- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Sunday 4 January 2015

मौलश्री लिम्बू

       मौलश्री लिम्बू जीका केस्राहरु 


  "घोडा"
केस्रा प्रवर्तक:- मौलश्री लिम्बू
झापा,हाल- मलेसिया 

लगामहरु तोड्न लगायौ 
सराबरको पाठ पढायौ 

थिचोमिचोको खिलाफ भन्दै 
मार हान्नलाई अघि दौडायौ

घोडा न हो ! लगाम लगायौ
अन्तमा, उही तबेला पठायौ। 
०१-०१-२०१५

“झिल्का”



कसैले चाहिं आगो लगाए
कसैले चाहिं पानी वर्षाए

क्रियाले उडेको झिल्कालाई
जातिवादीको बिल्ला भिराए

अब चाहिं अन्दाज लगाए
र त अगेनातिर बोलाए।
३०-१२-२०१४

"मुस्कान"

तिम्रो मुस्कान छ है ज्यानमारा
देखेर मदहोशी हुन्छन् सारा

भगवानले पनि ईर्ष्या गर्दो हो
बनेर सूर्य अनि रातमा तारा

तिमी हुनेछौ मेरो ज्यानमारा
आखिर मुस्कान जो छ हत्यारा।
१८-०९-२०१४

No comments:

Post a Comment