![]() |
- दान राई "झरी" उदयपुर,हाल- मलेसिया |
तिम्रो त्यो जवानीले
मायालुको खानीले
मोहितै पर्यो मलाई
त्यो आँखाको नानीले
उर्लेको जवानीले
जवानीको पानीले।
२३-०९-२०१२
“पुतली”
के पाउछौ र यहाँ नाचेर
बारुली ति कम्मर भाँचेर
खेलौना हौ तिमी डिस्को भित्र
जान्छन् सबै तिमीलाई जाँचेर
पुतली भई यहाँ नाचेर
धिक्कार छ है तिमी बाँचेर।
१०-०९-२०१२
“राजनीति”
राजनीतिको ताल
नून विनाको दाल
देश बनाउछु भन्छ
छ कछुवाको चाल
यो नपुंसक ताल
छ धनि हुने जाल।
२६-०८-२०१२
“जिन्दगी”
भात्किन्दैछ जिन्दगीको पुल
आज यहाँ हुँदा खेरि भूल
सकेन मग-मगाउन यहाँ
ओईलिएर झर्दैछ यो फूल
भयो आज बेवारिसे पुल
न त रह्यो न त बन्यो मूल।
०१-०८-२०१२