- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 11 October 2014

भरत अधिकारी

         भरत अधिकारी जीका केस्राहरु 
- भरत अधिकारी
मिर्लुङ्-३, तनहुँ,हाल-मलेसिया
 

   "धोका"

एक हलको पाखो थियो
राजीनामा साहुले लियो

विदेश जाने चक्करमा
आफन्तले नै धोका दियो

कमाउने सपना थियो
दलालीले रगत पियो।
०५-०८-२०१४


  "अनुरोध"



नदेखाउ जातमा फाटो
एउटै हो हाम्रो यो माटो

तिम्रो स्वार्थ पुरा गरेर
नखोस गरिवको आटो

नचाहिदो देखाई फाटो
नमार अब देशमा लाटो
०६-०८-२०१४


   "शंका"

लगाइ ओठमा लाली
मस्किन्छे सधै नै खाली

रुपकी धनी रहिछे
बोलि चाहिँ अलि जाली

लगाई बसेकी लाली
लामा-लामा नङ पाली ।

   "भरिया"

जानु छ छिटो त्यो डाडा पारी
पसिना पुछ्दै बोकेर भारी

थाप्लामा नाम्लो टुटेन मेरो
जन्मेको रै छु कर्ममा हारी

खानु छ पिठो बसेर पारी
पिएर पानी थकाइ मारी ।

   "गुनासो"

छोरी हिडि पराइ बनि
छोरो विदेश बन्न धनी

एक्लो यो घर कुरि बस्दा
दिक्क लाग्छ मलाई पनि

बसेको छु म दु:खी बनि
छोरो आउने दिन गनि।
०५-०६-२०१४ 

No comments:

Post a Comment