- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 24 September 2015

डा. विजय लिङ्देन


  डा. विजय लिङ्देन जीका केस्राहरु
"अवस्था"
दशै तिहार आयो आँसु झर्छ
अझै यहाँ कति सपूत मर्छ ?
संविधान दिई मख्ख नबन
हेराै तिम्रो विवेकले के गर्छ ?
बिहान मिर्मिरेमा तारा झर्छ
अब सद्भावको किरण सर्छ ।
०५/०६/२०७२
****   *****
   "नेता"
दिन लागेछौ संविधानको खाका
खै त दाउरा सुरुवाल र ढाका
सबैको सम्बोधन गर यसमा
कोहि नभनुन तिमीलाई डाका
कस्तो होला नयाँ नेपालको खाका
बज्नु पर्छ यसमा सोरठि भाका।
****    *****
    "किसान"
पसिना झार्छु धर्ती तिम्रै लागि
बिहान हिड्छु बरदान मागी
धेरै जना आश्रित छन् मसंग
भाग्य नजाउ तिमी मदेखि भागी
बर्सेनि तिम्रो उपहारको लागि
मरि मेट्दैछु सारा खुशी त्यागी।
०१/०६/२०७२
****   ****
   "संविधान"
आयो तिम्रो हाम्रो संविधान
सबैले गरौं यसको मान
मुद्दा मिलेको छैन यसमा
मिलाउ नगर तानातान
आशा बिरोधको संविधान
मिलाइ बनाउ हाम्रो शान।
०१/०६/२०७२
****    ****
  "चाहना"
गहिराई कति छ मेरो भावना
तिमीलाई पाउने मेरो चाहना
स्वणिम जीवनको कल्पना गरें
यथार्थ हुने छ है मेरो सपना
अति नै बलियो छ मेरो भावना
दिने छन् है सबैले शुभकामना ।
३१/०५/२०७२
दमक,झापा।

No comments:

Post a Comment