- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Sunday 22 December 2013

भरत अधिकारी

      भरत अधिकारी जीका केस्राहरु 

- भरत अधिकारी
तनहुँ,हाल- मलेसिया 
"रूढीवादी"

लगाएर धामी
विश्‍वासमा हामी

बोक्‍सी लाग्‍यो भन्‍छ
धामी नाडी छामी

कुरा गर्छ धामी
बिरामीलाई डामी।
१२-०९-२०१३

 "नेता"



हामी भोट दिने
भन्‍छौ भोट किनें

बानी कस्‍तो तिम्रो
घुस मात्र लिने

तिमी दु:ख दिने
भ्रष्टचारी चिनें।
१२-०९-२०१३

    "छिमेकी"

घर बिगार्ने छिमेक मै हुन्‍छन्
झगडा परे कान थापी सुन्‍छन्

उन्‍नति देखे डाहाले मर्दै फेरि
भडाउन घर नौ जाल बुन्‍छन्

अगाडी पर्दा खुब ठिक्‍क हुन्‍छन्
पछाडि बसी सबै कुरा धुन्‍छन्।
१०-०९-२०१३
[प्रयुक्त केस्राको तेश्रो हरफमा बाह्र लिपि चिन्ह छन् यध्यपि यहाँ एक स्वर वर्ण "उन्नति>उ' को गणना गरिएको छैन।यसर्थ यस केस्रा एघार लिपि चिन्हको मान्यतामा रहेर लेखिएको "आकृति केस्रा हो।] 

"सिपाही"

जाउ युद्धमा डटेर
नफर्क पछी हटेर

दुश्मन छिर्न नदेऊ
आफ्नो सीमाना कटेर

छाती फुकाउदै डटेर
लड युद्धमा खटेर।
३०-०६-२०१३

No comments:

Post a Comment