- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Friday 7 September 2012

आलेख- विषय/समय

केस्रामा विषय वस्तु तथा समयसीमा
        
          साहित्यमा विषयवस्तुहरु असीमित हुन्छन् । एउटा विषयउपर सबैको आ-आफ्नै तर्क-वितर्क,अन्दाज हुने गर्दछ।साहित्यकारहरुले कुनै एक विषयलाई आफ्नै ढंग,शैली र नयाँपनमा प्रस्तुत तथा अभिव्यक्त गर्दछ।जो विल्कुल फरक हुने गर्दछ।''केस्रा''मा पनि कुनै विषयवस्तुको बन्देज छैन,यध्यपि हामीले लोकपाच्य र मान्य हुने विषयवस्तुको छनौट गरि सिर्जना गर्नु पर्दछ।
        'केस्रा''मा सामान्यतय विषयवस्तुको एक पक्ष वा संवेग लेखिनु पर्ने भएता पनि उल्लेख वा महशुस दिलाउनु पर्ने अवश्था वा समय एक मात्र नभई अनेक पनि हुन सक्छ।एउटा ''केस्रा''मा एउटा अवश्था वा समयको मात्र उल्लेख वा आभाष दिलाउनु पर्छ भन्ने अनिवार्य छैन।अवश्था वा समयको तुलना गरेर पनि लेख्न सकिन्छ तर हामीले कुन पक्ष वा सन्दर्भमा लेखिएको हो त्यसलाई कदापि दुई सन्दर्भमा विभाजन गर्नु हुदैन।''केस्रा'को एक अवश्था वा समयको एक पक्ष वा संवेगमा लेखिएर त्यहि 'केस्रा'को अन्य हरफमा अर्को पक्ष वा संवेगको उति कै महत्व दिएर लेख्नु हुदैन।जस्तै कसैले आफुलाई धेरै समय पहिले उपहार दिएको थियो र भर्खर दोश्रो वा उसै व्यक्तिले पुन: उपहार दिंदा आफुलाई हुने संवेग वा महशुस लगभग एकै हुने गर्दछ।त्यस्तै परीक्षाको नतिजा आउन अघि हामी विभिन्न मानसिक तनावले गुज्रने गर्दछौ।पास वा फेल,त्यस पछि के गर्ने..? आदि,यस्तो अवश्थाको बारेमा पनि एक पक्षलाई केन्द्र बनाएर लेख्नु पर्दछ।हामीले केहि प्राप्त गर्न लागेको अवश्थामा हुने कल्पना वा सोचाई अनि प्राप्त भईसकेको नतिजामाबाट हुने सुल्टो वा उल्टो,सन्तुष्टि वा असन्तुष्टिको उल्लेख हामीले एउटा 'केस्रा''मा लेख्न सक्छौ।यी अवश्थाहरु भनेको हामीलाई कसैले दिन लागेको वस्तु वा फल हुन जसको बारेमा हामी अनभिज्ञ हुन सक्छौ।यो बखत हामी सकारात्मक वा नकारात्मक पनि सोच्न सक्छौ अनि प्राप्त वा उपभोग गर्दा उल्टो नतिजा पनि हुन सक्छ।यस्तो सन्दर्भ वा अवश्था भनेको अपवाद हुन, किन भने यहाँ एउटा संवेग वा अवश्थाको उल्लेखले सम्भव नहुन पनि सक्छ,र पनि ''केस्रा'मा एक पक्षलाई केन्द्र मानेर लेखिएको आभाष दिलाउनु पर्दछ।
                                                                           २३-१०-२०११
[ दृष्टान्त:- उपयुक्त आलेख 'केस्रा विधा'को घोषणा-पत्र सार्वजनिक हुन अघि फेसबूकमा लेखिएको हो। -मौलश्री लिम्बू ]