- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Wednesday 19 February 2014

पवित्र प्रयत्न

     पवित्र प्रयत्न जीका केस्राहरु 

- पवित्र प्रयत्न
फिदिम,पाँचथर  
"प्रतिज्ञा"

तिम्रै खुशी चुन्छु
चाहे जस्तो हुन्छु 

भोलि टाढा भए 
सम्झी बिम्ब छुन्छु 

तिम्रै चाह चुन्छु 
बरु एक्लै रुन्छ। 
१४-०२-२०१४ 

 "रहर"


तारे भीरमा फुल्छु 
सुनाखरी झैँ खुल्छु 

वन बगैचा भरि  
लहलह म झुल्छु 

रंगी चंगी भै फुल्छु 
वसन्त याम हुल्छु। 
१३-०२-२०१४ 

 "घात"

मोति दिन्छु भन्यौ 
ताराहरु गन्यौ 

भावना मै तिम्ले 
हिड्ने बाटो खन्यौ

जून मलाई भन्यौ 
कृष्ण जस्तै बन्यौ। 
०५-०२-२०१४ 

 "पीड़ा"

मन मुटु दिएर
जिएँ आँशु पिएर

फाटको मनलाई
सकिन है सिएर

गयौ पीड़ा दिएर
सारा खुसी लिएर।
०१-०२-२०१४ 

No comments:

Post a Comment