- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Wednesday, 26 February 2014

सागर सिलवाल

      सागर सिलवाल जीका केस्राहरु

- सागर सिलवाल
काठमाडौं,हाल- यु.के.

 "अनिश्चय"

मैले भने जस्तै कहाँ होला
सायदै उत्तर बग्छ खोला

मीठो बोल्न कहिल्यै जानिनौ
बोल्दा निक्लन्छ आगोको गोला

यस्तै गरिरहे के पो होला ?
जान्दछन् है उही प्रभु भोला

   "परिणाम"

Saturday, 22 February 2014

प्रतिक्रिया:- अनुप्रास संरचना

    अनुप्रास संरचना सम्बन्धी टिप्पणी 

"अबोध"

बुध्दको शान्ति सन्देश बिचरा
बेकार रोप्यो आज सबै थारा

बुझेन कसैले यस्को महिमा
एक्लो भयो छैन कोही सहारा

बुध्दको शान्ति सन्देश बिचरा
कुल्चि दियो आज सबै चिथरा।
३०-०१-२०१४
- कृष्ण लिम्बु    पाँचथर हाल-मलेसिया 

#> मौलश्री लिम्बु:- शिर्षक र भावपक्षको तालमेल मिलेको छ ।यद्यपि अनुप्रास संरचनामा दोष रहेकोछ।यस केस्रामा 'अल्पश्रुति अनुप्रास' को प्रयोग गर्न खोजिएको छ।जस्तै:- विचरा> व+इ+च+अ+रा= स्वर उच्चारण

Wednesday, 19 February 2014

पवित्र प्रयत्न

     पवित्र प्रयत्न जीका केस्राहरु 

- पवित्र प्रयत्न
फिदिम,पाँचथर  
"प्रतिज्ञा"

तिम्रै खुशी चुन्छु
चाहे जस्तो हुन्छु 

भोलि टाढा भए 
सम्झी बिम्ब छुन्छु 

तिम्रै चाह चुन्छु 
बरु एक्लै रुन्छ। 
१४-०२-२०१४ 

 "रहर"

Sunday, 16 February 2014

रोमन पीडा

     रोमन पीडा जीका केस्राहरु 

- रोमन पीडा
पाँचथर,हाल-रेगिस्तान 
  "बिदाई"

तिम्रा सबै याद लिएर जानु
के के छन बाँकि ती सबै लानु

मायाको ब्यापार चल्दो रहेछ
सगै मर्ने झुटो वाचा नखानु

बिदाईमा आँसु नझारी जानु
आजबाट अलक भयौ सानु
०६-११-२०१३

 "आव्हान"

Tuesday, 11 February 2014

केस्रा-दस्तावेज:- असफल गौतम

  नेपाली माटोको केस्रा:  सङ्क्षिप्त सिंहावलोकन

 सन्दर्भः
समीक्षक:- असफल गौतम
पोखरा 
            नेपाली वाङ्मयको क्षेत्रमा आयातित विधाहरुको सधै आफ्नो दबदबा जमाएर बसेको अवस्था छ। गजल, रुबाई, हाइकु, ताङ्का, चोका, सेदोका जति आए सबैले आफ्नो स्थान जमाइसके भन्दा अन्यथा नहोला। विगतमा हाइकु संरचनाजस्ता देखिने लोकजीवनका गीतहरु हाम्रा घर आँगनमा भए पनि वर्तमानमा सैद्धान्तिक संरचनाका हिसाबले हाइकु लेखनले स्वर्ण वर्ष पार गरेको छ। निबन्ध शिरोमणी शंकर लामिछाने (वि.सं. १९८४ चैत ३–२०३२ माघ १०) ले नेपालमा संरचनागत हाइकु लेखनको शृङ्खलालाई भित्र्याउँदा उनलाई खिसी गरेकाहरु वर्तमानमा हाइकु लेखनको लर्को देख्दा दङ्गै परेका छन्। यहाँ यो सन्दर्भ जोड्न खोज्नुको मूख्य कारण आयातित विधाले जसरी आफ्नो स्थान जमाएका छन् त्यसरी नै नेपाली विधाले पनि जमाउन सक्नुपर्छ भन्ने पङ्क्तिकारको मान्यता हो। नेपालीहरुको नयाँ विधाप्रतिको उत्साह र चासो कै कारण नेपाली स्रर्जकले नै वाङ्मयको क्षेत्रमा नयाँ विधाको

Sunday, 2 February 2014

विजय गुरुङ

       विजय गुरुङ जीका केस्राहरु 

"वेदना”

- विजय गुरुङ
ताप्लेजुङ्ग 
रून्छे न्याउली चरी
ती बन पाखा भरी

बेदना सुनाउछे
यो मनै छुने गरी

एक्लै होलीन्  चरी
लौ घुम्दै आँशु सरी
२८-०५-२०१३

"आँशु"