- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Wednesday 15 October 2014

केस्रा विन्यास:- लील बहादुर क्षेत्री

  मौलश्री लिम्बूको “केस्रा” विन्यासलाई शुभकामना 

      बाँच्दै रहे धेरै कुरा देख्दै जाँईदो रहेछ। देख्दै मात्र किन ? धेरै कुरा भोग्दै,अनौठो मान्दै,कतै रमाउदै त कतै जिल्ल पर्दै,परिवर्तनका अनेकौ खुड्किला तेकिन पुगीदो रहेछ।
- लील बहादुर क्षेत्री 
     अब पचास कै दशकतिर भनौ पचास वर्ष अघि यथार्थ चित्रणको सिंगो स्वरुपमा एकाध ठाउँ आदर्शको बुट्टा हान्दै नेपाली साहित्यमा बामे सरेको यो बबुरोलाई के थाह;युगमा यत्रो परिवर्तन आउँछ ? र वैचारिक सिद्धान्तमा साहित्य यति द्रुत गतिमा दगुर्छ।लेखन शैली,प्रस्तुतिको ढाँचामा पुरानो परिपाटीलाई धकेलेर नयाँ छरितो,सुहाउँदो बान्कीमा यसरि लोभ लाग्दो पाराले उभिन आउँछ जसले गर्दा हामीलाई त्यता नचियाई धरै छैन।चियाउदा आँखा तिर्मिराउछन् ;मस्तिष्क खलबलिन्छ अनि पछि विस्तारै केस्रा छोडिन्दै जाँदा निकै रसिलो अर्कै स्वाद थपिएको अनुभव हुन्छ र हामी त्यता आकर्षित हुन्छौ।
      आज यो अद्भुत युगको विभिन्न सञ्चार माध्यम इन्टरनेट,ईमेल,फेसबूक,डिजिटलका अनेकौ प्रकरण आदि जसले निमेष भरमै सारा विश्वमा फैलावट ल्याउँछ।कहाँ त चप्लेटी ढुंगामा,भित्तामा,पर्खालमा,धुलौटोमा सन्देश लेखेर प्रचार गरिने हाम्रो साहित्य आज पलभरमै प्रत्येकको धड्कन भित्र घुस्रिन पुग्छ।आज विश्व यति सङ्कुचित हुँदैछ कि हामीले भूगोलमा पढेको गोलो पृथ्वी अब त थिचिएर,किचिएर
मिचिएर चेप्टो हुँदै गएको अनुभूत हुन्छ।समय र सिमा एकै ठाउँ मिलिट भएको यो युगमा नेपाली साहित्य जुनसुकै कुनामा सिर्जियोस् त्यो पलभरमै विश्वव्यापी बन्छ।नेपाली साहित्यले केहि हाम्रो मूल वैदिक संस्कृति ।शास्त्रीय छन्द परम्परासिट आफ्नै लौकिक छन्द तथा परम्परागत रुपमा मान्दै आएको चलन चाँजो का कुराहरु मिसाएर आफ्नै वैचारिक धारासित साहित्य सृजना गर्दै आएको छ भने केहि भनौ राम्रो मानेर अथवा समयले तानेर सापटी लिएका केहि वैचारिक आन्दोलन,सैद्दान्तिक मान्यता,नयाँ प्रयोग,नयाँ छन्द र शैली,नवीन परिपाटी र प्रस्तुतीकरण साहित्यमा निरन्तर भित्र्याई पनि रहेको छ।
     यथार्थ र आदर्श विचारधारासित आधुनिक घरेडी निर्माणमा लागेको हाम्रो साहित्यमा स्वच्छन्दवाद,मनोविश्लेषणधारा,शुन्यवाद,आयामेली प्रयोग,लीला लेखन,भयवाद,नवचेतना,डायोस्परा(परदेशी)भित्र देखिने युद्ध विभिषीका र सन्त्रास हुँदै अहिले अझ एउटा नवीन संरचना “केस्रा” प्रभावित भईरहेको छ।काव्य क्षेत्रमा स्वाद मानेर उर्दूबाट गजल,जापानबाट हाईकु र ताङ्का,कोरियाबाट सिजो हुँदै अरबदेखि हालसाल रुबाइलाई पनि हाम्रो साहित्यले भित्याए पनि आफ्नै प्रकारको आन्दोलन राल्फादेखि लिएर भोक कविता आन्दोलन,सडक कविता,हास्य व्यंग्य,मुक्तक जस्तै लिमारिक आदि पनि समय सापेक्ष देखा पर्दै आएका हुन्।हाम्रो साहित्यमा वैचारिक प्रयोगहरु धेरजसो बाहिरैबाट खासगरी पाश्चात्य देशबाट आएका छन् तर केहि वर्षदेखि यता भने द्रूतगतिले हाम्रा स्रष्टाहरुले नेपाली साहित्यमा लगातार नयाँ-नयाँ विचारधारा मात्र नभर तिनको प्रस्तुतिको स्वरुपमा पनि आन्दोलन चलाउदै आएको परिलक्ष्यित हुन्छ।श्रद्देय ईन्द्र बहादुर राईको लीला लेखनपछि यस्ता वैचारिकधारा भारत र नेपालको सीमा बाहिर अन्तराष्ट्रिय क्षेत्रका विविध ठाउँबाट पनि देखा परि रहेका छन्।अवश्य वैचारिक आन्दोलन उभ्याउने यी सर्जक भने नेपालभित्र कै विशेषत:पूर्वी नेपालका परदेशी साहित्यकार हुन्।हङ्कङ्बाट देश सुब्बाको भयवाद,लन्डनबाट नव चेतना हुँदै काव्य क्षेत्रमा मलेसियाका “मौलश्री लिम्बू” बाट एउटा नयाँ संरचना “केस्रा” प्रवाहित भएको पाउँछौ।
     कोसा –कोसा छुट्टिने कुनै फलको भित्रि भागको सबै भन्दा सानो आकार केस्रा ! नामैले काव्यको सूक्ष्म अध्ययनको प्रयोजनीयतालाई इंकित गर्छ।छुट्टा-छुट्टैमा भिन्नै अर्थ र स्वाद दिने केहि हरफहरु मिलेर एउटा ठोस उद्धेश्य अथवा ठोस अर्थलाई दृढ रुपमा उभ्याउँछ ।हामीले आनन्द उपभोग गर्दै आएका गजल,मुक्तक,हाईकु,रुबाइ,लिमारिक,हाक्पारा आदि हुँदै “केस्रा” ले हामीलाई रसानन्दमा पुर्याएको छ चेतना,संयोजना र प्रस्तुति अनि लय मिलेर आँधी बनिसकेको “केस्रा” न् अब रोकिन्छ न छेकेर छेकिन्छ।यो त अझ संशोधित र परिमार्जित बनेर फैलदै जानेछ।
     क्या बात ! मौलश्री भाई, मेरो शुभकामना “केस्रा” विन्यासका उद्घोषक तपाईलाई र केस्रा आन्दोलनका सबै सर्जकलाई ! अस्तु !
-गुवाहाटी,असम,भारत 
२०७१/०३/२५
९ जुलाई २०१४ 
***  ***   ****   ****  ****
              लील बहादुर क्षेत्री ज्यूको हस्तलिखित पत्र :
[पेज: १-२]


[पेज: ३-४]

[पेज: ५]

No comments:

Post a Comment