केस्रामा निपातको प्रयोग
- मौलश्री लिम्बू
२,स्वतन्त्र अर्थ नभएता पनि वाक्यलाई आफूतिर केन्द्रित गर्नु
३,कुनै पनि शब्दसंग नजोडी स्वतन्त्र रहनु
४,वाक्यमा प्रयोग भएर पनि अर्थमा फरक नपार्नु
५,वाक्यको अर्थमा जोड दिंदै स्वीकार,आश्चर्य,सन्देह,झुकाव,सम्भावना,संकेत आदि भाव बुझाउनु
- स्याङ्जाली रमेश
प्रयुक्त केस्रामा "निपात" को रुपमा अनुप्रासको पछाडि "नि" शब्दको प्रयोग गरिएकोछ।उक्त केस्रा "आवृति केस्रा" अन्तर्गत पर्दछ।
- मौलश्री लिम्बू
नेपाली भाषामा निपात
शब्दको स्वतन्त्र अस्तित्व रहेकोछ।यसको परिभाषामा मतमतान्तर भएता
पनि साधारण बोलीचाली र
साहित्यिक भाषामा बढी प्रयोग
हुने गर्छ।संस्कृतमा कुनै
पनि शब्दको अघिल्लतिर जोडिएर
बेग्लै अर्थ बुझाउने "उपसर्ग" शब्दलाई "निपात" भनिएता पनि
नेपाली भाषामा यसको
प्रयोग वाक्यको अघिल्लातिर या
पछिल्लतिर मात्र हुने गर्दछ।
यो अनियन्त्रित बनौटमा
प्रकट हुने शब्द
रुप हो।यसको आफ्नै
स्वतन्त्र अर्थ र महत्व हुँदैन साथै वाक्यको अर्थलाई आफूतर्फ केन्द्रित गरेता पनि वाक्यलाई अनर्थ बनाई साह्रै अन्तर पार्दैन। बरु कुनै पनि वाक्यलाई सरल,सरस र मीठास भरि अर्थवान बनाई वाक्यलाई नै बान्किला बनाईदिन्छ। प्राय:छुटै अर्थ नलाग्ने र एक्लो रुपमा प्रयोग नहुने "निपात" शब्दको आफ्नै विशेषता छ।
१,स्वतन्त्र रुप
हुनु स्वतन्त्र अर्थ र महत्व हुँदैन साथै वाक्यको अर्थलाई आफूतर्फ केन्द्रित गरेता पनि वाक्यलाई अनर्थ बनाई साह्रै अन्तर पार्दैन। बरु कुनै पनि वाक्यलाई सरल,सरस र मीठास भरि अर्थवान बनाई वाक्यलाई नै बान्किला बनाईदिन्छ। प्राय:छुटै अर्थ नलाग्ने र एक्लो रुपमा प्रयोग नहुने "निपात" शब्दको आफ्नै विशेषता छ।
२,स्वतन्त्र अर्थ नभएता पनि वाक्यलाई आफूतिर केन्द्रित गर्नु
३,कुनै पनि शब्दसंग नजोडी स्वतन्त्र रहनु
४,वाक्यमा प्रयोग भएर पनि अर्थमा फरक नपार्नु
५,वाक्यको अर्थमा जोड दिंदै स्वीकार,आश्चर्य,सन्देह,झुकाव,सम्भावना,संकेत आदि भाव बुझाउनु
निपातको प्रकार
सामान्यतय: भाषाको प्रयोग र
आकारको दृष्टिले यो
दुई प्रकारको हुन्छ।
१, एकाक्षरी निपात:-
अँ,आ,उँ,ए,कि,क्या,खै,चैं,त,नि,पो,र,रे,ल,लौ,हँ,है,हो
आदि।
२,दुई अक्षरी
निपात:- अरे,क्यारे,ब्यारे,कुन्नि,नाईं,बरु,बाबै,हगि,हाइ,हाउ आदि।
[ दृष्टान्त:- आजकल
निपात शब्दहरु 'थेगो'को
रुपमा पनि प्रयोग
हुन थालेका छन्।
यसरि प्रचलनमा आएका
निपातहरुको शब्द बनौट स्वतन्त्र अर्थ
सहितको कुनै शब्द
संरचनासंग निहित रहेको हुन्छ।जो निपातको परिभाषा र
विशेषता भन्दा निकै भिन्न
छ। जस्तै:- चैने
केरे,राता मकै,लाखे है,जो
छ सो आदि।
]
केस्रामा निपात
केस्रा सृजनामा भावना
भन्दा विचार प्रधान
हुने भएकोले लयको
अनुपातमा लाक्षणिक अभिव्यक्ति ज्यादा उजागर हुने
गर्छ।केस्रा बढीमा बाह्र अक्षर
तथा मात्राको सीमा
भित्र लेखिनाले प्रत्येक हरफ
सिलसिलेवार हुनु पर्छ। अनुप्रास भएर
पनि वाक्य जस्तो
लाग्ने हरफहरुको भावार्थमा एकरुपता हुन
जरुरि छ। निपातको स्वतन्त्र अर्थ
नहुने भएकोले केस्राको कुनै
पनि हरफको भावलाई
विकेन्द्रित गर्दैन। यसर्थ निपात शब्दलाई हरफको
अघिल्लातिर वा पछिल्लतिर जहाँ
पनि प्रयोग गर्न
सकिन्छ।अन्य शब्दको अक्षर तथा
वर्णको जसरि नै
"निपात"
शब्दको अक्षर तथा
वर्ण अनिवार्य गणना
गर्नु पर्दछ।"आकृति
केस्रा र आवृति
केस्रा"मा प्रयोग
भएका "निपात" शब्दको स्वरवर्ण आवश्यकता अनुसार
गणना गर्न वा
नगर्न पनि सकिन्छ
तर "अलङ्कार केस्रा" मा भने अनिवार्य गणना
गर्नु पर्दछ।यदि अनुप्रासको पछिल्लतिर राखिएमा यस्तो
केस्रालाई "आवृति केस्रा" भनिन्छ।जस्तै:-
"गुनासो"
मन धेरै दु:खायौ नि !
पीडा सबै लुकायौ नि !
मन धेरै दु:खायौ नि !
पीडा सबै लुकायौ नि !
मेरो सामु पर्दा
तिमी
ठाडो शिर घुमायौ नि !
ठाडो शिर घुमायौ नि !
व्यर्थै दिल दु:खायौ
नि !
अश्रु धारा चुहायौ नि !
०२-०६-२०१२
अश्रु धारा चुहायौ नि !
- स्याङ्जाली रमेश
प्रयुक्त केस्रामा "निपात" को रुपमा अनुप्रासको पछाडि "नि" शब्दको प्रयोग गरिएकोछ।उक्त केस्रा "आवृति केस्रा" अन्तर्गत पर्दछ।