- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Tuesday 29 September 2015

लोकार्पण: माटोको मुन्धुम

माटोको मुन्धुम लोकार्पण तथा स्रस्टा सम्मान कार्यक्रम सम्पन्न
27Sep 2015/ जोहोर मलेसिया
          पहिचानवादी  स्रस्टा सन्तोष माबुहाङको पहिलो कृति ‘माटोको मुन्धुम’ मलेसियाको जोहोर राज्य स्थित सेन्टर हलमा लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । उहाँले लामो समयदेखि यता नेपाली साहित्य क्षेत्रमा सक्रिय रुपमा कलम चलाउदै आउनु भएको थियो।उक्त संग्रहको प्रकाशन हम्बे राईले गर्नु भएको हो।
        गंगा चाम्लिङ् तुम्रोकको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा  प्रमुख अतिथी तथा पहीचानवादी  साहित्यकार इन्द्र नारथुङेले  कृति  लोकार्पण गर्नु भएको थियो ।कृतिलाई जीतमान राई‘सविन’, रिना बम्जन तामाङ, भीम तामाङ, डिल्ली राई "मानबिर" ले  शुभकामना मन्तव्य राख्नु भएको थियो भने  उक्त कृतिमाथि प्रकाश राई "पुष्पक"ले समिक्षा गरेका थिए ।
     
  यसै अवसरमा मलेसियामा रहेर साहित्य लेखनमा सक्रिय रहदैं आउनु भएका साहित्यिक स्रस्टाहरु सम्मानित भएका छन्।सम्मानित हुनेहरुमा जितमान राई सबिन, रीना बम्जन तामाङ्,प्रकाश राई "पुष्पक",बजिन लिम्बू, राजेश शर्मा बिरही,देव बिरही, कपिल आचार्य मौषम, हरुलाई प्रमुख अतिथी नारथुङ्गेको हातबाट खादा ओडाई उच्च कदरका साथ सम्मान पत्र प्रदान गरिएको थियो।
      साथै अन्य सम्मानित हुनेहरुमा दिलीप"सगर"राई, जीवन देवान "गाउँले",दिल दुखी"जन्तरे" तुलसी"बिन्दु", भीम "स्नेही" लिम्बू, थलिन्द्र भुजेल "उदय", रतन राज पुन,  चतुर राई,थाकुहाङ् "मेरिङ्"सम्बाहम्फे,सोम सुवेदीलाई पनि कार्यक्रमका सम्मान पत्र प्रदान गरिएको छ।
        कार्यक्रम सञ्चालन  प्रवासी नयन साहित्य समाजका सचिव आश्रय रवि लिम्बू ले गर्नु भएको थियो  भने कार्यक्रम समाजका अध्यक्ष राज आङ्देम्बे "सहयात्री"को सभापतित्वमा सम्पन्न भएको थियो।

No comments:

Post a Comment