![]() |
दर्शन योङ्हाङ् लिम्बु झापा,हाल-साउदी अरब |
"पापिनी"
मलाई किन बचायौ
नाटक किन रचायौ
तमासा त्यो देखाउदै
दुनियाँलाई नचायौ
छेउमा आई बचायौ
लाज सरम पचायौ।
३०-०६-२०१२
"निष्ठुरी"
चौतारीमा किन डाक्यौ
देवी देउता किन भाक्यौ
छाडि जानु थियो भने
अल्झाएर किन जाक्यौ
हुन्छ भनी किन डाक्यौ
अन्तैतिर किन ताक्यौ ?
२०-०५-२०१२
"आगमन"
फुल बनी फुलौकी डाली माथि झुलौकी
तिम्रो घर आगन
बास्ना छरी डुलौकी
मझेरिमा फुलौकी
माया प्रित घुलौकी।
१९-०५-२०१२