कि गर्छाैँ युद्ध कि त खोल नाका
कान खोलि सुन ए मोदि डाँका
नेपालीहरुको बिद्रोहि भाका।
- रिदिमा एकल यात्रि
बाग्लुङ
------------------------
४.केस्रा
         "नाकाबन्दी"
छिमेकिले नै नाकाबन्दी लगायो
घटिया सोचले नराम्ररी  खायो
फाइदा नेतालाई मनग्गे छ रे !
जनतालाई अभावले जलायो
कुनियतले नाकाबन्दी लगायो
नेपाल  खेलौना सरह बनायो।
- प्रीन्स याक्खा 'प्यासी'
संखुवासभा ,हाल- अफगानिस्तान।
-------------------------
५.केस्रा
         "नाकाबन्दी"
आजै  नाकाबन्दी  हटाउनुपर्छ
जति सह्यो उति अत्याचार गर्छ
नेपाल खादै निउ खोज्छ भारत
हामीलाई  सताएर पेट भर्छ
उठौ नेपाली  हामी नै जाग्नु पर्छ
अब यो मोदि काल नआइ मर्छ।
- बिन्दा लामा"तृष्णा"
तीन कन्या ६, सिन्धुली,हाल टर्की।
--------------------------
६.केस्रा
      "नाकाबन्दी"
के गर्नु नाकाबन्दीका कुरा
सबै नेतागिरिमा छन् छुरा
भाषण त गर्छन् है मज्जाले
काम गर्नु परे खुट्टा लुरा
गरेमा नाकाबन्दीका कुरा
गर्न दिनु हुन्न अब पूरा ।
- तारा दिप्साली
धरान।
------------------
७.केस्रा
       "नाकाबन्दी"
भारतले  नाकाबन्दी  लगायो
नेताको बोली खै कहाँ हरायो
यो देश चलाउछु  भनी  हिड्छौ
दुष्टले हाम्रो शिर चै होच्यायो
दुश्मनले नाकाबन्दी लगायो
के हेर्छौ नेता हैकम जमायो।
- बिकेन्द्र सहयात्री
--------------------
८.केस्रा
      "नाकाबन्दी"
नेपाल छ नाकाबन्दीको मारमा
जनता परे अभावको भारमा
कसरी पो उम्कनु पिजडाबाट
पाइला यता अल्झ्यो काडेतारमा
देश बेचे र हामी पर्यौ मारमा
क्यारी ! खुशी बनौ आज यो हारमा।
- आयुसा कार्कि
सिन्धुपाल्चोक।
------------------
९.केस्रा
       "नाकाबन्दी"
नाकाबन्दीले आज नेता रमाए
भोक र त्रासले जनता कराए
सुन्दैछु आज मैले कतिको कथा
यसै कारण पैसा खोली वगाए
गर्दै यो नाकाबन्दी धेरै रमाए
जनतालाई ज्यूदो लास वनाए।
- रमेश रसिक
निजगड बारा।
-----------------
१०.केस्रा
    "नाकाबन्दी"
के  हुदैछ नेपालमा अचेल
कठै पाउन छाड्यो नुन तेल
सुन्दर शान्त हाम्रो देश माथी
गर्यो मोदिले जाल अनि झेल
सबै नाका बन्द छ रे अचेल
कहिलेसम्म चल्छ नि यो खेल।
- सुमन ido
   इलाम नयाँबजार
--------------------------
१२. केस्रा
       "नाकाबन्दी"
डग्दैनौं हामी बीर गोर्खाली
खुकुरी अनि झण्डा उचाली
नेपाल एउटा  हाम्रो  बगैचा
रक्षक बनि बस्ने छौ माली
झुक्दैन शिर हामी गोर्खाली
नाका खुल्ला गर चाँडै जाली।
- मन्जु अन्जना
सुर्खेत, हाल -प्रबास
-------------------
१३. केस्रा
       "नाकाबन्दी"
छिमेकी बन्दै जादैछ दुस्मन
बेहाल भो नेपाल झनझन
नाकाबन्दी गर्छ र आँखाको सामू
देशको  माली पछाडि हट्छन
हरायो हाम्रो एकताको मन 
भूल्दिँदा  नेताले नेपालीपन।
- आवास गुन्जन
-------------------
१४. केस्रा
         "नाकाबन्दी"
यो पापी मोदिले दिनु दु:ख दियो
हामी नेपालीको के पो दोष थियो
आफ्नै मित्र देश ठान्थ्यो नेपालीले
खै आज किन के को बदला लियो
सहनै  नसक्ने  गरि  चोट  दियो
नेपालीको घरमा दु:ख बल्झियो।
- दिपेन्द्र थापा मगर
माझकाडा १ सल्यान
       मलेशिया
------------------------
१५.केस्रा
      'नाकाबन्दि'
ग्याँस चुल्हो छैन पकाएर खान
जहिले हतार हूने मेला जान
भुकम्पको त्यो ब्यथा नसेलाउँदै
आफ्नै छिमेकिले नै गर्यो बैमान
मँहगिले दे'न  पेटभरि खान
तर झुकाउने छैनौ हाम्रो शान।
- बिना पाठक।

No comments:

Post a Comment